Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

भुकम्पले भत्काएकाे झण्डै एकदशक सम्म पनि पुनःनिर्माणकाे पर्खाइमा पाटन दरबार क्षेत्र

खबरडबली संवाददाता

ललितपुर । २०७२ सालकाे भुकम्पले क्षती गरेका पाटन दरबार क्षेत्रका सम्पदा अझै पुनःनिर्माण भएका छैनन् । पुनः निर्माणका लागि अन्योलमा रहेका जीर्ण सम्पदाहरू अझै पनि त्रिपालमुनि रहेका छन् । 

जीर्ण रहेका कतिपय सम्पदा कहिले र कसले पुनः निर्माणको जिम्मा लिने भन्ने विषयमा अन्योल रहेकेा छ । पाटन दरबार क्षेत्रका कतिपय सम्पदाहरुलाई गुठी संस्थानले व्यक्तिगत व्यापारिक प्रयोजनका लागि भाडामा दिएको छ । स्थानीयहरुले भाडा तिरेर वर्षौंदेखि सम्पदालाई व्यापारिक प्रयोजनका लागि प्रयोग गरेका छन् । ऐतिहासिक रुपमा रहेका सम्पदाहरू वर्षातको समयमा पानी चुहिने भएकाले छानामा त्रिपाल राखेको देखिन्छ ।

पाटन दरबारको एउटा सम्पदामा व्यवसाय सञ्चालन गरेकाहरु आफूले त्यहाँ व्यवसाय सुरु गरेको ३५ वर्ष भएको बताउँछन् । व्यवसाय सञ्चालन गरेको सम्पदामा  धेरै पसल छन् । भूकम्पपछि जीर्ण बन्दै गएको सम्पदाको छानामा त्रिपाल राखिएको छ । पाटन दरबार क्षेत्रको ऐतिहासिक तलेजु मन्दिरलाई पनि भूकम्पले क्षति पुर्‍याएको थियो । 

अन्य सम्पदा भूकम्पपछि पुनः निर्माण भए पनि तलेजु मन्दिरको पुनः निर्माणको काम अझै सकिएको छैन । निर्माणको थालनी भएको तलेजु मन्दिर पनि कामको ढिलासुस्तीको कारण त्रिपालमुनि रहेको छ । अब काम चाँडै सकिने स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका सूचना अधिकारी शारदा शिवाकोटीकाे भनाइ छ  ।

पाटन दरबार क्षेत्रमा रहेको ऐतिहासिक लामपाटी जीर्ण अवस्थामा छ । जीर्ण अवस्थामा रहेको लामपाटीको एकातिरको छाना पुरै त्रिपालले छोपिएको छ । ऐतिहासिक रुपमा रहेको लामपाटी सम्पदालाई स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले व्यापारिक प्रयोजनका लागि व्यक्तिलाई भाडामा दिएको छ । त्यहाँ एउटा होटल र अन्य व्यवसाय सञ्चालन भइरहेको छ ।

जीर्ण अवस्थामा रहेको लामपाटीको पनि पुनः निर्माण प्रक्रियामा रहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका सूचना अधिकारी शिवाकोटीकाे भनाइ छ  । उनका अनुसार ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा पुनः निर्माण हुने भनेको लामपाटी सम्पदाको काम अझै सुरु भएको छैन ।

 पाटन दरबार सङ्ग्रहालय छेउमा रहेको ऐतिहासिक अदालत भवनमा घाँस उम्रेको छ । घाँसले पुरिन आँटेको जीर्ण भवनको पुनः निर्माण भारतीय राजदूतावासले जिम्मा लिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाकाे निर्णय: पूर्व सांसद र मन्त्री समानुपातिक सूचीमा नपर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...

आज समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन, दलहरू आयोग जाने तयारीमा

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...

सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...

जसपा–लोसपा एकतामा सहमति, मधेशमा बलियो राजनीतिक शक्ति निर्माण गर्ने घोषणा

काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...

एकीकरणपछि जसपा नेपालको पहिलो शक्ति प्रदर्शन, जनकपुरमा प्रदेशस्तरीय सभा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...

निर्वाचन नै देशलाई निकास दिने उपाय हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending