Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

पदमुक्त भएको एक महिनासम्म क्वाटरमै काेशी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री लिम्बू

मन्त्री पदबाट हटेको सात दिनभित्रमा सरकारी आवास छाड्नुपर्ने कानूनी व्यवस्था

खबरडबली संवाददाता

विराटनगर । कोशी प्रदेशमा एक जना पूर्व मन्त्री पदमुक्त भएकाे एक महिना समम पनि क्वाटरमै रहेकी छन् । जसपाकी एकमात्र सांसद निर्मला लिम्बूले मन्त्रीबाट पदमुक्त भएको एक महिना पुग्दासम्म क्वार्टर नछाडेकी हुन् ।

स्वास्थ्य मन्त्रालयले मीठाकुमारी खतिवडाको तीनतले घर २९ हजार रूपैयाँ मासिक बुझाउने गरी पुस मसान्तसम्म सम्झौता गरेको छ । उनी सोही घरमा बस्दै आएकी छन् । प्रदेशको स्वास्थ्यमन्त्रीबाट हटे पनि उनले बूढीगंगा गाउँपालिकाको हात्तिमुढामा रहेको मन्त्रीको सरकारी निवास प्रयोग गरिरहेकी छन् । गत भदौ २१ गते सर्वोच्च अदालतको आदेशपछि लिम्बू पदमुक्त भएकी थिइन् ।

उनले मन्त्री हुँदा पाएको सुविधासमेत फिर्ता नगरी बसेकी छन् । प्रदेश सरकारबाट पाएको कार्यालय सहयोगी र पीएस‌‌ओ पनि लिम्बूसँगै रहेका छन् । उनले पीएसो रेनुका सुनाम र सहयोगी राजेश राजवंशीलाई साथमै राखेकी हुन् । स्वास्थ्यमन्त्री भएपछि कार्यालय सहयोगी राजेश राजवंशीलाई मन्त्रालयले सहयोगीको रूपमा खटाएको थियो । निर्मला विराटनगर भएका बेला राजवंशी खाना पकाउन जाने गरेका छन् ।

सहयोगीलाई किन फिर्ता नआएको भनेर सोध्दा निर्मलाले आफू पुन: मन्त्री हुने भएकाले अहिले नजानू भन्दै काममा आउनु भनेकाले जाने गरेको जवाफ दिने गरेको मन्त्रालय स्रोत बताउँछ । पीएसो रेनुका भने दिनहुँजसो स्वास्थ्य मन्त्रालयमा आउने गरेकी छन् । उनलाई समेत फिर्ता पठाइएको छैन ।

मन्त्रालय स्रोतका अनुसार रेनुकाले फेरि आफूहरू नै मन्त्रालयमा आउने भन्दै मन्त्रालयमा हुने गरेका दैनिक कामबारे बुझ्न आउने गरेकी छन् ।

नेपाली कांग्रेसका नेता उद्धव थापा नेतृत्वको सरकारमा साउन २६ गते मन्त्री नियुक्त भएकी उनी २८ दिन मन्त्री बनेकी थिइन् । उनी हिक्मत कार्की नेतृत्वको सरकारमासमेत स्वास्थ्यमन्त्री भएकी थिइन् । लिम्बूले कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन असार १७ गते फिर्ता लिएकी थिइन् । पूर्वमन्त्रीले क्वाटर नछाडेका कारण नवनियुक्त मन्त्री जान पाएका छैनन् । 

मन्त्रीबाट हटेलगत्तै मन्त्रालयका कर्मचारीले क्वाटर खाली गरिदिन आग्रह गरेको भए पनि नछाडेको बताइएको छ । क्वाटर, पीएसओ र सहयोगी नछाडेकोबारे बुझ्न पटकपटक फोन गर्दा लिम्बूकाे फाेन उठेन ।  मन्त्री पदबाट हटेको सात दिनभित्रमा सरकारी आवास छाड्नुपर्ने कानूनी व्यवस्था रहेको छ । मुख्यमन्त्री र मन्त्रीहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७५ को अनुसूची १ मा उल्लेख भएअनुसार मुख्यमन्त्री र मन्त्रीहरूले मन्त्री पदको शपथ ग्रहण गरेको मितिदेखि सरकारी आवाससहितका सुविधाहरू पाउँछन् ।

आवास सुविधासम्बन्धी दफा ८ मा भनिएको छ, ‘यस दफा बमोजिमको सुविधा मुख्यमन्त्री र मन्त्रीहरूले आफ्नो कार्यकाल समाप्त भएको मितिले सात दिनसम्म पाउनेछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सांसदको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...

प्रतिनिधिसभामा शून्य, एजेन्डा बालेनको काँधमा : मधेशवादी दलको नयाँ रणनीति

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...

मनकामना दुर्घटना : मृत्यु भएका सात भारतीयको शव दूतावासलाई हस्तान्तरण

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...

मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकको मृत्यु

विराटनगर  । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...

प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा प्रवेश

बागलुङ  । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...

बालुवाटार पुगेर प्रधानमन्त्री भेटे कांग्रेसका नेताहरूले

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज  भीमदत्त नगरपालिका–४...

मजदुरको बचत अलपत्र : सहकारी बन्द, नेतृत्व मौन

काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...

ग्यासको कृत्रिम अभावले चुल्हो बाल्नै सकस, उपभोक्ता दिवसमै बजार बेथिति उजागर

ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?

कांग्रेसबाट समानुपातिकतर्फ को–को सिफारिस भए?

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: