गोरखा । गोरखाको चुमनुब्री गाउँपालिकाका बासिन्दालाई चीनको सीमा प्रवेश अनुमति पत्र (बोर्डर पास) वितरण सुरु भएको छ । चुमनुब्री–३ सिर्दिबासको फिलिमस्थित इलाका प्रशासन कार्यालयबाट बुधवार पास वितरण सुरु गरिएको हाे ।
पास वितरणका लागि सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानासहितको टोली सोमवार नै सिर्दिबास पुगेको थियो । सो टोलीमा नायक सुब्बा विश्व रोका मगर र कम्प्युटर अपरेटर सीता गुरुङ छन् । पहिलो दिन २० जनालाई पास वितरण गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए ।
उक्त पासको म्याद एक बर्षको हुने सहायक प्रजिअ रानाले बताए । ‘हामीले वितरण गर्ने पासको म्याद एक बर्षको हुन्छ, त्यसपछि नवीकरण गर्नुपर्ने हुन्छ’, उनले भने । यसअघि पास लिएकाहरुले पनि नयाँ पास लिनुपर्ने उनले बताए । नेपाल भरका सबै बोर्डर पासमा एकरुपता ल्याउने उद्देश्यले नयाँ डिजाइनमा पास छपाइ भएकाले पुराना पास भएकाहरुले पनि त्यो बुझाएर नयाँ लिनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी रानाले जानकारी दिए ।
गृह मन्त्रालयले पठाएको डिजाइन अनुसार जिल्लामै पास छपाइ गरिएको हो । विगत चार बर्षदेखि बन्द अवस्थामा रहेको तिब्बत नाका चीन सरकारले खुल्ला गरिसकेको छ । तर पास नभएकै कारण उत्तरी गोरखाका स्थानीयहरु नाका प्रवेश गर्न पाएका थिएनन् ।
पास उपलब्ध गराइदिन आग्रह गर्दै उनीहरु पटक पटक गृहमन्त्रालय समेत धाएका थिए । गृहमन्त्रालयले निर्देशन पश्चात पास वितरण थालिएको प्रशासनले जनाएको छ । सीमाबाट ३० किलोमिटर आसपासका बासिन्दा र नेपाली नागरिकताको प्रमाणपत्र भएका व्यक्तिले पास पाउनेछन् ।
उत्तरी गोरखाका बासिन्दा सामान किनमेलका लागि विगतमा तिब्बत जाने गर्थे । तर पछिल्लो समय सीमा नाकाबाट आवतजावत सहज नहुँदा समस्या थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...




प्रतिकृया लेख्नुहोस्: