Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

हरेक काण्डमा छानविन गर्दा सत्तापक्षका नेताहरु जेल जाने एमाले महासचिवको ठोकुवा

खबरडबली संवाददाता

पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भ्रष्टाचार सत्ता गठबन्धनको शासकीय चरित्र भएको आराप लगाएका छन् ।  सोमबार पोखराको अम्मरसिंह चौरमा सुरु नेकपा एमाले गण्डकी प्रदेशको पहिलो अधिवेशन सम्बोधनको क्रममा उनले हरेक काण्डमा छानविन गर्दा सत्तापक्षका नेताहरु जेल जाने ठोकुवासमेत गरे ।

उनले एमाले सदैव भ्रष्टचारको विरुद्धमा रहेको उनले बताउँद भने- ‘नेकपा एमाले सुशासनको पक्षमा छ। त्यसअर्थमा जति जति घटनाका छानबिन हुनेछन् अन्तमा जेल जाने काम सत्ता गठबन्धनको हुनेछ’, उनले प्रस्टाउँदै भने, ‘किनकी उनीहरु भ्रष्टचारका हिमायती हुन् । भ्र्रष्टचार उनीहरुको शासकीय चरित्र हो । ’

त्रिभुवन विमानस्थलमा जतिबेला सुन समातिने गर्दछ सत्तापक्षका नेताहरुको अनुहार उदांगिने उनको भनाइ थियो । ‘एकातिर सरकार म त भ्रष्टार विरुद्धको अभियान छु भन्दै जनताको बीचमा भ्रम सिर्जना गर्ने कोशिस गर्छ । अर्कोतिर सरकारको संयन्त्रणको योजनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन तस्करी गर्ने खालको काम भइरहेको कुरा बाहिर आउँछ’, महासचिव पोखरेलले भने, ‘तर सरकार त्यो तस्करलाई नियन्त्रण गर्नका लागि निष्पक्ष छानविन गर्न कुराप्रति पनि सहमत हुने गर्दैन। त्यसका लागि प्रतिपक्षले दबाब दिनुपर्छ । नेकपा एमालेले दबाब दिनुपर्ने स्थिती खडा हुने गर्दछ ।’ उनले अगाडि थपे, ‘यदि साँच्चै सरकार शुसासनको पक्षमा हुन्थ्यो, तस्करी तन्त्रको विपक्षमा हुन्थ्यो, भ्रष्टाचारको विरुद्धमा हुन्थ्यो भने छानविनलाई प्रभावकारी बनाउने कुरामा सरकारले आनाकानी गर्ने थिएन ।’

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवा नेतृत्वकै सरकार दलाल पुजीँपतीकोहरुको कब्जामा परेकोसमेत उनले ठोकुवा गरे। अहिलेको गठबन्धन सरकार जनताको सरकार नभएर दलालहरुको सरकार भएको आरोप लगाए। महासचिव पोखरेलले भने, ‘अवैध अर्थतन्त्रलाई प्रोत्साहित गर्ने सरकार हो। वैधानिकताको नेतृत्व गर्ने सरकार होइन उसका काम र क्रियाकलापले पृष्टि गरेको छ।’

सरकारको कामकारवाहीले वैधानिक ढंगले काम गर्ने उद्योगी व्यवसायीमा निराशा छाइरहेको उनले सुनाए। अवैधानिक काम गर्नेहरु सत्ताको निकट भएको बताउँदै भने, ‘अवैध कारोबारीले प्रशय पाइरहेका छन्। सत्ताको निकट रहेका व्यापारीहरु अरबौंको मालिक भइरहेका छन्। रातारात उनीहरुको सम्पत्ति वृद्धि भइरहेको छ।’

व्यापार व्यवसाय ठप्प बनाएर श्रमिकहरुलाई बेरोजगारी बनाउने कामको नेतृत्व गठबन्धन सरकारले गरिरहेको उनले बताए । ‘यो गठबन्धन सरकार परामदेशको बाटोबाट कुर्सीमा पुग्यो त्यसपछि मुलुक संकटतर्फ उन्मुख भएको हामीले अनुभुति गरिरहेका छौं । यो सरकारको नेतृत्वमा मुलुकको वैधानिक अर्थतन्त्र कमजोर बनाउने अवैधानिक अर्थतन्त्रलाई प्रोत्साहित गर्ने कामहरु भए’ उनको भनाइ छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला जनतामा आशाको सञ्चार भएको उनको दाबी छ । ‘जतिबेला यो मूलुकमा संकट उत्पन्न हुन्छ त्यो संकट निवारण गर्ने सामथ्र्य नेकपा एमाले र त्यसका अध्यक्षका रुपमा रहनुभएका केपी शर्मा ओलीसँग मात्र छ’, सरकारमा एमाले आउनुपर्ने भावसहित उनले भने ।

माओवादी सशस्त्र द्वन्दको बेला पनि ओलीले मुलुकलाई शान्तिको बाटोमा ल्याउन अगुवाइ गरेको महासचिव पोखरेलको दाबी छ । शान्ति प्रक्रियासँगै संघीयता कार्यन्वयनमा पनि एमालेले नेतृत्वदायी भूमिका खेलेको बताए ।

अहिले एमालेका विरुद्ध चौतर्फी घेराबन्दी भइरहेको उनले आरोप लगाए । ‘यस्तो अवस्थामा देश र जनतालाई नयाँ बाटोतर्फ अगाडि बढाउने जिम्मेवारी हाम्र्रो पार्टीको काँधमा रहेको छ । जतिबेला हाम्रो पार्टीले नेतृत्व गरिराखेको थियो लगातार ३ वर्ष उच्च आर्थिक वृद्धिदर हासिल गर्यौं । तर, जब हामीलाई सरकारबाट हटाउने काम भयो आज मुलुक चौतर्फी संटकमा छ ।’

गठबन्धन सरकारले नचाहेकै कारण पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको सुरुवात हुन नसकेको महासचिव पोखरेल बताउँछन् । अन्तर्राष्ट्रिय उडानका लागि थुप्रै कम्पनीले इच्छा देखाएपनि रेसपोन्स नदिएको दाबी गरे।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

बस्नेतको बाह्रबिसे कदम टिकट सुरक्षित गर्ने रणनीति कि दबाबको राजनीति ?

सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...

नेपाललाई भूराजनीतिक द्वन्द्वमा फसाउने दोस्रो चरणको तयारी हुँदैछः एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...

समानुपातिकतर्फको बन्द सूची आजदेखि पेस हुँदै, आयोगको तयारी पूरा

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...

आगोको रापबाट व्यवसायतर्फ : आरानमै जीवन बिताएका ताराबहादुरको संघर्ष कथा

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending