Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

पर्यटन प्रवद्र्धनका लागि काठमाण्डौँ–सल्याान साईकल यात्रा गर्ने युवालाई छत्रेश्वरीमा सम्मान

खबरडबली संवाददाता

सल्यान । सल्यानका एक युवाले पर्यटन प्रवद्र्धनका लागि भन्दै काठमाण्डौँ देखि सल्यान सम्मको साईकल यात्रा पुरा गरेका छन् । सल्यानका निषेध दाहालले आफ्नो क्षेत्रका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको प्रवद्र्धन र प्रचारप्रसारका लागि ५०९ किलोमिटर भन्दा बढी लामो साईकल यात्रा गरेका हुन् ।

गत विहिबार काठमाण्डौँ स्थित पशुपतिनाथबाट यात्रा गरेर मंगलबार सल्यान आइपुगेका साईकल यात्री दाहाललाई छत्रेश्वरी गाउँपालिकाले सम्मान गरेको छ । गाउँपालिका कार्यालयमा दोसल्ला र सम्मान पत्रले सम्मान गर्दै गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले छत्रेश्वरी गाउँपालिका सहित जिल्लाभित्र ऐतिहासिक महत्व बोकेका स्थलहरु रहेको भन्दै प्रचारप्रसारका लागि निषेध दाहालले गरेको प्रयासको प्रसंशा गरे । उनले छत्रेश्वरी गाउँपालिका पर्यटनको दृष्टीले एक उत्कृष्ट गन्तव्य भएको र पालिका भित्रका पर्यटकीय, धार्मीक, ऐतिहासिक क्षेत्रको प्रवद्र्धनका लागि काम गरिरहेको बताए ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, वडा नम्बर ६ का वडा अध्यक्ष टिकाराम बुढा लगाएतले दाहाललाई स्वागत र सम्मान गर्दै हरेक युवाहरु असल र उदाहरणीय बन्नुपर्ने धारणा राखेका थिए ।

छत्रेश्वरी, ३ मूलखोला निवासी २४ वर्षिय दाहाल सेवा नै धर्म हो भन्ने सन्देश सहित सल्यानको खैरावाङ भगवती मन्दिर, छत्रेश्वरी सतिपिठ, खड्गदेवी मन्दिर लगाएतका क्षेत्रको तस्वीर टाँस गरी साईकल यात्रा गरेका हुन् । यात्राको क्रममा विभिन्न स्थानमा धेरै व्यक्तिबाट आफुलाई सकारात्मक साथ सहयोग मिलेको भन्दै उनले सल्यानका पर्यटकीय क्षेत्रले धेरैलाई आकर्षण गर्न सक्ने बताए । ‘यात्राको क्रममा कुनै अफ्ठेरो भएन, खान, बस्न तथा साईकल मर्मतका लागि पनि विभिन्न ठाउँमा सहयोग प्राप्त भयो’, उनले भने,  ‘पर्यटन प्रवद्र्धनका लागि साईकल यात्रालाई सबैले सकारात्मक रुपमा लिनुभएको छ ।’ दाहालले बुधबार विहान खैरावांगको दर्शन गर्ने तथा छायाँछेत्र, खड्गदेवी मन्दिर लगाएत जिल्लाका विभिन्न स्थानमा पनि पुग्ने बताएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विविधताबीचको एकताले राष्ट्रिय भावना बलियो बन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...

‘सगरमाथा नेपालको मात्र होइन, विश्वकै अमूल्य सम्पदा’ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...

गुल्मीमा हावाहुरीको बितण्डाः सयौँ घरको छाना उड्यो, खुला आकाशमुनि पीडित

गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्‍याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...

मुग्लिन–पोखरा सडक विस्तार यो वर्ष पनि अधुरै रहने संकेत

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...

बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व द...

पाँचथरकाे च्याङथापूमा २६ घर उच्च जोखिममा

पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...

आफ्नै स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु

झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...

जलजलामा ‘गोठस्टे’ सञ्चालन

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...

मोटरसाइकल दुर्घटना नेपाली सेनाका जवानको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending