Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

नौमती बाजा बनाउन थाले मल्लाजका महिला

खबरडबली संवाददाता

म्याग्दी । बेनीसँग सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिका –३ मल्लाज माझफाँटका महिलाले नौमती बाजा बजाउन थालेका छन् । महिला चेतना केन्द्रले नौमती बाजा बजाउन तालिम दिएपछि महिलाहरु बाजा बजाउन थालेका हुन ।

तालिम पाएपछि आजकल गाउँघरमा हुने विवाह र विभिन्न कार्यक्रममा महिलाले नौमती बाजा लिएर पुग्ने गर्छन् । महिलाले गाउँमा नौमती बाजा घन्काउन थालेपछि गाउँलेहरु पनि दङ्ग परेका छन् । महिलाले बजाएको नौमती बाजामा रमाइलो मानेर पुरुषहरु नाच्ने गर्छन् । हालै मल्लाजमा आयोजना गरिएको कार्यक्रममा पुगेका गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई महिलाले नौमती बाजाले स्वागत गरे । कार्यक्रममा बजेको नौमती बाजाले सवैको ध्यान खिच्यो । पाहुनाहरु बाजामा छमछमी नाचेका थिए । 

‘दश दिनसम्म नौमती बाजा बजाउने तालिम दिएका थियौं’ महिला चेतना केन्द्रकी अध्यक्ष शान्ति जिसीले भनिन्, ‘‘तालिम पाएपछि महिला नौमती बाजा बजाउन पोख्त भएका छन् । गाउँघरमा आयोजना हुने कार्यक्रममा बाजाका लागि माग आउन थालेको छ ।’’ 

चन्दा सहयोग जुटाएर तालिम दिनुका साथै नौमती बाजाका समानहरु खरिद गरेको उहाँले बताउनुभयो । महिलाले एउटै पहिरन रातो साडी, हरियो चोलो र  तिलहरी लगाएर नौमती बाजा बजाउँछन् ।  

महिलाले हातमा नर्सिङ्गा, सहनाई, दमाहा, ढोलकी, ट्याम्को, कर्लान र झ्याली लिएर नौमती बाजा बजाउँदै  अघि बढ्दा मुख्यमन्त्रीसहितका पाहुनाहरु अचम्ममा परेको बताएका छन् ।  

नौमती बाजा हामी सवैको संस्कृति हो, केन्द्रकी अध्यक्ष जिसीले भनिन्, ‘‘गाउँघरमा नौमती बाजाको लोप हुन थालेपछि हामी महिलाले सिक्न थालेका हौं । यो कुनै जातिविशेष र पुरुषले मात्र बाजा बजाउनुपर्छ भन्ने पुरानो मान्यतालाई महिलाले तोड्न थालेका छन् ।’’ 

नौमती बाजा संरक्षणका लागि महिलाले चन्दा सहयोग जुटाएर तालिमको व्यवस्था र बाजा खरिद गरेको महिला चेतना केन्द्रकी सहसचिव ज्योती मल्लले बताउनुभयो । नौमती बाजा बजाउन १५ जना महिलाको समुह छ । तालिम लिएका महिला सवैले बाजा बजाउन जानेका छन् । 

गाउँघरमा आयोजना हुने कार्यक्रममा नौमती बाजा बजाउने अवसर पाउँदा हौसला मिल्ने कर्नाल बजाउने कालिका परियारले बताइन् । सुरुमा अहिले कठिन भए पनि अहिले बजाउन थालेकी छु उनले भनिन्, ‘‘कर्नाल बजाउँदा सास पुगाउन कठिन हुन्छ । सिक्दै गरेकी छु, केही महिना बजाए भने मलाई विश्वास छ राम्रोसँग बजाउन सक्ने हुन्छु ।’’ 

महिला नौमती बाजाको संरक्षणमा जुटेकाले वडाले पनि सहयोग गर्ने सोच बनाएको जलजला गाउँपालिका –३ का वडाध्यक्ष एकिन्द्र खत्रीले बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाकाे निर्णय: पूर्व सांसद र मन्त्री समानुपातिक सूचीमा नपर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...

आज समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन, दलहरू आयोग जाने तयारीमा

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...

सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...

जसपा–लोसपा एकतामा सहमति, मधेशमा बलियो राजनीतिक शक्ति निर्माण गर्ने घोषणा

काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...

एकीकरणपछि जसपा नेपालको पहिलो शक्ति प्रदर्शन, जनकपुरमा प्रदेशस्तरीय सभा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...

निर्वाचन नै देशलाई निकास दिने उपाय हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending