Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

एमाले काेशी अधिवेशनमा सांसददेखि मेयरसम्मले गरेनन् मतदान, उम्मेदवारले पनि हालेनन् भोट

मतदान नगर्नेहरु को–को हुन् भनेर नाम सार्वजनिक गर्नुपर्ने कार्यकर्ताहरुका माग

खबरडबली संवाददाता

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशनमा प्रतिनिधि भएर मतदान नगर्ने कार्यकर्ताहरुको खोजी भएको छ । ९९७ प्रतिनिधिमध्ये २० जनाले मतदान नगरेपछि उनीहरु को–को हुन् भनेर नाम सार्वजनिक गर्नुपर्ने माग कार्यकर्ताहरुले सामाजिक सञ्जालमा गरेका छन् ।

निर्वाचन कमिटीले मत नहाल्नेहरुको नाम सार्वजनिक नगरेपनि सम्बन्धित जिल्लाका नेताहरुले भने आफ्नो जिल्लाबाट आएर मतदान नगर्ने प्रतिनिधिहरुको नाम बताएका छन् । यसरी मतदान नगर्नेमा उम्मेद्वार बनेका देखि प्रदेश सांसदसम्म रहेका छन् । कोही प्रतिनिधि भने विदेश जानका लागि मत नहाली काठमार्डौ एयरपोर्ट पुगेको एमाले नेताहरुले बताएका छन् ।

झापाकी प्रदेश सांसद तारा ढकाल अचानक बिरामी भएपछि मतदानमा सहभागी नभएको बताइएको छ । उनी अस्पतालमा भर्ना भएको एमालेका एक नेताले बताए । त्यस्तै झापाकै गणेश बस्नेत भने विदेश जानका लागि काठमाडौँ पुगेको बताइएको छ । बस्नेत क्यानडा जाने तयारी रहेको बुझिएको छ ।

प्रदेश सदस्यमा उम्मेदवारी दिएका संखुवासभाका पृथक पाठक मतदान गर्न नआएको खुलेको छ । उनलाई उम्मेदवारी फिर्ता गरेर यथोचित जिम्मेवारी दिने नेताहरुले प्रयत्न गरेको तर उनी नमानेपछि मतदान नगरी हिँडेको बताइएको छ ।

धनकुटाका नगरपालिका मेयर चिन्तन तामाङ पनि विदेश जानका लागि काठमाडौँ पुगेका छन् । तामाङ अस्ट्रेलिया जान लागेका छन् । धनकुटाका सुरेन्द्र पौडेल पनि मतदानमा सहभागी भएनन् । सुनसरीको बराहक्षेत्रबाट चुनाव लडेर विजयी भई प्रतिनिधि बनेका केदार बिष्ट पनि मतदान गर्न आएनन् ।

भोजपुरका पूराना नेता धनहर्क राई भने बिरामी भएर नआएको एमाले भोजपुरले जनाएको छ । जिफन्टबाट प्रतिनिधित्व गर्दै मोरङबाट प्रतिनिधि बनेकी कला डाँगी पनि मतदानमा सहभागी नभएको पाइएको छ । इलाम चुलाचुलीका पूर्वअध्यक्ष प्रदिपचन्द्र राई, डम्बर बहादुर कार्की र थम्बर थामी पनि मतदानमा सहभागी भएनन् । उनीहरुले भने मतदान गरेर सही गर्न बिर्सिएको दाबी गरेका छन् ।

पाँचथरका अमर राई पनि मतदानमा सहभागी नभएको सचिवका उम्मेदवारसमेत रहेका राजकुमार भण्डारीले बताए । सोलुखुम्बुका कुमार राई बिरामी भएका कारण अधिवेशनमा सहभागी भए पनि उनलाई उपचारका लागि काठमाडौ लगिएको थियो ।

मतदान नगर्ने अरु प्रतिनिधिको नाम प्राप्त हुन सकेको छैन् । कतिपय प्रतिनिधिले विदेश जाने बुझ्दै किन नेताहरुले अरुलाई रोकेर प्रतिनिधि बनाएको भनेर प्रश्न गरेका छन् । धनकुटाका एक प्रतिनिधिले तामाङ विदेश जाने थाहा हुँदाहुँदै प्रतिनिधि बनाइएको बताए ।

कतिपय बिरामी र अपरेशसनको समय थाहा हुँदा हुँदै पनि प्रतिनिधि बनाएर ल्याइएको भन्दै उनीहरुलाई नल्याएको भए हुनेथियो भनेर असन्तसष्टि व्यक्त गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

बस्नेतको बाह्रबिसे कदम टिकट सुरक्षित गर्ने रणनीति कि दबाबको राजनीति ?

सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...

नेपाललाई भूराजनीतिक द्वन्द्वमा फसाउने दोस्रो चरणको तयारी हुँदैछः एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...

समानुपातिकतर्फको बन्द सूची आजदेखि पेस हुँदै, आयोगको तयारी पूरा

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...

आगोको रापबाट व्यवसायतर्फ : आरानमै जीवन बिताएका ताराबहादुरको संघर्ष कथा

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending