Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

भुकम्पले चिराचिरा भएको घर त टालीयाे तर, छोरा बितेको खबरले चिराचिरा भएको मन कसरी टाल्ने ?

खबरडबली संवाददाता

विदेशमा गएका छोराछोरीहरु बाकसमा आउँछन् भन्ने सुनेको थिएँ । आज आफैँले भोग्नुपर्‍याे ।’

बझाङ । गत असाेज १६ गतेकाे भुकम्पले बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ का धनलाल आउजीको घर चिराचिरा बनायाे । घर भत्किएकाे खबर उनका माइला छाेराले सुने पनि उनी अब त्याे भतकिएकाे घरमा कहिल्यै नआउने भए । 

भुकम्पका कारण आउजीकाे परिवारकाे  त्रिपालमुनि बास भयो । घर भत्किएको पीडा माथि आउजीकाे परिवारमा पुनः अर्का् बज्रपात आइलाग्यो । इजरायलमा पढ्न गएको माइलो छोरा गणेश नेपाली कहिल्यै नफर्कनेगरी उतै अस्ताए ।  आउजीकाे भूकम्पले चिराचिरा पारेर भत्किएको घरलाई त सहयोगी मनहरुले टालटुल पारी दिए । टिन ठोकेर पुनर्निर्माण गरी बस्नकाे लागि याेग्य बनाइ दिएका छन् । तर छोरा बितेको खबरले चिराचिरा भएको मन कसरी टाल्ने ?

घर त सबै मिलेर बास बस्न याेग्य बनाइ दिएका भए पनि छोरा किहिल्यै नआउने बाटाेमा गयाे आखाभरी आँशु बनाउँदै धनलालले बताए । 

उनले भक्कानिदै भने, ‘छोरा विदेश नगएर यतै केही गर भनेको थिएँ । अध्ययन गरेर फर्किएर आफ्नै माटोमा केही गर्छु भन्थ्यो । तर कहिले पनि नफर्किने गरेर गयो । विदेशमा गएका छोराछोरीहरु बाकसमा आउँछन् भन्ने सुनेको थिएँ । आज आफैँले भोग्नुपर्‍याे ।’

गाउँमा भूकम्प गएको थाहा पाएपछि इजरायलमा रहेका छोरा गणेश नेपालीले परिवारलाई फोन गरेका थिए । घर के कति क्षति भयो भन्दै सोधेका थिए । परिवारसँगको यो नै अन्तिम कुराकानी भएको उनका दाजु विकास नेपालीले बताए  । गणेश अध्ययनको सिलसिलामा इजरायल गएको एक महिना पुग्नै थालेको थियो । उनी भदौ २५ गते इजरायल गएका थिए । 

असोज २० गते साँझपख धनलालका जेठा छोरा विकासले इजरायलमा हमासबाट आक्रमण भएको र नेपाली पनि परेको हल्ला सुने । ‘मैले यो घटनाका बारेमा जानकारी पाएपछि धेरै पटक भाइलाई भिडियो कल र फोन गर्ने प्रयास गरेँ, तर सम्पर्क भएन । आइतवार साँझ सार्वजनिक भएको सूचीमा आफ्नो भाइ गणेशको नाम पनि देखेपछि परिवारमा रुवाबासी चल्यो । अहिले पनि कसैका आँखा ओभाएका छैनन् । गाउँका दाजु भाइहरू सम्झाउने प्रयास गरी रहनुभएको छ ।’

पढाइमा अब्बल भएका कारण गणेशले आईएससी र बीएससी एग्रिकल्चर छात्रवृत्तिमै पढेका थिए । इजरायलमा थप पढाइसँगै कमाइ पनि हुने भएकाले परिवारका सबै खुसी थिए । तर इजरायल गएको एक महिनामै गणेशको ज्यान गएपछि परिवारमा रुवाबासी चलेको छ ।  विदेशमा पढेर फर्किएपछि कृषि क्षेत्रमा उदाहरणीय काम गर्ने गणेशको योजना सपनामै सीमित हुन पुगेको छ ।

गणेशको शव नेपाल ल्याउनका लागि सरकार लागिपरेको बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । गणेशको शव इजरायलमा भएको नेपाली राजदूतावासले प्राप्त गरी सकेको र गणेशसँगै ज्यान गुमाएका ५ जनाको शव एक, दुई दिनभित्रै नेपाल ल्याउने तयारी भएको आफुहरुले बुझेकाे उनकाे भनाइ छ ।

सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत टीकापुर बहुमुखी क्याम्पसको कृषि संकायतर्फ स्नातक तह अन्तिम वर्षमा अध्ययनरत ४९ जना विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका थिए । गएको असोज २० गते हमासको आक्रमणमा १० जनाको ज्यान गएकोमा ५ जनाको शव पहिचान हुनै बाँकी छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाकाे निर्णय: पूर्व सांसद र मन्त्री समानुपातिक सूचीमा नपर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...

आज समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन, दलहरू आयोग जाने तयारीमा

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...

सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...

जसपा–लोसपा एकतामा सहमति, मधेशमा बलियो राजनीतिक शक्ति निर्माण गर्ने घोषणा

काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...

एकीकरणपछि जसपा नेपालको पहिलो शक्ति प्रदर्शन, जनकपुरमा प्रदेशस्तरीय सभा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...

निर्वाचन नै देशलाई निकास दिने उपाय हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending