काठमाडौँ । बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नम्बर ३ बोहोरेटार नजिक भ्यान दुर्घटना हुँदा ११ जना शिक्षक घाइते भएका छन् ।
सिन्धुलीबाट काठमाडौँतर्फ आइरहेको मधेस प्रदेश ०४–००१ ज ००६२ नम्बरको इलेक्ट्रिक गाडी आज बिहान ७ः५० बजेतिर दुर्घटना हुँदा काठमाडौँ आइरहेका राहत शिक्षकहरू घाइते भएका हुन् ।
घाइते हुनेमा सिन्धुलीको कमलामाई नगरपालिका वडा नं ६ बस्ने ४६ वर्षीय निरकुमार चालिसे, कमलामाई नगरपालिका ५ बस्ने ४६ वर्षीया कमला घिमिरे, कमलामाई नगरपालिका वडा नं १ बस्ने ३४ वर्षीय मुकुन्द थापा, सोही स्थानका ४१ वर्षीय भुवन थापा रहेको सिन्धुली प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।
सिन्धुलीकै कमलामाई नगरपालिका वडा नम्बर ४ बस्ने ४० वर्षीया बबिता देवकोटा, वडा नं. ६ बस्ने ४६ वर्षीय विष्णु ढकाल र उनका ११ वर्षीय छोरा निश्चल तथा कमलामाई नगरपालिका ६ का ४० वर्षीय सरोज थापा पनि घाइते भएका छन् ।
सिन्धुलीको तिनपाटन गाउँपालिका १० बस्ने ४० वर्षीय राजन कार्की र काभ्रेको बनेपा नगरपालिका वडा नम्बर १० बस्ने ४० वर्षीया गार्की बस्नेत पनि सोही दुर्घटनामा घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूलाई धुलिखेल अस्पताल लगिएको र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...




प्रतिकृया लेख्नुहोस्: