Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन काठमाडौंमा

खबरडबली संवाददाता

काठमाडौं  । बागमती प्रदेशका कृषी तथा पशुपन्छी मन्त्री डाक्टर राजेन्द्र मान श्रेष्ठले, मुलुकका ७७ जिल्ला मध्ये मकवानपुर सबैभन्दा धेरै चट्याङको खोजिममा रहेको भन्दै त्यसको न्यूनिकरणका लागि सरकारले आवश्यक काम गरिरहेको बताएका छन् ।

अमृत साइन्स क्याम्पसको आयोजनामा काठमाडौंमा आयोजित ‘लाईटेनिङ इलेक्ट्रोम्याग्नेटिक्स् एन्ड एप्लिकेशन अब सेमिकन्डक्सन मेटेरियल’ नामक  अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनस उनले मकवानपूरमा चट्याङका कारण क्षति कम गर्ने विषयमा छलफल हुने गरेको दाबी गरे ।

‘यो कार्यक्रम यस कारण पनि महत्वपूर्ण छ र हाम्रो ध्यानाकर्षण गरेको छ । देशका ७७ जिल्ला मध्ये बागमती प्रदेशको मकवानपुर जिल्लामा सबैभन्दा धेरै मानिसहरुको ज्यान गुमाउने गरेका छन् ।’ उनले भने ‘ त्यसैले पनि यो विषयमा प्रदेश सभा र प्रदेश सरकारको बैठकमा समेत चट्याङबाट जीवन रक्षा र भौतिक पूर्वाधारको क्षति रोक्न आवश्यक भूमिका खेल्ने विषयमा पटक पटक छलफल हुने गरेको छ ।’कम भन्दा कम क्षति होस भन्ने हेतुले आवश्यक प्रयास गरिएको उनको दाबी छ ।

त्यस्तै प्रोफेसर म्यारी आन कोपरले, चट्याङका विषयमा प्रयाप्त जनचेतनाको अभावले समस्या भएको बताइन् ।जीवन र सुरक्षाको सवालमा संचार माध्यमले फैलाउने जनचेतनाको भूमिका महत्वपूर्ण हुने उनले बताइन् ।

त्यस्तै प्रोफेसर, लिला प्रधान जोशीले नेपालकै पहिलो विज्ञान क्याम्पसको रुपमा स्थापित अस्कल क्याम्पसले विज्ञान तथा प्रविधिको क्षेत्रमा प्रभावकारी भूमिका लेखेको बताईन् । कुनैपनि प्रकोपको कारण पत्ता लगाउन सक्ने हो भने त्यसको क्षति न्यूनिकरणका लागि भूमिका खेल्न सकिने भएकाले त्यसका लागि विज्ञान प्रविधिको क्षेत्रमा थप अनुसन्धान हुन जरुरी रहेको बताइन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

बस्नेतको बाह्रबिसे कदम टिकट सुरक्षित गर्ने रणनीति कि दबाबको राजनीति ?

सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...

नेपाललाई भूराजनीतिक द्वन्द्वमा फसाउने दोस्रो चरणको तयारी हुँदैछः एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...

समानुपातिकतर्फको बन्द सूची आजदेखि पेस हुँदै, आयोगको तयारी पूरा

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...

आगोको रापबाट व्यवसायतर्फ : आरानमै जीवन बिताएका ताराबहादुरको संघर्ष कथा

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending