म्याग्दी । बेनीसँग सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिका –३ मल्लाज माझफाँटका महिलाले नौमती बाजा बजाउन थालेका छन् । महिला चेतना केन्द्रले नौमती बाजा बजाउन तालिम दिएपछि महिलाहरु बाजा बजाउन थालेका हुन ।
तालिम पाएपछि आजकल गाउँघरमा हुने विवाह र विभिन्न कार्यक्रममा महिलाले नौमती बाजा लिएर पुग्ने गर्छन् । महिलाले गाउँमा नौमती बाजा घन्काउन थालेपछि गाउँलेहरु पनि दङ्ग परेका छन् । महिलाले बजाएको नौमती बाजामा रमाइलो मानेर पुरुषहरु नाच्ने गर्छन् । हालै मल्लाजमा आयोजना गरिएको कार्यक्रममा पुगेका गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई महिलाले नौमती बाजाले स्वागत गरे । कार्यक्रममा बजेको नौमती बाजाले सवैको ध्यान खिच्यो । पाहुनाहरु बाजामा छमछमी नाचेका थिए ।
‘दश दिनसम्म नौमती बाजा बजाउने तालिम दिएका थियौं’ महिला चेतना केन्द्रकी अध्यक्ष शान्ति जिसीले भनिन्, ‘‘तालिम पाएपछि महिला नौमती बाजा बजाउन पोख्त भएका छन् । गाउँघरमा आयोजना हुने कार्यक्रममा बाजाका लागि माग आउन थालेको छ ।’’
चन्दा सहयोग जुटाएर तालिम दिनुका साथै नौमती बाजाका समानहरु खरिद गरेको उहाँले बताउनुभयो । महिलाले एउटै पहिरन रातो साडी, हरियो चोलो र तिलहरी लगाएर नौमती बाजा बजाउँछन् ।
महिलाले हातमा नर्सिङ्गा, सहनाई, दमाहा, ढोलकी, ट्याम्को, कर्लान र झ्याली लिएर नौमती बाजा बजाउँदै अघि बढ्दा मुख्यमन्त्रीसहितका पाहुनाहरु अचम्ममा परेको बताएका छन् ।
नौमती बाजा हामी सवैको संस्कृति हो, केन्द्रकी अध्यक्ष जिसीले भनिन्, ‘‘गाउँघरमा नौमती बाजाको लोप हुन थालेपछि हामी महिलाले सिक्न थालेका हौं । यो कुनै जातिविशेष र पुरुषले मात्र बाजा बजाउनुपर्छ भन्ने पुरानो मान्यतालाई महिलाले तोड्न थालेका छन् ।’’
नौमती बाजा संरक्षणका लागि महिलाले चन्दा सहयोग जुटाएर तालिमको व्यवस्था र बाजा खरिद गरेको महिला चेतना केन्द्रकी सहसचिव ज्योती मल्लले बताउनुभयो । नौमती बाजा बजाउन १५ जना महिलाको समुह छ । तालिम लिएका महिला सवैले बाजा बजाउन जानेका छन् ।
गाउँघरमा आयोजना हुने कार्यक्रममा नौमती बाजा बजाउने अवसर पाउँदा हौसला मिल्ने कर्नाल बजाउने कालिका परियारले बताइन् । सुरुमा अहिले कठिन भए पनि अहिले बजाउन थालेकी छु उनले भनिन्, ‘‘कर्नाल बजाउँदा सास पुगाउन कठिन हुन्छ । सिक्दै गरेकी छु, केही महिना बजाए भने मलाई विश्वास छ राम्रोसँग बजाउन सक्ने हुन्छु ।’’
महिला नौमती बाजाको संरक्षणमा जुटेकाले वडाले पनि सहयोग गर्ने सोच बनाएको जलजला गाउँपालिका –३ का वडाध्यक्ष एकिन्द्र खत्रीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १४ गते, २०८३ - ०९:५१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...
जेष्ठ १४ गते, २०८३ - ०९:४९
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...
जेष्ठ १४ गते, २०८३ - ०९:४६
गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...
जेष्ठ १४ गते, २०८३ - ०९:४१
कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...
जेष्ठ १४ गते, २०८३ - ०९:३६
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...
जेष्ठ १४ गते, २०८३ - ०९:३०
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व द...
जेष्ठ १४ गते, २०८३ - ०८:४१
पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...
जेष्ठ १४ गते, २०८३ - ०८:३८
झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...
जेष्ठ १४ गते, २०८३ - ०८:३३
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...
जेष्ठ १४ गते, २०८३ - ०८:३०
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...



प्रतिकृया लेख्नुहोस्: