काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष उपेन्द्र महतोले राष्ट्रपति र प्रधानमन्त्रीलाई नै गलत सूचना दिएको भेटिएको छ । संघको विवादबारे महत्तो र वर्तमान अध्यक्ष बद्री केसीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डलाई गलत सूचना दिएका हुन् ।
महत्तो र केसीको झुटको मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा पर्दाफास भएको छ । प्रधानमन्त्री प्रचण्डको रोहबरमा दुबै पक्षबीच एकता गर्ने सहमति भएको थियो । केसीको अध्यक्ष बन्ने महत्वकांक्षा र मनपरीका कारण उक्त कार्यान्वन हुन सकेन । तर, महत्तो र केसीले सहमति कार्यान्वयन भएको र सोहीअनुसार नै ११ औं अन्तर्राष्ट्रिय महाधिवेशन गर्न लागेको भन्दै गलत सूचना प्रधानमन्त्री कार्यालयमा पुर्याएका थिए ।
मंगलबार विहान गैरआवसीय नेपालीलाई नागरिकता वितरण गरिसकेपछि सबै बताउँदै कार्यक्रम समापन हुँदै थियो । कार्यक्रममा सहभागी बिनोद कुँवर पक्षको तर्फबाट दिपेश खत्रीले सहमति कार्यान्वयन नभएको र संघको वैधानिकताबारे सर्वोच्च अदालतमा मुद्धा विचाराधिन अवस्थामा रहेको र उच्च अदालत पाटनले समेत १५ दिनभित्र जवाफ मागेको कुरा उठाए । त्यसपछि प्रधानमन्त्रीले सहमति कार्यान्वयन भएको भनिएको होइन र ? भन्दै प्रश्न गरेका थिए ।
लगत्तै संस्थापक अध्यक्ष महत्तोले “सबै भइसकेको छ, यो भाईलाई केही जानकारी छैन । सबै मिलिसकेको छ, अब उठौं” भने । त्यसको प्रतिवाद गर्दै खत्रिले केही पकि कुरा नमिलेको बताउँदै प्रधानमन्त्रीलाई महाधिवेशन स्थगित गर्न आफूले दिएको निवेदन प्रधानमन्त्रीलाई बुझाए ।
“केही कुरा मिलेको छैन । उहाँहरुले तपाईँको उपस्थितिमा भएको सहमति कार्यान्वयन गर्नुभएन । तपाईँ समग्र एनआरएनएको प्रधानमन्त्री हो, यो एउटा गुट हो । प्रधानमन्त्रीज्यू गुटको कार्यक्रममा नजानुहोला” खत्रीले निवेदन बुझाउँदै प्रधानमन्त्रीलाई भने ।
त्यसपछि प्रधानमन्त्री प्रचण्डले अब कार्यक्रममा जाने नजानेबारे म सोच्छु भनेको खत्रिले जानकारी दिए । संस्थाका जिम्मेवारी व्यक्तिले नै गलत सूचना दिएर राज्य र सरकार प्रमुखलाई नै गुमराहमा राखेको उनले आरोप समेत लगाउँदै खत्रिले सिंगो संस्थाप्रति नै विश्वासको संकट पैदा हुने अवस्था सिर्जना भएको बताए । खत्री संघका ब्राण्ड एम्बेस्टर समेत हुन् ।
अदालतमा मुद्दा विचाराधिन अवस्थामा रहेको छ । उच्च अदालत पाटनले जवाफ पनि मागेको छ । तर, अदालतलाई व्यवास्ता गर्दै महत्तो र केसीको जबरजस्तीका कारण संघको विश्व सम्मेलन काठमाडौँमा जारी छ । यसले नयाँ नेतृत्व चयन पनि गर्नेछ । तर, अदालतले सम्मेलन नै अवैध घोषणा गर्न सक्ने भन्दै निर्वाचन प्रक्रिया रोकेर अरु कार्यक्रम मात्रै गर्नुपर्ने दवाव बढ्दै गएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १४ गते, २०८३ - ०९:५१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...
जेष्ठ १४ गते, २०८३ - ०९:४९
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...
जेष्ठ १४ गते, २०८३ - ०९:४६
गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...
जेष्ठ १४ गते, २०८३ - ०९:४१
कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...
जेष्ठ १४ गते, २०८३ - ०९:३६
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...
जेष्ठ १४ गते, २०८३ - ०९:३०
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व द...
जेष्ठ १४ गते, २०८३ - ०८:४१
पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...
जेष्ठ १४ गते, २०८३ - ०८:३८
झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...
जेष्ठ १४ गते, २०८३ - ०८:३३
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...
जेष्ठ १४ गते, २०८३ - ०८:३०
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...



प्रतिकृया लेख्नुहोस्: