Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

'दुई कदम'को टाइटल गीतमा रोमान्टिक इओन र सिमोन

खबरडबली संवाददाता

काठमाडाैं । उदय सुब्बा निर्देशित फिल्म 'दुई कदम'को टाइटल गीत सार्वजनिक गरिएको छ । मुस्ताङमा खिचिएको सार्वजनिक गीतमा डेव्यु अभिनेता इओन लिम्बु र सिमोन गिरी फिचर्ड छन् । प्रविसा अधिकारी र सिडी विजय अधिकारीको स्वर रहेको गीतमा इओन र सिमोनलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।  

तारा प्रकाश लिम्बुको संगीत तथा शब्द रचना रहेको फिल्म आगामी मंसिर २९ गतेबाट रिलिज हुँदैछ । फिल्ममा इओन र सिमोनका अलवा सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको अभिनय रहेको छ ।

अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा तारा देवी लिम्बुको लगानी रहेको छ । फिल्मको एक गीतमा अभिनेता विल्सन विक्रम राईले पनि विशेष भुमिका निवार्ह गरेका छन् । मुस्ताङमा एक गीतको छायांकन गरिएको फिल्मको बाँकी छायांकन पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको हो ।

दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन फिल्ममा रहेको छ । फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाल्पामा धान उत्पादन बढ्यो, किसान उत्साहित

पाल्पा । पाल्पामा यस वर्ष धान उत्पादनमा वृद्धि भएपछि किसान उत्साहित छन् । गुणस्तरीय बीउ, उन्नत वा हाइब्रिड जातका धानको प्रयोग, अनुकूल मौसमलगायत कारणले...

एमालेलाई सत्ताको सनक, चुनाव प्रचारमा सरकारी गाडी प्रयोग

काठमाडौं ।  नेकपा (एमाले) का नेता एवं लुम्बिनी प्रदेश सभा सदस्य गिरिधारीलाल न्यौपाने सरकारी गाडी लिएर चुनाव प्रचारमा पुगेका छन् । कपिलवस्तुको शुद्दोधन...

कस्तो छ एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष

लिमा । पेरुको मरुभूमिमा फेला परेको एक करोडदेखि एक करोड २० लाख वर्ष पुरानो एक युवा सामुद्रिक गोहीको अवशेषलाई पेरूका वैज्ञानिकहरूले सार्वजनिक गरेका छन् ...

कर्णालीमा उम्मेदवारविहीन एकीकृत समाजवादी

सुर्खेत । ०७९ को निर्वाचनको परीणामका आधारमा कर्णालीमा चौथो दलका रुपमा रहेको एकीकृत समाजवादी मंसिर १६ मा हुन लागेको स्थानीय तह उपनिर्वाचनका लागि अधिकां...

कांग्रेस–एमालेको गढ ग्रामथानमा धावा बोल्दै माओवादी

विराटनगर । स्थानीय तहको उपनिर्वाचन अन्तर्गत मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि प्रमुख तीन दलले प्रचारप्रसारलाई तीव्र तुल्याएका छन् । ग्...

भरतपुर नेपालकै सबैभन्दा ‘प्रदूषित’ शहर, काठमाडौं ‘अस्वस्थकर’

काठमाडौं । वायुको गुणस्तरका आधारमा आज बिहीबार भरतपुर नेपालकै सबैभन्दा ‘प्रदूषित’ शहर बनेको छ । पछिल्लो २४ घण्टामा त्यहाँको एयर क्वालिटी इन्डेक्स (एक्य...

राज्यका निकायमा महिलालाई मुख्य जिम्मेवारी दिनुपर्छः पूर्वसभामुख घर्ती

काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्रं) की नेतृ ओनसरी घर्तीले महिलाहरुलाई राज्यका हरेक निकायहरुको मुख्य जिम्मेवारी दिने वातावरण बनाउनुपर्न...

जिप दुर्घटना हुँदा ३ डाक्टरसहित ५ जनाको मृत्यु

काठमाडौं ।  भारतको लखनउ(आगरा सडकखण्डमा जिप दुर्घटना हुँदा तीन डाक्टरसहित पाँच जनाको मृत्यु भएको छ । एकजना डाक्टर गम्भीर घाइते भएका छन् । सडक डिभाइड...

विप्लव र कांग्रेस सभापति देउवाबीच भएकाे भेटवार्तामा के भयाे कुरा ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका शिर्षथ नेता र नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच बुधबार अपरान्ह भेटवार्ता भएको छ ...

काभ्रेमा काँग्रेसको सय दिने अभियानः ‘सदस्यता घर–आँगन’

बनेपा । नेपाली काँग्रेस काभ्रेपलाञ्चोकले जिल्लामा ‘सय दिने अभियान’ सुरु गरेको छ । अभियानअन्तर्गत जिल्ला समितिले ‘सदस्यता घरआँगन’ कार्यक्रमलाई प्राथमिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy