Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

ढाकरको दुःख बिर्साउँदै गाउँगाउँका सडक

विस्थापित भए ढाकर र खच्चर

खबरडबली संवाददाता

काठमाडौं ।
ग्रमिण सडकले बिर्साइदियो गाउँघरमा ढाकरको दुःख
ढाकरै बोकी, टेकुवा टेकी ठ्याक्कै, ठ्याक्कै, ठ्याक्कै ‘’
ओखलढुंगा रुम्जाटारदेखि ठ्याक्कै, ठ्याक्कै, ठ्याक्कै
पसिना झार्दै तरर्, चार दिनको बाटो कटारी बजार..................................

यो गीत जोकोहीले पनि सुनेकै हुन पर्छ । हरेक नेपालीहरुको नुनतेल ढाकर मै निहीत थियो । तर, तीन दशक यता हरेक गाउँगाउँमा सडक सञ्जालले छोएको छ । सडक बिस्तार भए सँगै हरेक गाउँघरबाट ढाकर र खच्चर विस्थापित हुँदै गएका छन् । सडक विस्तारले ग्रामीण भेगका स्थानीयको जनजीवनमा सहजता थपिएको छ । दशक अघिसम्म ढाकर, डोकोमा नुनतेल, चामल बोकेर खाँदै आएका स्थानीयलाई सडक विस्तारले सहजता थपेको छ । गाउँगाउँमा सडक पुगे सँगै ढकरमा नुन तेल बाेक्ने चलन कथा भएकाे छ ।

पछिल्लो दशकमा सडकको विकास सँगै बजारहरु समेत विस्थापित भएका छन् । एक दशक अघि सम्म निकै चहलपहल हुने गरेका बजारहरु अहिले सुनसान भएका रामेछापको खिम्तीमा व्यापार गर्दै आएका टेक नारायण श्रेष्ठले बताए । ओखलढुंगाको गाम्नाङगटारबाट २०५० सालमा खिम्तीबजार पुगेका उनी त्यतीबेलाको हेरी अहिले बजारमा चहलपहल नै नभएको बताउँछन् । आफु सानो छँदा नुनतेल नै लिनको लागि सिन्धुलीको सिन्धुलीबजारमा गाउँबाट आलु बोकेर जान पर्ने र नुन लिएर फर्कनु परेको उनी स्मरण गर्छन् । तीन दशक पहिला ओखलढु‌गा रामेछाप र साेलुखुम्बुकाे केही क्षेत्रका लागि नुन तेलकाे लागि सिन्धुली पुग्नु पर्ने बुढापाका बताउँछन् ।

यसैगरी ओखलढुंगा, खोटाङ्ग र सोलुखुम्बु र उदयपुरकै उत्तरी भेगको एक मात्र नून तेल भाँडावर्तन, अन्नपात, मरमसला किन्ने थलाेको रुपमा परिचत कटारी बजार अहिले स्थानीय तहकाे केन्द्रकाे रुपमा केही चहलपहल देखीए पनि सुनसान जस्तै हुने गरेकाे छ । त्यतीबेला सडक थिएन, यी तीन जिल्लासम्म कटारी बजारबाट ढाकरमा सामाग्री ढुवानी हुन्थे । पहाडी जिल्लाका आलु ढाकरमै कटारी आइपुग्थ्यो, फर्किन्दा ढाक्रेहरुले साहुका सामान बोकेर जान्थे । त्यतिबेलाको कटारी बजारमा चहलपहल भए पनि अहिले सुनसान जस्तै रहेको २०२९ सालदेखि कटारी बजारमा व्यापार गर्दै आएका ज्योतिकुमार साहले बताए ।

सिन्धुलीमाडी रामेछाप, पश्चिमी ओखलढुंगा र सोलुखुम्बु तथा पूर्वी सिन्धुलीको मूख्य बजारका रुपमा रहेको स्थानहो । यहाँ हरेक दिन ढाक्रेहरु नुनतेल लिन आउने थलोको रुपमा थियो तर वीपी राजमार्ग र मध्यपहाडी राजमार्ग निर्माण सँगै यहाँको बजार पनि सुनसान बन्दै गएको सिद्दुली सदरमुकाममा वयापार गर्दै आएका रजनी साह बताउँछन्  । जिल्ल सदरमुकाम रहेका कारण केही चहलपहल भए पनि सिन्धुलीमा ढाकर नै बोकेर आउने चलन बन्द नै भएको उनकाे भनाइ छ । 

पूर्वी नेपालको पहाडी जिल्ला धनकुटा बाहेकका जिल्लाहरुका सदरमुकाममो देशमा प्रजातन्त्र स्थापना पछि मात्र नभएर ०६२/०६३ काे परिवर्तन पछिमात्रै सडक सञ्जालले छोएको हो । धनकुटा इलाम बाहेकका जिल्लाहरुमा सायदै २०५० देखी सडक बिस्तार भएको छन् । त्यसमा पनि माथिल्लो सगरमाथाका तीन जिल्ला ओखलढुंगा, सोलुखुम्बु र खोटांगमा त ६० को दशकमा मात्रै जिल्ला सदरमुकाममा सडक पुगेका हुन् । यसैगरी भोजपुर, संखुवासभा, ताप्लेजुंग, तेह्थुम रपाँचथरमा पनि यही समयमा सडक विस्तार भएको पाइन्छ ।

कतिपय जिल्लाहरुमा हाइड्रोपावर निर्माण सँगै ग्रमिण सडकहरु विस्तार भएका छन् । रामेछापको खिम्ती खोलामा निर्माण सम्पन्न भएको खिम्ती १ जलविद्युत ६० मेगावाट परियोजनाका कारण रामेछाप, पश्चिमी ओखलढुंगा र सोलुखुम्बुको जनजीवनलाई परिवर्तन ल्याएको छ । यी परियाेजना निर्माण भए सँगै गाउँगाउँमा सडक बिस्तार भएर ९ाकर विस्थापित भएका हुन् ।

यस्तै ७० मेगावाटको दुधकोशी २ जलविद्युतका कारण सोलुखुम्बुमा पनि सडक सञ्जालले सहजता ल्याएको छ । अरुण तेस्रोले संखुवासभा, लिखु १, २, ३ र ४ ले सोलुखुम्बु र ओखलढुंगाको पश्चिमी भेगमा सडक बिस्तार सँगै ग्रमिण जनजीवनलाई सहजता ल्याएको छ ।

हरेक जिल्लामा भएको सडक विस्तार सँगै ग्रामिण जनजीवनमा पनि सहजता थपिएको छ । आफू युवा हुँदा भोटबाट नुन, चामल, मट्टितेल २२ दिनसम्म ढाकरमा बोकेर ल्याउनुपर्ने अवस्था रहेकाे भए पनि अहिले घरमा ट्रयाक्टरले सामग्री बोकेर ल्याउने गरेको भोजपुरको टेम्केमैयुङ ५ मझौलेका ९८ वर्षीय स्थानीय वृद्ध बेनीबहादुर विष्टले बताए । सडक विस्तारले नयाँ पुस्ताको दुःखका दिनको अन्त्य भएको उनको भनाइ छ ।

आफ्नाे  पालामा गाउँमा सडक विस्तार होला, बस चढिएला भन्ने नलागेको गाउँमा रहेका बुढापाकाहरु बताउँछन् । भोटबाट २२ दिनसम्म पिठ्यूँमा बोकेर ल्याएर नुनतेल खाने गरेको कुरा सुन्दा अहिलेको पुस्तालाई कथा जस्तै हुने गरेको छ । अहिले घरको करेसामा सडक विस्तारले सबैलाई सहज बनाएको छ । 

त्यो समयमामा तराइमा चलेका बजारहरु सुनसरीकाे धरान, सिन्धुली उदयपुरकाे कटारी र गाइघाट लगायतका बजारहरुमा समेत नुनतेल नपाउने भएकाले भोट पुग्नुपर्ने अवस्था रहेको थियो । अहिले हरेक स्थानीय तहमा कच्ची भए पनि सडक विस्तार भएपछि दैनिक आवतजावतसँगै खाद्य सामग्री ढुवानीमा सहज भएको छ । सडक विस्तारपछि मानिसले ढाकर, डोको बोकेर हप्तौँ लगाएर सामग्री ढुवानी गर्नुपर्ने बाध्यताको अन्त्य भएको खाेटाङकाे सदरमुकाममा रहेका बिकास राई बताउँछन् ।

सडक विस्तारले ग्रामीण जीवनमा सहजता थपिएको र अहिले खाद्य सामग्री बोकेर हिँड्न नपर्ने र सहजरूपमा गाउँघरमा पाउने अवस्था रहेको सोलुखुम्बुको नेचा सल्यानका कालु कार्कीले बताए । सडकका कारण यहाँका कृषि उपज सम्म बाह्य बजारमा जान थालेको उनले बताए । सोलुखुम्बु खोटाङग र ओखलढुंगाको विकासलाई ओखलढुंगा र उदयपुरको सिमानामा सुनकोशी नदीमा बनाइएको घुर्मी पुलले कोल्टे फेराएको ओखलढुंगाको मानेभञ्ज्यांग गाउँपालिकाका पूर्व गाउँपालिका अध्यक्ष मोतीराज राईले बताए । 

उनले ओखलढुंगामा आउने सडक बिस्तारको काम २०५४ सालदेखी उदयपुरको कटारीबाछ सुरु भएको बताउँछन् । मिर्चैया कटारी हुँदै २०५४ सालमा कटारी, घुर्मी, ओखलढुंगा सडकको ट्रयाक खुल्यो । नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री स्व बलबहादुर राईको पहलमा यो सडक नेपाली सेनाले निर्माण गरेको उनको भनाइ छ ।

यसै गरी भोजपुर र धनकुटाको सीमामा रहेको अरुण नदीमा पक्की पुल बनेपछि भोजपुरको विकासले अग्रता लिएको र करिब दश वर्ष अगाडि अरुण नदीमा पुल बनेपछि भोजपुरवासीले यातायातको सहज पहुँच पाएका स्थानीय जानकार गणेश श्रेष्ठले बताए । त्यसबेला भोजपुर खण्डमा कच्ची बाटोको ट्रयाक खोलिएको भए पनि धनकुटामा सडक विस्तार भएको ३० वर्षपछि भोजपुरमा सडक विस्तार थालिएको उनले बताए ।

भोजपुरमा २०५६ सालबाट  सडक खन्न सुरु भएको हो ।  विसं २०६५ असार २६ गते भोजपुर जिल्लामा नेपाली सेनाको हेलिकोप्टरले बोकेर पहिलोपटक टुँडिखेलमा महेन्द्र जीप ओरालेको  जानकारहरु बताउँछन्  ।

पहाडी जिल्लामा सडक विस्तार भएको धेरै लामो समयमा नभएको भए पनि पछिल्लो पुस्तालाई ढाकर, टोकुवा र भारी बोकेर हिँड्नेकुरा कथा जस्तै हुन लागेको बुढापाकाहरु बताउँछन् । अहिले पूर्वी पहाडी जिल्लाका सबै क्षेत्रमा सडक विस्तार भएको छ । सडकले दैनिकीमा समेत परिवर्तन ल्याएको छ ।

पछिल्लाे समय हरेक जिल्लाहरमा सडक कालोपत्र भएको छ। अहिले सुविधायुक्त बस दैनिक काठमाडौं, विराटनगर, धरानलगायत सहरका लागि छुट्ने गरेका छन् । गाउँगाउँमा सडकविस्तारपछि पूर्वीपहाडी जिल्लाहरुमा विकासले फड्को मारेको हो । हरेक जिल्लाहरुलाइ काठमाडौँसम्मको छोटो दूरीमा काेशी काेरीडाेर निर्माण भएकाे खण्डमा सबै जिल्लाहरु काठमाडाैं नजिक हुने बताइन्छ ।

पछिल्लो समयमा सडक विस्तारले तीव्रता पाए सँगै पहाडी जिल्लाहरमा  उत्पादन भएको कृषि उपज देशका ठूला सहरमा पुग्न थालेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

बस्नेतको बाह्रबिसे कदम टिकट सुरक्षित गर्ने रणनीति कि दबाबको राजनीति ?

सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...

नेपाललाई भूराजनीतिक द्वन्द्वमा फसाउने दोस्रो चरणको तयारी हुँदैछः एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...

समानुपातिकतर्फको बन्द सूची आजदेखि पेस हुँदै, आयोगको तयारी पूरा

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...

आगोको रापबाट व्यवसायतर्फ : आरानमै जीवन बिताएका ताराबहादुरको संघर्ष कथा

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending