Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

नेपालीमा लेखिएको दुर्गासप्तशती चण्डीको विमोचन

खबरडबली संवाददाता

विराटनगर । सरल नेपाली भाषामा लेखिएको  दुर्गासप्तशती चण्डीको मंगलबार विराटनगरमा विमोचन गरिएको छ ।  संस्कृत भाषामा सात सय श्लोकमा लेखिएको मूल गन्थ्रलाई नेपालीमा पनि जस्ताको तस्तै (छायाँ ) अनुवाद गरिएको सो पुस्तकको विमोचन गरिएको हो ।

प्राडा चन्द्रमणि नेपाल, प्राडा मेदिनी शर्मा नेपाल, डा बाबुराम तिमल्सेना, कविराज न्यौपाने, अनुवादक  एकनाथ ढकाल, प्रकाशिका राधा ढकाल, समाजसेवी गणेश पोखरेलले  सो पुस्तकको संयुक्त रुपमा विमोचन गरेका हुन् ।

सनातन धर्म  सेवा समिति विराटनगरको आयोजनामा भएको कार्यक्रममा प्राडा चन्द्रमणि नेपालले जसोतसो संस्कृतका श्लोक पाठ गर्ने तर अर्थ नबुझ्ने तथा संस्कृत पाठ गर्दा नसक्ने पाठकका लागि यो गन्थ महान मनचिन्ते उपहार भएको दावी गरे । साथै अन्य पाठकका लागि पनि मनोविनोदको मीठो मसला बन्न सक्ने प्राडा नेपालले महसुस गरेको बताए ।

सो ग्रन्थ वारे प्रकाश पार्दै पिण्डेश्वर क्याम्पस धरानका सहप्राध्यापक डा गुरु कोइरालाले सात सय श्लोकको नै नेपालीमा अनुवाद गरी लेखिएको सो ग्रन्थ सम्भवत पहिलो भएको बताए । भन्नु भयो (उवाच) लाई पनि बेग्लै श्लोकमा गणना गरिएको र केहीमा आफ्नो मौलिकपन दिएकोले  पुस्तकमा भावानुवाद भनी उल्लेख  गरिएता पनि प्राय अनुवाद जस्ताको तस्तै गरिएकाले छायाँ अनुवाद भन्न मिल्ने  डा कोइरालाको भनाइ थियो ।

सो अवसरमा प्राडा मेदिनी शर्मा नेपाल, डा बाबुराम तिमल्सिना, कविराज न्यौपाने, माधव काफ्ले, प्रतिमा खतिवडा निरौला लगायतले संस्कृत भाषामा लेखिएका अन्य धर्म ग्रन्थलाई पनि जस्ताको तस्तै  सरल भाषामा अनुवाद हुनु पर्नेमा जोड दिए ।  ८० वर्षको अवकाश प्राप्त जीवनमा अनुवादक ढकालले गरेको यस कार्यलाई प्रेरणाको स्रोतका रुपमा लिनु पर्नेमा वक्ताहरुले जोड दिएका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाकाे निर्णय: पूर्व सांसद र मन्त्री समानुपातिक सूचीमा नपर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...

आज समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन, दलहरू आयोग जाने तयारीमा

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...

सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...

जसपा–लोसपा एकतामा सहमति, मधेशमा बलियो राजनीतिक शक्ति निर्माण गर्ने घोषणा

काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...

एकीकरणपछि जसपा नेपालको पहिलो शक्ति प्रदर्शन, जनकपुरमा प्रदेशस्तरीय सभा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...

निर्वाचन नै देशलाई निकास दिने उपाय हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending