Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun

वल्भससँग टोटनहम पराजित

खबरडबली संवाददाता

एजेन्सी। दुई साता अघिसम्म सम्म इंग्लिस प्रिमियर लिगमा अपराजित रहेको टोटनहम हटस्पर लगातार दुई खेलमा पराजित भएको छ।

गत साता चेल्सीसँग पराजय भोगेको टोटनहमले शनिबार वल्भसलाई २(१ को नतिजा सुम्पेको छ।

निलम्बन र चोटहरूका कारण पहिलो रोजाइका धेरै खेलाडी बिना मैदान उत्रिएको टोटनहमले खेलमा अग्रता तेस्रो मिनेटमा नै लिएको थियो। पेड्रो पोर्रोको पासमा ब्रेनन जोन्सनले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए।

त्यसपछि भने टोटनहमले खेलमा प्रभुत्व जमाउन सकेन। त्यसपछि वल्भसले खेलमा मौका सृजना गर्न थाल्यो। ३३औं मिनेटमा मारियो लेमिनाको प्रहार टोटनहम गोलरक्षक भिकारियोले राम्रो बचाउ गरे।

पहिलो हाफको अन्तिम तिर लेमिनाको हेडर बेन डेभिसले ब्लक गरे। ५३औं मिनेटमा ऐट(नुरीको पासमा म्याथियस कुन्हाको प्रहारले पोस्टको दिशा लिन सकेन। ५५औं मिनेटमा ह्वांग हि( चानको प्रहारले पनि पोस्टको दिशा लिन सकेन।

८१औं मिनेटमा म्याट डोहर्टीको प्रहार पनि डेविसले ब्लक गरे।धेरै मौका खेरा फालेको वल्भसले खेलको समयमा दुई गोल गर्दै जित ३ अंक जोड्यो।

इन्ज्युरी समयको पहिलो मिनेटमा कुन्हाको पासमा पाब्लो साराबियाले गोल गर्दै खेल बराबरीमा ल्याए थिए। त्यसको ६ मिनेट पछि भने वल्भसले अर्को गोल गर्दै जित हासिल गर्यो। साराबियाको थ्रु(पासमा लेमिनाले गोल गर्दै टोलीलाई जित दिलाए।

टोटनहम १२ खेलमा २६ अंकका साथ दोस्रो स्थानमा छ। वल्भस १२ खेलमा १५ अंक सहित १२औं स्थानमा उक्लिएको छ। प्रिमियर लिगमा आज थप ४ खेल हुँदै छन्।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending