Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

दशैंः कुबाटोमा लागेका र लाग्न लगाइएकाहरूलाई दुर्गा भवानीले सत्मार्गमा लाग्न सद्बुद्धि दिउन्

दशैं राणाकालीन हुकुमी शासन व्यवस्थासँग जोडिएर ‘मूल्याङ्कन’ गरिन योग्य चाडबाड मात्र हो त ?

खबरडबली संवाददाता

आज दशैंको तेस्रो दिन, आम नेपालीहरुकाे मन मस्तिष्कमा दशैं आइ सकेकाे छ । अझ भन्नु पर्दा दशैं सबैकाे घरघरमा भित्रि सकेकाे छ । 

दुर्गा भवानी माताको पूजापाठ गर्ने वा नगर्ने जो हुन्, दसैँको टीका थाप्ने, जमरा लगाउने कोही हुन् वा नहुन् तर अपवादबिना, प्रत्येक नेपाली एवं परिवारको घरआँगनमा यस वर्ष पनि खुसियाली ल्याइ सकेकाे छ ।

मौसममा पनि शरद ऋतुको बहार एवं सुवास ल्याई धानको बाला झुलेर देशलाई नै रमाइलो बनाउँछ दशैंले । गाउँघरमा लिङ्गेपिङ हालेर केटाकेटी, युवायुवती मात्र होइन बुढापाकाहरूलाई समेत रोमाञ्चित गराउँछ ।

वैदिक कालदेखि चलिआएको दशैंको महिमा अपरम्पार रहेको छ । त्यसैले त होला नेपालको हरेक शासन कालखण्डमा, अवश्य नै आइपरेको आर्थिक– व्यावहारिक कठिनता झेल्दाझेल्दै पनि दशैं शब्द मात्रले हाम्रा पुर्खादेखि लिएर आजसम्म हामीमा यत्रो खुसियाली छाउने गरेको जुन संस्कार, परम्परा छ, त्यो भोलि पनि कायम रहने कुरामा हामी ढुक्क हुन सक्नु पर्छ । 

त्यसैले त होला दहैंले प्रेम, सद्भाव, समता, भ्रातृभाव एवं सबै मानवीय गुण, मूल्य, मान्यतालाई उजागर गर्नेगरेको । त्यसैले त होला, अहिलेकोे विशाल कान्तिपुरी नगरी पनि दशैंताका झन्डै एकतिहाई रित्तिएर शून्य जस्तो हुने गरेको छ । त्यसैले त होला पूरै अरब खाडी क्षेत्रमा कामकाजमा लागेका लाखौँ लाख नेपालीहरू ठूलै सङ्ख्यामा नेपालका आआफ्ना सहर, गाउँघरमा दशैं मनाउन आउने गरेका  ।

यस्ता जाने वा आउनेमा के ‘लोकतान्त्रिक–गणतान्त्रिक’ भनिटोपलिने संविधानले दरेका ‘अन्य जाति’ का नेपाली मात्रै जाँदा आउँदा होलान् त ? के दशैं राणाकालीन हुकुमी शासन व्यवस्थासँग जोडिएर वा जोडाउन लगाइएर ‘मूल्याङ्कन’ गरिन योग्य चाडबाड मात्र हो त ? के नेपालका, तत्कालीन हुन् कि वर्तमान, शासकहरूले मुख्य मुख्य प्रतिपक्ष दलहरूसँगको मिलेमतोबाट नै विदेशी साम्राज्यवादी शक्ति केन्द्रको ठाडो आदेश मानेर ‘धर्म निरपेक्षता’ को गैरनेपाली ‘संवैधानिक’ प्रावधानद्वारा दशैंको अवमूल्यन तथा अन्तर्घात गर्दैमा हामीले दशैंको रमाइलो मान्न र मनाउन छाडौँला त ? अहिले यी र यस्तै यस्तै प्रश्नले हामी सबैलाई सोचनिय बनाएको छ ।

यतिबेला अधिष्ठान पक्षका अधिवक्ता एवं प्रवक्ताहरू ‘राज्यको कुनै धर्म हुँदैन’ भन्दै ‘धर्म निरपेक्षता’ को वकालत गरिरहेका छन् । कसैलाई धर्म परिवर्तनको खुला छुट दिनु, कसैलाई कट्टरवादको प्रचार प्रसार गर्न दिनु अनि ‘अन्य’ भनिने अत्यधिक बहुसङ्ख्यक जनसमुदायका धार्मिक– आध्यात्मिक आस्थाका केन्द्र एवं प्रतीकमाथि बाह्य विस्थापनकारी शक्तिकेन्द्रको योजनामा सङ्गठित तरिकाले हमला हुँदा सरकारी निकाय चुप रहनु वा ‘सडक विस्तार’ आदिका नाममा आफैँ विध्वंसात्मक कर्तुतमा लाग्नुलाई पनि ‘धर्म निरपेक्षता’ कै कोटिमा राखेको मान्ने वा मान्नुपर्ने हामीले  ? ‘अन्य’ को कोटिमा पर्नेले मात्र मान्ने नभई अरू जातीयताका सहृदयी एवं समभावी नेपालीले पनि सम्मान गर्ने भएकाले नै आज दसैँमाथि कुत्सित प्रहार भएको ठान्नु अनुचित वा अन्यथा हुँदैन ।

हाम्रो दसैँलाई लिएर यताका केही वर्षदेखि, खास गरेर ‘लोकतान्त्रिक गणतन्त्रवादी’ थिति थोपरिएदेखि हुँदै आएका अन्तर्राष्ट्रिय एवं राष्ट्रिय हमलामा पशुपन्छी वधको पनि कुरा उठाइन्छ । यसको पाखण्डपन पनि उदाङ्गो छ । यी शक्ति केन्द्रहरूले यो विषय उठाउँछन् वा उठाउन लगाउँछन् । तिनले आफ्नै बत्तीमुन्तिरको अँध्यारो देखेनन् ।  थ्याङ्क्स गिभिङ नामक इसाई चाडको बेला काटिने वा वध गरिने टर्की जातका करोडौँ चरा तथा इस्लाम धर्मावलम्बीका अनेक चाडपर्वमा वध गरिने करोडौँ करोडखसीबोका वधको कोटिमा पर्दैनन् । 

तर हाम्रो देशका चाडबाडबारे मिथ्या एवं भ्रामक प्रचार गरी देशमै विभाजन तथा विखण्डन गर्न लगाउँछन् । आफैँ नै इराक, लिबिया, यमन, सिरिया, अफगानिस्तान, प्यालेस्टाइनलगायतका देशमा सोझै मानव हत्या एवं वधमा लागेकाहरू दसैँमा पशु–पन्छीे वधको विरोध गर्न खटाइएका विभिन्न नामधारी सङ्घ संस्थाबाट तलब खानेहरूले कुन कोटिमा राख्लान् ? 

दसैँ कोही मानुन् वा नमानुन्, यो व्यक्ति विशेषको निजी मामला हो । त्यसमा हाम्रो भन्नु केही छैन । तर कुअभिप्रायबाट वा निहित स्वार्थको वशमा परेर, कोही दसैँको विरोध योजनबद्ध किसिमले गर्दछ भने त्यसले समस्त नेपाली जनताप्रति जघन्य अपराध गरेको ठहर्छ । यस्तो कुबाटोमा लागेका वा लाग्न लगाइएकाहरूलाई पनि दुर्गा भवानी माताले सत्मार्गमा लाग्न सद्बुद्धि दिउन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारसँग ७ बुँदे सहमति, डा. गोविन्द केसीले तोडे अनसन

काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...

देवानगञ्ज घटनापछि मुख्यमन्त्री कार्कीको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...

'अन्तिम भोज'सँग तुलना गर्दै गोकुलको कटाक्ष : ओली–प्रचण्ड गठबन्धनले देउवालाई मात्रै फाइदा !

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...

गोलीकाण्डपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...

सुनसरीमा मध्यरातको हिंसा : प्रहरीको गोली लागेर युवाको मृत्यु, १६ जना घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending