Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

बजेट अभावले आधारभूत अस्पताल अलपत्र

खबरडबली संवाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा १५ शय्याको अस्पताल निर्माणको तयारी गरिएको छ । गत असारमै निर्माण सम्पन्न भएर अहिले सो अस्पताल सञ्चालन हुनुपर्ने थियो । तर भवनको जग हाल्ने बाहेक अन्य काम अघि बढ्न सकेको छैन ।

सुरुमा रकम नआएर रोकिएको निर्माण कार्य अहिलेसम्म अघि बढ्न सकेको छैन । कहिले समयमा रकम नआउने त कहिले ठेकोदार कम्पनीको लापरबाहीका कारण समयमै ठेक्का लागे पनि काम भने सुस्त गतिमा भइरहेको पालिका अध्यक्ष ध्रव राज रायले बताए । “सम्झौता अनुसार गत असारमै निर्माण सम्पन्न भई यतिबेला अस्पताल सञ्चालन आउनु पर्ने हो । तर कहिले पसै नआउने कहिले पैसा नभएपछि ठेकेदार हराउने समस्याले अस्पतालको भवन भने जग हाल्ने काम बाहेक केही अघि बढेको छैन” अध्यक्ष रायले भने ।

धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच शय्याको अस्पताल निर्माणको तयारी गरेको छ । तयारी अनुसार यो वर्षबाट अस्पताल सञ्चालन गर्ने गरी काम अघि बढेको थियो । तर आधाकाम सम्पन्न नहुँदै बजेट आउन रोकिएपछि भवन निर्माण कार्यनै अलपत्र बनेको छ ।

अघिल्लो वर्षसम्म नियमित आएको बजेट यो वर्षबाट रोकिएको छ । अस्पताल निर्माणको काम करिब ५० प्रतिशतमात्र भएको छ ।

‘‘यो वर्षबाट बजेट नआउँदा अहिले काम ठप्प छ । ठेकेदारले बाँकी काम तीन महिनामा सकिन्छ भनेको छ । तर यो वर्ष बजेट नआउँदा थप काम अगाडि बढाउन सकिएको छैन ।’’ पालिका अध्यक्ष छत्र सुब्बाले भने, ‘‘पैसाका लागि पटक–पटक ताकेता गरे पनि कुनै सुनुवाइ भएको छैन । पैसा आएको भए धनकुटामा सबैभन्दा सुरुमा आधारभूत अस्पताल सञ्चालन गर्ने थियौं ।’’

धनकुटाको साँगुरीगढी गाउँपालिकामा आधारभूत अस्पतालका लागि जग्गा प्राप्ति र डिपिआर बाहेक अरु केही काम अघि बढ्न सकेको छैन । अघिल्ला जनप्रतिनिधिले अस्पताल निर्माणको प्रक्रिया नबढाएकाले काममा ढिलाई भएको र अहिले सबै प्रक्रिया पूरा गरी स्वास्थ्य मन्त्रालयमा फाइल पठाइसकेको पालिकाले जनाएको छ । तर मन्त्रालयबाट फाइल स्वीकृत भएर आइनसकेकाले काम अघि बढ्न नसकेको पालिका अध्यक्ष जितेन्द्र रुम्दाली राइले बताए ।

सरकारले एक साथ आधारभूत अस्पतालको सिलान्यास गरेको करिब ३५ महिना बितेको छ । तर योे अबधिमा उपलब्धी भने लगभव शून्य छ । धनकुटाकै चौबिसे गाउँपालिकामा भने ४० प्रतिशत काम भएको छ । आधा पालिकाले आधा संघीय सरकारले खर्चगर्ने गरी सम्झौता भएकाले काम गर्न असहज भएको पालिकाले जनाएको छ । अघिल्ला जनप्रतिनिधिले आधापैसा पालिकाले  खर्च गर्ने गरी सम्झौता गर्नु भएको रहेछ पालिकासँग पैसा हुँदैन काम गर्न निक्कै कठिन भइरहेको पालिका अध्यक्ष राजकुमार चेम्जोङ्गले भने । शहिदभूमी गाउँपालिका र पाख्रिवास नगरपालिकामा पनि प्रगति निक्कै न्यून छ । 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा सबै स्थानीय तहमा आधारभूत अस्पताल अनिवार्य निर्माण गर्नुपर्ने व्यवस्था छ । स्वास्थ्यलाई छिटो छरितो तथा सर्वसुलभ बनाउन हरेक स्थानीय तहमा अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको योजना अनुसार स्थानीय तहमा अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाइएको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

बस्नेतको बाह्रबिसे कदम टिकट सुरक्षित गर्ने रणनीति कि दबाबको राजनीति ?

सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...

नेपाललाई भूराजनीतिक द्वन्द्वमा फसाउने दोस्रो चरणको तयारी हुँदैछः एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...

समानुपातिकतर्फको बन्द सूची आजदेखि पेस हुँदै, आयोगको तयारी पूरा

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...

आगोको रापबाट व्यवसायतर्फ : आरानमै जीवन बिताएका ताराबहादुरको संघर्ष कथा

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending