Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

नेपालीमा लेखिएको दुर्गासप्तशती चण्डीको विमोचन

खबरडबली संवाददाता

विराटनगर । सरल नेपाली भाषामा लेखिएको  दुर्गासप्तशती चण्डीको मंगलबार विराटनगरमा विमोचन गरिएको छ ।  संस्कृत भाषामा सात सय श्लोकमा लेखिएको मूल गन्थ्रलाई नेपालीमा पनि जस्ताको तस्तै (छायाँ ) अनुवाद गरिएको सो पुस्तकको विमोचन गरिएको हो ।

प्राडा चन्द्रमणि नेपाल, प्राडा मेदिनी शर्मा नेपाल, डा बाबुराम तिमल्सेना, कविराज न्यौपाने, अनुवादक  एकनाथ ढकाल, प्रकाशिका राधा ढकाल, समाजसेवी गणेश पोखरेलले  सो पुस्तकको संयुक्त रुपमा विमोचन गरेका हुन् ।

सनातन धर्म  सेवा समिति विराटनगरको आयोजनामा भएको कार्यक्रममा प्राडा चन्द्रमणि नेपालले जसोतसो संस्कृतका श्लोक पाठ गर्ने तर अर्थ नबुझ्ने तथा संस्कृत पाठ गर्दा नसक्ने पाठकका लागि यो गन्थ महान मनचिन्ते उपहार भएको दावी गरे । साथै अन्य पाठकका लागि पनि मनोविनोदको मीठो मसला बन्न सक्ने प्राडा नेपालले महसुस गरेको बताए ।

सो ग्रन्थ वारे प्रकाश पार्दै पिण्डेश्वर क्याम्पस धरानका सहप्राध्यापक डा गुरु कोइरालाले सात सय श्लोकको नै नेपालीमा अनुवाद गरी लेखिएको सो ग्रन्थ सम्भवत पहिलो भएको बताए । भन्नु भयो (उवाच) लाई पनि बेग्लै श्लोकमा गणना गरिएको र केहीमा आफ्नो मौलिकपन दिएकोले  पुस्तकमा भावानुवाद भनी उल्लेख  गरिएता पनि प्राय अनुवाद जस्ताको तस्तै गरिएकाले छायाँ अनुवाद भन्न मिल्ने  डा कोइरालाको भनाइ थियो ।

सो अवसरमा प्राडा मेदिनी शर्मा नेपाल, डा बाबुराम तिमल्सिना, कविराज न्यौपाने, माधव काफ्ले, प्रतिमा खतिवडा निरौला लगायतले संस्कृत भाषामा लेखिएका अन्य धर्म ग्रन्थलाई पनि जस्ताको तस्तै  सरल भाषामा अनुवाद हुनु पर्नेमा जोड दिए ।  ८० वर्षको अवकाश प्राप्त जीवनमा अनुवादक ढकालले गरेको यस कार्यलाई प्रेरणाको स्रोतका रुपमा लिनु पर्नेमा वक्ताहरुले जोड दिएका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विविधताबीचको एकताले राष्ट्रिय भावना बलियो बन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...

‘सगरमाथा नेपालको मात्र होइन, विश्वकै अमूल्य सम्पदा’ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...

गुल्मीमा हावाहुरीको बितण्डाः सयौँ घरको छाना उड्यो, खुला आकाशमुनि पीडित

गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्‍याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...

मुग्लिन–पोखरा सडक विस्तार यो वर्ष पनि अधुरै रहने संकेत

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...

बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व द...

पाँचथरकाे च्याङथापूमा २६ घर उच्च जोखिममा

पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...

आफ्नै स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु

झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...

जलजलामा ‘गोठस्टे’ सञ्चालन

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...

मोटरसाइकल दुर्घटना नेपाली सेनाका जवानको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending