रामेछाप । एसईई परीक्षा प्रणाली लागू भएपछि रामेछापको सदरमुकामस्थित मन्थली माविमा व्यावसायिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतको प्राविधिक विषय अध्यापन गराउने कक्षा बन्द भएको छ । उक्त विषयमा अध्ययनका लागि एक जना विद्यार्थीले पनि विद्यालयमा सम्पर्क नगरे पछि पठनपाठन बन्द भएकाे हाे ।
एसएलसी परीक्षा हुन्जेल त्यसमा असफल हुनेहरूको रोजाइमा सीटीईभीटीको प्राविधिक विषय पर्ने गर्थ्यो । जब एसईई परीक्षा प्रणाली लागू भयो, त्यसपछि उक्त विषयमा अध्ययनको रुचि ओरालो लागेको हो । एसईईमा अधिकांश विद्यार्थी माथिल्लो कक्षा अध्ययनका लागि योग्य हुन थालेपछि प्राविधिक विषयको आकर्षण घटेको निष्कर्ष विद्यालयको छ । पहिले एसएलसीमा अनुत्तीर्ण विद्यार्थीलाई तालिम गराएर प्राविधिक एसएलसीसरहको योग्यता हुने प्रमाणपत्र दिने गरिएको थियो । त्यसलाई प्राविधिक एसएसली भन्ने गरिन्थ्यो ।
कम्तीमा १० जना नभएसम्म कक्षा सञ्चालन नगर्न माथिल्लो निकायबाट निर्देशन आएको विद्यालयका प्रधानाध्यापक टंकप्रसाद दाहालले बताए । उनका अनुसार व्यावसायिक शिक्षा तथा तालिम परिषद्सँग सम्झौता गरी २०५९ सालदेखि विद्यालयले उक्त कक्षा सञ्चालन गर्दै आएको थियो । गत वर्ष ७ जना भर्ना भएकोमा यस वर्ष कुनै विद्यार्थी भर्ना नभकाले सधैंका लागि उक्त विषयको अध्यापन बन्द गर्न विद्यालय बाध्य भएको उनले बताए ।
विद्यालयलाई वर्षको ४० वटा कोटा अध्यापनका लागि स्वीकृति थियो । ४० वटा कोटाका लागि ४ सय जनाको परीक्षा आफैले लिएकाे भए पनि अहिले शून्य भएकउाे उनकाे भनाइ छ । भर्नाका लागि मन्त्री र नेताहरूको सिफारिस थेग्न हम्मे रहेकाे भएपनि अहिले ती दिन सम्झनामा मात्र रहेका प्रअ दालकाे भनाइ छ ।
प्राविधिक विषयमा १ वर्ष कक्षा र थप ६ महिना कार्यगत तालिम लिएपछि परिषद्ले सहायक चौथो तहको रोजगारीका लागि योग्य हुने प्रमाणपत्र दिने गरेको थियो । प्राविधिक विषय अध्ययन गरेकाले रोजगारीको अवसर पाउने भएकाले विद्यालयले त्यसै कुरालाई प्रचार गरेर विद्यार्थीलाई आकर्षण गर्ने गर्दथ्यो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...




प्रतिकृया लेख्नुहोस्: