काठमाडाैं । कोशी प्रदेशमा यस पटक धान उत्पादन सामान्य ढंगले बढ्नसक्ने सरकारी अधिकारी तथा विज्ञहरुले बताएका छन् । कोशी प्रदेशमा पनि झापा, मोरङ र सुनसरी जिल्ला धान उत्पादनको भण्डार नै मानिन्छ ।
यि जिल्लाहरुमा अहिलेसम्म रोग, किरा, पानी, बतासलगायतका समस्याले धानमा ठूलो असर गरेको छैन । कोशी प्रदेश कृषि निर्देशनालयका प्रमुख तथा कृषि प्रसार अधिकृत प्रकाशकुमार डाँगीका अनुसार झापा, मोरङ र सुनसरीमा यस पटक धान उत्पादन राम्रो हुने अनुमान गरिएको बताए ।
‘अहिलेसम्मको अवस्था हेर्दा धान कोशी प्रदेशमा राम्रो उत्पादन हुने देखिएको छ । विगत वर्षको तुलनामा घट्ने भन्दा समान्य बढ्न सक्ने हाम्रो अनुमान छ,’ डाँगीले भने, ‘रोग, किरा तथा हुरी बतास र पानीले यस पटक ठूलो असर गरेको रिपोर्ट छैन ।’
धान विज्ञ डा. राजेन्द्र उप्रेती पनि यस पटक धान उत्पादन बढ्ने दाबी गर्छन् । ‘गत वर्षभन्दा धेरै राम्रो उत्पादन हुने देखिएको छ । झापा, मोरङ, सुनसरीमा बोट हेर्दा पनि त्यो राम्रो हुने अनुमान गर्न सकिन्छ,’ उप्रेतीले भने, ‘अबको धानमा फूल उडाउने या हावा हुरीले लडाए पनि क्षति हुने सम्भावना छैन ।’ किसानहरुले धेरै धान रन्जीत र स्वर्ण प्रजातीका लगाएका छन् । उक्त धान अहिलेसम्ममा दूध पसेर, नुहाइसकेको र पाक्ने क्रममा रहेको कारण अब हावाहुरी र असिनाले धेरै असर गर्न नसक्ने उप्रेतीको दाबी छ ।
३ लाख ३२ हजार ८९६ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ । यो ९७.६७ प्रतिशत रोपाई भएको हो । गत वर्ष ९७.१ प्रतिशत अर्थात् ३ लाख ३१ हजार ८८ हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो । कोशी प्रदेश कृषि निर्देशनालयले दिएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९–२०८० मा भने १२ लाख ९८ हजार ८५५ दशमलव १५ मेट्रिक टन धान उत्पादन भएको थियो । कोशी प्रदेशमा धान उत्पादन हुने जमिन ३ लाख ४० हजार ८२९ हेक्टर रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १४ गते, २०८३ - ०९:५१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...
जेष्ठ १४ गते, २०८३ - ०९:४९
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...
जेष्ठ १४ गते, २०८३ - ०९:४६
गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...
जेष्ठ १४ गते, २०८३ - ०९:४१
कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...
जेष्ठ १४ गते, २०८३ - ०९:३६
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...
जेष्ठ १४ गते, २०८३ - ०९:३०
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व द...
जेष्ठ १४ गते, २०८३ - ०८:४१
पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...
जेष्ठ १४ गते, २०८३ - ०८:३८
झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...
जेष्ठ १४ गते, २०८३ - ०८:३३
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...
जेष्ठ १४ गते, २०८३ - ०८:३०
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...



प्रतिकृया लेख्नुहोस्: