काठमाडाैं । काठमाडौंकाे गोकर्णेश्वर नगरपालिकामा वडा नं ४ मा संचालित सोलु बालकल्याण अनाथालयका संस्थापक अध्यक्ष कामे मगरको दुवै मृगौला फेल भएका छन् । उपचारकाे लामाे समय पछि उनकाे दुबै मृगाैला फेल भएकाे थाहा भएकाे हाे ।
२०६८ सालदेखि अनाथ, बेसहारा, गरिब दिनदुखि, अपाङ्ग बालबालिकाहरुको बुबा बनेर सहारा दिई रहेका उनि आफैलाई अहिले सहारा चाहिएको छ । १२ वर्ष अघि देखि अनाथालय संचालन गरि २० भन्दा बढी अनाथ बालबालिकाहरुलाइ सेवा दिँदै आइरहेका उनी बिगत १ वर्ष अगाडी देखि निरन्तर उपचारमा रहेका थिए ।
भारतको ठुला ठुला अस्पतालसम्म गएर उपचार गरेका उनले दुवै मृगौला फेल भएको भनि डाक्टरले भने पछी भने छाँगाबाट छर्लङ्ग खसे जस्तो भएकाे बताए । अहिले उनले मृगौलाको डाइलासिस गराइरहेका छन् । सोलिखुम्बुको बिकट गाउँमा जन्मेका उनले पर्यटन क्षेत्रमा लामो समय कार्य गर्दा गर्दै समाजसेवाको क्षेत्रमा कार्य गर्न मन लगेर बाल आश्रम वा अनाथालय खोलेका हुन् । उनि हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिकाका स्थायी बासिन्दा पनि हुन् ।
मगरका १ श्रीमती र ४ सन्तान रहेका छन् । छोराछोरी भने हुर्की सकेका उनले बताए । उनि भन्छन् “म मरेर गए पनि मैले संघर्ष गरेर यहाँ सम्म ल्याएको संस्था र संस्थामा रहेका अनाथ बालबालिकाहरुको भबिष्य राम्रो होस् ।” उनले गहभरी आँसु पार्दै भने “मेरो अनाथालयमा रहेका २० जना छोराछोरीको लागि बस्ने एउटा बास बनाउन पाए मेरो मन आनन्द हुन्थ्यो ।”
एक महिना अगाडी मृगौला फेल भएको भनि डाक्टरले भनेको भए पनि उनले परिवार बाहेक कसैलाई थाहा दिएका थिएनन् तर सबैको साथ सहारा र सहयोग चाहिने भए पछी सबै इस्टमित्र साथीभाईहरुलाई खबर गरेको भनि उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...




प्रतिकृया लेख्नुहोस्: