Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

गाडीमा यात्रा गर्दा उल्टी भए के गर्ने ?

खबरडबली संवाददाता

काठमाडाैं ।  गाडीमा यात्रा गर्दा वान्ता किन हुन्छ ? भनेर बुझ्नुभन्दा पहिला भित्री कानको बारेमा बुझ्नुपर्छ । भित्री कान मस्तिष्कको नजिक हुन्छ । यसले हाम्रो आवाजलाई मस्तिष्कसम्म पुर्‍याउँछ भने हाम्रो शरीरलाई सन्तुलित समेत बनाउँछ ।

गाडीमा यात्रा गर्दा हामीले झ्यालबाट हेर्छौं । हाम्रो आँखा र कान जहाँको त्यहीँ छ तर हामीले हेरेको कुराहरू छिटो छिटो घुमेको देखिन्छ । त्यस्तो बेला हाम्रो कानले सन्तुलन मिलाउन खोज्छ तर मिलाउन सकेन भने चक्कर लाग्छ अनि उल्टी हुन्छ ।

बाहिर हेर्दा रूख, घर दौडिएको देखिन्छ त्यो बेला कानले सन्तुलन मिलाउन सकेन भने बान्ता हुन्छ।  जब बान्ता हुन्छ त्यसपछि चक्कर कम हुन्छ । तर शरीर शिथिल हुन्छ । खासगरी खेलकुदमा सक्रिय नभएका, कानको समस्या भएका र बढी सेन्सेटिभ व्यक्तिलाई वान्ता हुन्छ ।

उल्टी हुनेले के गर्ने ?

गाडीमा यात्रा गर्दा हल्का खाना खानुपर्छ भने सकेसम्म अगाडिको सिटमा बस्नुपर्छ अनि बाहिर हेर्न हुँदैन। अथवा आँखा मोबाइलमा केन्द्रित भयो भने पनि ध्यान बाहिर जाँदैन । हिँडेर, टाउको हल्लाएर, आँखा तलमाथि गर्ने थेरापी गर्न समेत सकिन्छ । गाडीको चालकलाई चक्कर लाग्दैन किनकि उनीहरूले अगाडि हेर्छन् भने अर्को कुरा बानी परिसकेको छ।

गाडीमा यात्रा गर्दा बान्ता रोक्नको लागि औषधी खान सकिन्छ । यसले बान्ता हुन कम गर्छ । गाडीमा यात्रा गर्दा बान्ता हुनेहरूले रक्सी, चुरोट खान हुँदैन । यद्यपि रक्सी चुरोट कसैले पनि खान हुँदैन । त्यस्तै चाँडै पच्ने खालका खाना अनि फलफूल खानुपर्छ ।

के गर्न हुँदैन ?

सोझो बाटोमा गाडी गुड्दा खासै असहज हुँदैन । तर, घुमाउरो, उकालो र ओरालो बाटोमा यात्रुलाई असहज महसुस हुन्छ । गाडीको धुँवा, चुरोटको धुँवा, भीडभाड र गुम्म हुँदा पनि धेरैलाई बान्ता हुन्छ ।

त्यसका लागि गाडी चढ्नुभन्दा अगाडि नै विभिन्न उपाय अपनाउन सकिन्छ । गाडी चढ्नुभन्दा एक घण्टाअगाडि बान्ता नलाग्ने औषधि खान सकिन्छ ।

यात्रा गर्नुअघि पेटभरि टन्न खानु हुँदैन र पुरै खाली पेट पनि यात्रा गर्नु हुँदैन । चिल्लो, पिरो, मसला धेरै भएको खानेकुरा पनि खानुहुँदैन । त्यस्तै, मैदाजन्य खानेकुरा पनि सकेसम्म खानु हुँदैन । यस्तो खाना पच्न समय लाग्ने भएकाले समस्या देखिन सक्छ । लामो यात्रा गर्दा ल्वाङ, सुकमेल वा अदुवाको सानो टुक्रा मुखमा राखेर यात्रा गर्दा पनि आराम हुन्छ । गाडीमा यात्रा गर्दा मैदाजन्य खानेकुरा खानु हुँदैन ।

त्यस्तै, धेरैजनाको बानी यात्रामा किताब पढ्ने, मोबाइल चलाउने हुन्छ । यस्तो अवस्थामा पनि रिंगटा र बान्ताको समस्या देखिन्छ । बान्ता हुने मान्छेले सकभर अगाडिको सिट रोज्नुपर्छ । मास्क प्रयोग गर्नुपर्छ । सकेसम्म हल्का भोजन गर्नुपर्छ । दुग्धजन्य पदार्थ, अमिलो र गुलियो खानु हुँदैन । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाकाे निर्णय: पूर्व सांसद र मन्त्री समानुपातिक सूचीमा नपर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...

आज समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन, दलहरू आयोग जाने तयारीमा

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...

सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...

जसपा–लोसपा एकतामा सहमति, मधेशमा बलियो राजनीतिक शक्ति निर्माण गर्ने घोषणा

काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...

एकीकरणपछि जसपा नेपालको पहिलो शक्ति प्रदर्शन, जनकपुरमा प्रदेशस्तरीय सभा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...

निर्वाचन नै देशलाई निकास दिने उपाय हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending