काठमाडौं। सरकारले कानूनअन्तर्गत गरेको सिफारिस अनुसार राष्ट्रपतिले सजाय माफी, मुल्तवी, परिवर्तन वा कम गर्ने प्रचलित व्यवस्थाको गलत प्रयोग भइरहेको भन्दै रोक्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले संकल्प प्रस्ताव दर्ता गरेको छ।
गम्भीर प्रकृतिको अपराधमा संलग्न रहेको भनी अदालतले दोषी करार गरेर सजाय तोकेका व्यक्तिको कैद सरकारी पहुँचका आधारमा राष्ट्रपतिमार्फत् मिनाह गर्नेक्रम डरलाग्दो गरी बढिहेको रास्वपाले बताएको छ।
मंगलबार संसद् सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरिएको हो।
नेपालगञ्जका चेतन मानन्धरको हत्यामा जन्मकैदको सजाय काटिरहेका 'रिगल' भनिने योगराज ढकाललाई संविधान दिवसका दिन सरकारले उन्मुक्ति दिएको भन्दै रास्वपाले संकल्प प्रस्ताव दर्ता गरेको हो। तीन वटा कारणले संकल्प प्रस्ताव दर्ता गर्नुपरेको डाँगीले बताइन्।
सही नियतले बनाइएको कानूनको सरकारले स्वार्थवश् गलत प्रयोग गरिरहेकाले संवैधानिक प्रबन्ध र सम्बद्ध कानूनको मनसाय स्पष्ट पार्न दर्ता गरिएको उनले बताइन्।
त्यस्तै, कैदमा रहेका तर सजाय माफी, मुल्तवी, परिवर्तन र कम गर्न कानूनले नै निषेध गरेका व्यक्तिको लहडको रिहाइलाई दीर्घकालीन रूपमै नियन्त्रण गर्न संकल्प प्रस्ताव दर्ता गरेको उनको भनाइ छ।
राजनीतिक स्वार्थकेन्द्रित सरकारको सिफारिस संवैधानिक बाध्यताका कारण कार्यान्वयन गर्दा राष्ट्रपतिजस्तो सम्मानित संस्थाको बद्नाम न्यूनीकरणका लागि पनि दर्ता गरिएको उनले बताइन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १२ गते, २०८० - २१:२१
काठमाडौँ। युवा ओपनर रितुराज गायकवाडको शतकमा भारतले तेस्रो टि२० आई खेलमा अष्ट्रेलियालाई २ सय २३ रनको विशाल लक्ष्य दिएकोछ । गुवाहाटीमा टस हारेर पहिला...
मंसिर १२ गते, २०८० - २१:१०
काठमाडौँ। काठमाडौं महानगरपालिकाले प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ । अबदेखि महानगर क्षेत्रभित्रका...
मंसिर १२ गते, २०८० - २१:०५
काठमाडौँ। प्रभु साह अध्यक्ष रहेको आम जनता पार्टीले गौर हत्याकाण्डलगायतका दोषीहरुलाई समाएर बुझाउने निर्णय गरेको छ। मंसिर ११ र १२ गते काठमाडौँस्थित म...
मंसिर १२ गते, २०८० - २०:२८
भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका नेता बालकृष्ण खाँणले न्याय पाउनेमा आफू आशावादी रहे...
मंसिर १२ गते, २०८० - २०:२०
काठमाडौं। इन्जुरी समयमा सम्हालिन नसकेपछि एफसी चितवन नेपाल सुपर लिग (एनएसएल) मा ऐतिहासिक जितबाट बन्चित भएको छ । चितवन एनएसएलको दोस्रो संस्करणअन्तर्...
मंसिर १२ गते, २०८० - १९:५६
स्याङजा। लागूऔषध ब्राउनसुगर मुद्दामा संलग्न रही ४ वर्षदेखि फरार रहेका प्रतिवादी आज पक्राउ परेका छन्। स्याङजास्थित फेदिखोला गाउँपालिका २ उपल्लो कु...
मंसिर १२ गते, २०८० - १९:१६
काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा गरिएको छ। देव खनालको कप्तानीमा मंगलबार १४ सदस्यीय राष्ट्रिय टोल...
मंसिर १२ गते, २०८० - १८:४१
काठमाडौँ। नामिबिया लगातार तेस्रो पटक आईसीसी टी२० विश्वकपमा छनोट भएको छ। घरेलु मैदानमा आयोजना भएको अफ्रिका छनोटमा लगातार पाँचौँ जित हासिल गर्दै नामिबिय...
मंसिर १२ गते, २०८० - १८:१६
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बढैयाताल गाउँपालिका मैनापोखरमा कार्यरत प्रहरी नायव निरीक्षक पवन साउदलाई घुस लिँदै गरेको अवस्थाम...
मंसिर १२ गते, २०८० - १८:१०
काठमाडौँ । खानेपानीमन्त्री महिन्द्रराय यादवले काठमाडौँबासीलाई छिटोभन्दा छिटो मेलम्चीको पानी खुवाउने बताएका छन् । काठमाडौंवासीले सो पानी एक हप्ता भ...
प्रतिकृया लेख्नुहोस्: