रौतहट । रौतहटको गरुडा नगरपालिका–६ स्थित पोठीयाही टोलका रामप्रवेश महतोको नौ वर्षकी छोरी किरणकुमारी अहिलेसम्म फेला परेको छैनन् । ६ महिनादेखि बेपत्ता छोरीको खोजीमा परिवारका सदस्यहरू भौँतारिइरहेका छन् ।
गत वैशाख २० गते अपराह्न पोठीयाही प्राविमा कक्षा ३ मा पढ्ने बालीका किरण बेपत्ता भएकी हुन् । बालीका हराउने दिन बुबा रामप्रवेश कामले गरुडा बजारमा गएका थिए । त्यही बेला घरबाटै किरण बेपत्ता भएको परिवारको भनाइ छ । तर कसरी किरण बेपत्ता भइन् भन्नेबारे परिवारका सदस्यहरू अन्यौलमा रहेका छन् ।
छोरी यतै कतै होला भनेर चुप बसीएकाे र खाना खाने बेला छोरी नआएपछि खोज्न थालेकाे आमा तेतरी देवीले बताइने । अहिलेसम्म छोरीको अत्तोपत्तो नभएकाे र हरेक दिन रोएर बिताइ रहेकाे र्यौंनकाे भनाइ छ । छाेरी हराएकाे भाेलीपल्ट बिहान झिसमिसेमा गाउँ/घर छरछिमेकीको घरमा पुगेर हल्लीखल्ली गरीएकाे भएपनि छोरीको अत्तोपत्तो नलागेकाे उनकाे भनाइ छ ।
वैशाख २१ गते महतो परिवार गरुडास्थित प्रहरीको महिला बालबालिका सेवा केन्द्रमा गएर छोरी खोजिदिन भन्दै उजुरी दिएका थिए । रामप्रवेशका चार छोरा छन् भने ४ वर्षकी कान्छी छोरी छिन् । उनीहरूले स्थानीय रेडियो, एफएममा छोरी हराएको सूचनासमेत दिए । तर, अहिलेसम्म कतै फेला परेको खबर आएको छैन । छोरीको अपहराण हो वा कुनै ठाउँमा गएको भन्ने अहिलेसम्म पत्ता नलागेको रामप्रवेश बताउँछन् ।
इलाका प्रहरी गरुडाले किरणको खोजतलासमा कुनै कसर बाँकी नराखेको बताउँदै आएको छ । प्रत्येक वर्ष रौतहटमा घरबाट हराउने बालबालिकाको संख्या बढ्दो छ । अभिभावकले प्रहरीमा गरेको उजुरी अनुसार १० देखि १७ वर्षका उमेर समूहका बेपत्ता हुने बालबालिकाको संख्या धेरै छ ।
जिल्ला प्रहरी कार्यालय गौरका अनुसार २०७३ साल यता ४५८ जना बालबालिका बेपत्ता भइसकेका छन् । तीमध्ये अहिलेसम्म २५१ जना फेला परिसकेका छन् भने २०७ जना अझै बेपत्ता छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...




प्रतिकृया लेख्नुहोस्: