हुम्ला । बझाङको सैपालबाट दसैंका लागि खसी हुम्ला आइपुगेका छन् । सैपालका खसी गुणस्तरीय हुने पहिचान बनाएका कारण ब्यापारीहरुले वर्षेनी सैपालबाट १५ दिन पैदल लगाएर हुम्लामा ल्याउने गरिएको हो ।
अष्टमीमा खसीको बली दिने चलन भएका कारण बझाङको सैपालबाट खसी आइपुगेका हुन् । सैपालबाट पाँच सयभन्दा बढी खसी हुम्ला आइपुगेको बताउँदै ब्यापारी बिकुल भण्डारीले बिक्रीका लागि सैपालबाट ल्याएका खसी टिपाटिप भएको बताए । जिल्लाभित्रका भन्दा सैपालका खसीहरु मानिसकाे बढी रोजाइमा पर्नेगरेका छन् ।
भारी नबोकेका, मासु बढी हुने र गुणस्तरीय मासुका लागि ती खसी बढी उपभोक्ताले रुचाउने गर्छन् । उनले तीन जना ब्यापारी मिलेर ल्याएका खसी आइतबार दिउँसोसम्म ५० मात्र बाँकी रहेको र बेलुकासम्म सकिने उनले बताए । उपभोक्ता नर भण्डारीले भएसम्म सैपालकै खसी दसैंमा बलि दिने भएपछि यस पटक महँगै मूल्य तिरेर भए पनि किनिएको बताए ।
पाँच हजार खसी बिक्री
उद्योग बाणिज्य सङ्घ हुम्लाका वरिष्ठ उपाध्यक्ष रामबहादुर भण्डारीले यस पटकको दसैंका लागि पाँच हजारभन्दा बढी खसी बिक्री भएको बताए । हुम्लाको घरधुरी सङ्ख्या करिब एघार हजार छ । यी सबै खसी अधिकांश स्थानीय छन् । उनले मूल्य जति वृद्धि भए पनि खसीको ब्यापार नघटेको बताए ।
उनले साना ठूला खसीको मूल्य औसतमा सात करोडको कारोवार यस पटकको दसैंमा भएको बताए । लामा समुदायको बसोवास हुने नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिका –३ र ४ बाहेक जिल्लाभरि दसैं मनाउने गरिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ११:१७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...
पौष १४ गते, २०८२ - ११:०८
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...
पौष १४ गते, २०८२ - ११:०६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
पौष १४ गते, २०८२ - १०:५९
काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...
पौष १४ गते, २०८२ - १०:१९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...
पौष १४ गते, २०८२ - १०:१६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...




प्रतिकृया लेख्नुहोस्: