कालीकोट । जिल्ला सदरमुकाम मान्मदेखि जिल्ला अस्पतालसम्मको सडक कालोपत्रे एक वर्षमै उप्किएको छ । कमजोर निर्माण सामग्री र निर्माण कम्पनीको लापरबाहीका कारण एक वर्षअगावै कालोपत्रे उप्किएको हाे ।
निर्माण भइरहेका बेला गोरखापत्रसहितका सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि जिल्ला प्रशासन कार्यालय कालीकोटमा भएको छलफलमा बजेट व्यवस्थापन गरेर उक्त खण्डमा आरसिसी गर्ने भनिए पनि अहिलेसम्म जिरो प्वाइन्ट क्षेत्र जीर्ण नै छ । सडकमा राखिएको अलकत्रा त्यतिबेला नै उप्किएको थियो । धेरै विरोधपछि निर्माण कम्पनीले स्थानीयले सडकमा पानी फालिदिएका कारण यस्तो भएको दाबी गरेको थियो । खड्का निर्माण सेवाले उक्त सडकको काम जिम्मा पाएको थियो ।
सहरी विकास कार्यालय जुम्लाका प्राविधिक चन्द्र खड्काको निर्माण कम्पनीले गर्ने धेरै काम यस्तै गुणस्तरहीन हुने गरेको आरोप छ । व्यक्तिगत पहुँचको प्रयोग गरी खड्काले प्राविधिक प्रतिवेदन आफैँ तयार गर्ने र ठेक्का पनि पार्ने गरेको आरोप लाग्दै आएको छ । यो सडकमा पनि त्यस्तै खेल भएको अनुमान गर्ने धेरै छन् । उनका भाइ समुन खड्काले ठेक्का कार्य सञ्चालन गर्दै आएका छन् । कालीकोटको एकीकृत भवन, जिल्ला अदालत र गेस्ट हाउस निर्माण उहाँकै निगरानीमा भएका थिए तर बनेको एक वर्षमा चर्किनेदेखि कोठामा हालिएको फोर्ससमेत उप्किँदै जाने गरेपछि पुनः मर्मत गर्दै आएको कार्यालयका कर्मचारीको भनाइ छ ।
खड्काले निगरानी गरेको सरकारी वकिलको कार्यालय कालीकोट पनि उस्तै गुणस्तरहीन छ । त्यसैले औपचारिक रूपमा उक्त कार्यालय बुझिएको छैन । सडकको आरसिसीको काम पनि गुणस्तरहीन हुने गरेको छ । काम छिटो सक्ने नाममा खड्काले जग्गा विवादलगायतका कुरा सुल्झाउनुको साटो आफू अनुकूलतामा अन्यत्र लैजाने गरेको स्थानीयको आरोप छ । कालीकोटको सदरमुकाम मान्म बजार आरसिसीका लागि सम्झौता भएका ठेक्का उच्च व्यक्तिको मनसायका आधारमा सार्ने गरिएको छ । मान्म बजारदेखि कोटदरबार हुँदै कर्णाली राजमार्गमा जोड्ने आरसिसी सडक उहाँले वडा नं. ४, जहाँ कामै नलाग्ने ठाउँमा सारेर बजेट सकेको स्थानीयको आरोप छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...




प्रतिकृया लेख्नुहोस्: