Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

पर्यटन प्रवद्र्धनका लागि काठमाण्डौँ–सल्याान साईकल यात्रा गर्ने युवालाई छत्रेश्वरीमा सम्मान

खबरडबली संवाददाता

सल्यान । सल्यानका एक युवाले पर्यटन प्रवद्र्धनका लागि भन्दै काठमाण्डौँ देखि सल्यान सम्मको साईकल यात्रा पुरा गरेका छन् । सल्यानका निषेध दाहालले आफ्नो क्षेत्रका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको प्रवद्र्धन र प्रचारप्रसारका लागि ५०९ किलोमिटर भन्दा बढी लामो साईकल यात्रा गरेका हुन् ।

गत विहिबार काठमाण्डौँ स्थित पशुपतिनाथबाट यात्रा गरेर मंगलबार सल्यान आइपुगेका साईकल यात्री दाहाललाई छत्रेश्वरी गाउँपालिकाले सम्मान गरेको छ । गाउँपालिका कार्यालयमा दोसल्ला र सम्मान पत्रले सम्मान गर्दै गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले छत्रेश्वरी गाउँपालिका सहित जिल्लाभित्र ऐतिहासिक महत्व बोकेका स्थलहरु रहेको भन्दै प्रचारप्रसारका लागि निषेध दाहालले गरेको प्रयासको प्रसंशा गरे । उनले छत्रेश्वरी गाउँपालिका पर्यटनको दृष्टीले एक उत्कृष्ट गन्तव्य भएको र पालिका भित्रका पर्यटकीय, धार्मीक, ऐतिहासिक क्षेत्रको प्रवद्र्धनका लागि काम गरिरहेको बताए ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, वडा नम्बर ६ का वडा अध्यक्ष टिकाराम बुढा लगाएतले दाहाललाई स्वागत र सम्मान गर्दै हरेक युवाहरु असल र उदाहरणीय बन्नुपर्ने धारणा राखेका थिए ।

छत्रेश्वरी, ३ मूलखोला निवासी २४ वर्षिय दाहाल सेवा नै धर्म हो भन्ने सन्देश सहित सल्यानको खैरावाङ भगवती मन्दिर, छत्रेश्वरी सतिपिठ, खड्गदेवी मन्दिर लगाएतका क्षेत्रको तस्वीर टाँस गरी साईकल यात्रा गरेका हुन् । यात्राको क्रममा विभिन्न स्थानमा धेरै व्यक्तिबाट आफुलाई सकारात्मक साथ सहयोग मिलेको भन्दै उनले सल्यानका पर्यटकीय क्षेत्रले धेरैलाई आकर्षण गर्न सक्ने बताए । ‘यात्राको क्रममा कुनै अफ्ठेरो भएन, खान, बस्न तथा साईकल मर्मतका लागि पनि विभिन्न ठाउँमा सहयोग प्राप्त भयो’, उनले भने,  ‘पर्यटन प्रवद्र्धनका लागि साईकल यात्रालाई सबैले सकारात्मक रुपमा लिनुभएको छ ।’ दाहालले बुधबार विहान खैरावांगको दर्शन गर्ने तथा छायाँछेत्र, खड्गदेवी मन्दिर लगाएत जिल्लाका विभिन्न स्थानमा पनि पुग्ने बताएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाकाे निर्णय: पूर्व सांसद र मन्त्री समानुपातिक सूचीमा नपर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...

आज समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन, दलहरू आयोग जाने तयारीमा

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...

सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...

जसपा–लोसपा एकतामा सहमति, मधेशमा बलियो राजनीतिक शक्ति निर्माण गर्ने घोषणा

काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...

एकीकरणपछि जसपा नेपालको पहिलो शक्ति प्रदर्शन, जनकपुरमा प्रदेशस्तरीय सभा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...

निर्वाचन नै देशलाई निकास दिने उपाय हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending