काठमाडौं । झापाबाट अवैध लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बुद्धशान्ती गाउँपालिका-४ बस्ने ३६ वर्षीय सुरज थेवे र शिवसताक्षी नगरपालिका- ७ बस्ने ४२ वर्षीय अमृत श्रेष्ठ रहेका छन् ।
झापाकाे मेचीनगर नगरपालिका-६ स्थित मेची पुलबाट अवैध लागूऔषध ब्राउनसुगर ४ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।
लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा सुरजको साथबाट उक्त लागूऔषध बरामद गरी दुवै जनालाई पक्राउ गरेको हो ।
यसैगरी सप्तरीकाे हनुमाननगर कंकालनी नगरपालिका-१४ डलुवाबाट अवैध लागूऔषध गाँजा करिब १ सय केजी सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी रामपुरमल्हनियाबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ ४ जना मानिसहरुले टाउकोमा बोकेको बोरा फाली फरार भएपश्चात् प्रहरीले बोरा तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो ।
हाल फरार व्यक्तिहरुको खोजी भइरहेको छ । सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक १५ गते, २०८१ - १६:००
काठमाडौँ । तिहार नेपालीहरूको महान चाँड हो । तिहार पाँच दिन मनाइन्छ जसलाई यमपन्चक पनि भनिन्छ । तिहार खास गरि रङ, फूलको झिलिमीली, प्रकृति पूजन र बत्तीहर...
कार्तिक १५ गते, २०८१ - १५:४४
काठमाडौं । ललितपुरकाे गोदावरी नगरपालिका-७ देविचौर बस्ने छिरिङ तामाङको टहरोमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय श्याम तामाङ समेत ७ जनाल...
कार्तिक १५ गते, २०८१ - १५:४४
काठमाडौं । ललितपुरकाे गोदावरी नगरपालिका-७ देविचौर बस्ने छिरिङ तामाङको टहरोमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय श्याम तामाङ समेत ७ जनाल...
कार्तिक १५ गते, २०८१ - १५:१८
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकतालाई अझ बढी बलियो बनाउनेमा सबैको ध्येय रहेको बताएका छन् । राष्ट...
कार्तिक १५ गते, २०८१ - १५:१०
काठमाडौँ । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कलाकार र सञ्चारकर्मीसँग देउसीमा छमछमी नाचेका छन् । ...
कार्तिक १५ गते, २०८१ - १५:०३
काठमाडौं । चिनियाँ वैज्ञानिकहरूले चन्द्रमामा प्रयोग गर्न सकिने इट्टा बनाएका छन् । यो इट्टा हुआचोङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा रहेको नेशनल ...
कार्तिक १५ गते, २०८१ - १४:५८
रुकुम पूर्व । बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटनको बुकीमा भेडापालन गर्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका रनबहादुर विकको गोठमा पाँचवटा ...
कार्तिक १५ गते, २०८१ - १४:५५
पाल्पा । पाल्पाको रामपुरमा घरमा चोरी गर्ने तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेममा रौतहट चन्द्रनिगाहपुर नगरपालिका–१० का २४ वर्षीय ...
कार्तिक १५ गते, २०८१ - १४:५२
कञ्चनपुर । वर्षौंदेखि कोठामा थुनेर राखिएकी शुक्लाफाँटा नगरपालिका–३ की मानसिक सन्तुलन गुमाएकी २५ वर्षीया जानकी बाँनियाको आज उद्धार गरिएको छ । नगर उप...
कार्तिक १५ गते, २०८१ - १२:४३
काठमाडौं । अब नेपालका प्रसुती सेवा उपलब्ध हुने सबै संघीय अस्पतालमा जन्मिएका बालबालिकाको प्रमुख स्वास्थ्य समस्या परीक्षण बर्न स्क्रिनिङ अनिवार्य हुने...
प्रतिकृया लेख्नुहोस्: