कञ्चनपुर । वर्षौंदेखि कोठामा थुनेर राखिएकी शुक्लाफाँटा नगरपालिका–३ की मानसिक सन्तुलन गुमाएकी २५ वर्षीया जानकी बाँनियाको आज उद्धार गरिएको छ ।
नगर उपप्रमुख कल्पना पन्तको अगुवाइमा जानकीको उद्धार गरिएको हो । वर्षौँ देखि अलग्गै बनाइएको कच्ची घरको कोठामा थुनेर राखिएकी बाँनियाको उद्धार गरी मानव सेवा आश्रम धनगढी पठाइएको छ । चौध–पन्ध्र वर्षको उमेरदेखि नै मानसिक सन्तुलन गुमाएकी जानकीलाई कोठामा थुनेर राखिँदै आएको थियो । थुन्दै आएको कोठाबाट बाहिर आउँदा जानकीको खुसीको ठेगानै थिएन । नगरपालिकाका नगर प्रहरीले थुनेको कोठाबाट बाहिर निकालेपछि जानकीले बोल्न चाहे पनि थोरै मात्रै शब्द भन्न सक्नुभयो । पर्याप्त आहारको कमीले गर्दा पूरै शरीर गलेकाले बोल्न नसकेको जनाइएको छ ।
‘कक्षा ६ मा पढ्दै गरेका बेला मानसिक सन्तुलन बिग्रिएपछि उपचार गराउन लग्यौँ”, जानकीका बुबा पुरन बाँनियाले भने, औषधि सेवन गरेपछि केही महिना ठीक भइन्, ठीक भएको ठानेर औषधि गर्न छाडेपछि पुरानै अवस्थामा फर्किइन् ।’ त्यसपछि धामी, झाँक्री सबै कहाँ पुर्याएर उपचार गराउँदा पनि ठीक नभएपछि कोठामा थुनिँदै आएको उनले बताए।
कोठामा नथुनेपछि जहाँ पायो त्यहीँ हिँडिदिने, जे पायो त्यही कुरा खाइदिने, शरीरमै दिसापिसाब गरिदिने, हातमा जे पर्यो त्यहीले हिर्काउने भएकाले थुन्न बाध्य भएको पुरनको भनाइ थियो ।
जानकीलाई नगरपालिकाले पूर्ण अपाङ्गता भत्ताको रकम उपलब्ध गराउँदै छ । परिवारका सदस्यले भत्ताको रकम बुझ्ने तर पोषणयुक्त खानेकुरासँगै व्यक्तिगत सरसफाइमा ध्यान नदिने, औषधोपचार नगर्ने गरेको जानकारी पाइएपछि मानव सेवा आश्रम पुर्याउनु परेको नगर उपप्रमुख पन्तले बताए।
जानकीलाई थुन्ने गरिएको कोठा दुर्गन्धित र असुरक्षित अवस्थाको रहेको उहाँको भनाइ छ । मानव सेवा आश्रममा जानकीलाई तीन महिना राखिने भएको छ । त्यसपछि परिवारको जिम्मा लगाई उपचार गर्नुपर्ने जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र ६ गते, २०८२ - १८:५४
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता स्वतः कायम हुने अवस्था नरहे...
भाद्र ५ गते, २०८२ - २३:०७
दरले दबिँदै निम्न आय भएका परिवार
भाद्र ५ गते, २०८२ - २१:३५
संसारसँग विवाहित पुरुषले कति पनि लड्न सक्छ । अभावसँग, समाजसँग, प्रतिस्पर्धा र परिस्थितिसँग उसले सामना गर्न सक्छ। बाहिर ऊ विजयी देखिन्छ: जिम्मेवारी पूर...
भाद्र ५ गते, २०८२ - १२:४६
काठमाडौं । विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफ्ना मागहरू बेवास्ता गरिएको भन्दै निजी विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरू आज काठमाडौँको माइतीघर मण्...
भाद्र ५ गते, २०८२ - १२:१३
कलाकारहरूको दौड भ्युजमा कि संस्कृतिमा ?
भाद्र ५ गते, २०८२ - ११:१७
काठमाडौं । नेपाल–भारत–चीन त्रिदेशीय सीमा विवाद फेरि चर्चामा छ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अस्मिता र सार्वभौमिकताको संवेदनशील विषय बनेको...
भाद्र ५ गते, २०८२ - १०:५५
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना जैसवालले निजी विद्यालयलाई गैरनाफामुलक बनाउने प्रावधानले नेपालको शैक्षिक गुणस्तरलाई थप खस्काउने चे...
भाद्र ५ गते, २०८२ - १०:४८
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँबानेश्वरस्थित लाखेचौर मार्गमा सम्पर्क कार्यालय खोलेसँगै उनी पुनः सक्रिय राजनीतिमा फर्किँदै गरेको स...
भाद्र ५ गते, २०८२ - १०:३६
बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा किसानलाई वितरण गरिएको युरिया मलको बोरा खोल्दा त्यसभित्र सिमेन्टको पिल्लर जस्तो देखिने ठोस ढुङ्गा भेट...
भाद्र ५ गते, २०८२ - १०:१७
बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–५ स्थित निसेलढोरमा परम्परागत झाँक्री नाच प्रदर्शन गरिएको छ। यस क्षेत्रका विभिन्न मेला–पर्वका अवसरमा झाँक्री नाच ...
प्रतिकृया लेख्नुहोस्: