Khabar Dabali १ असार २०८३ सोमबार | 15th June, 2026 Mon
Investment bank

भक्तपुरमा कठिन चीवर दान सम्पन्न, के हो त चीवर दान ?

खबरडबली संवाददाता

भक्तपुर । भक्तपुरमा विहीबार भव्य कार्यक्रमवीच कठिन चीवर दान तथा शोभायात्रा भएको छ । सयौ देशीविदेशीहरुका भव्य उपस्थितिमा कार्यक्रम भएको हो । कार्यक्रम दिनभर भएको थियो । 

कठिन दाता श्रद्धय भिक्षु समतेच बरधीञाणमुनी (समछाय) तथा थाइ उपासक उपासिकाहरुको विशेष उपस्थितिमा कार्यक्रम भएको हो । दानमा थाइल्याण्डका समछायसहित बिभिन्न टोलीहरुबाट एक सय भन्दा वढी उपासक उपासिका तथा सामान्य थाइल्याण्डबासीहरु सहभागी थिए । 

आयोजक मुनि विहार भक्तपुर व्यवस्थापन समितिका उपसचिव शिव वालाका अनुसार विदेशबाट विशिष्ट भिक्षुहरु सहभागी भइ कठिन चीवर दान कार्यक्रम हुन दुर्लभ जस्तै हो । यही दुलर्भ कार्यक्रम भक्तपुरमा भएको हो । 

मुनि विहार दायक सभा भक्तपुर नपा वडा नं ७ इनाचोको आयोजनामा उत्सव भएको हो । कार्यक्रमअघि थाइल्याण्डको टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलगायतले स्वागत गरेका थिए ।

यसअघि चीवर शोभायात्रा गरिएको थियो । नगरको खौमाध्वाका (प्रवेशद्धार) नगर परिक्रमा गरी इनाचोस्थित रहेको मुनि विहारमा टोली पुगेको थियो ।

विशला र्बाद्धमार्ग भेला कार्यक्रमको क्रममा प्रमुख अतिथि कठिन दाता श्रद्धय भिक्षु समतेच बरधीञाणमुनी (समछाय)ल कठिन चीवर दान विधि, ओवाद उपदेश दिएका थिए । कार्यक्रमको क्रममा विनयमुख पुस्तक विमोचन गरिएको थियो ।

साथै रौतहटको चन्द्रपुर-१ मा निर्माण हुने गुल्म राजा बुद्ध विहार फरेस्टको शिलान्यास पनि गरिएको थियो । साथसाथै कार्यक्रमस्थलमा बोधीबृक्ष रोपन (बृक्षारोपण) गरिएका थियो ।

साथसाथै बरवैरी विनाश भगवानको हस्तान्तरण, नेपाल थाइ मैत्री भबनको उदघाटन गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलगायतका विशिष्ट व्यक्तिहरु पनि सहभागी थिए ।   

बताइए अनुसार कठिन चीवर दान एउटा धार्मिक उत्सब हो । यसले बुद्ध सासनका चार पाङग्रा भिक्षु, भिक्षुणी, उपासक, उपासिकाहरुलाई एक ठाउँमा जम्मा हुने एक बहुमुल्य अवसर प्रदान गर्दछ । यसमा धेरै टाढा टाढाबाट भिक्षुहरु, गुरुआमाहरु, उपासक, उपासिकाहरु एक ठाउँमा जम्मा हुने हुन्छ । यसले गर्दा एउटा रौनक, शक्ति एकता उत्पन्न हुन्छ । यस सन्दर्भमा कठिन उत्सब सासनको लागि ठूलो शक्ति, कोशेढुङगा सावित हुन्छ । 

यो उत्सबको भौतिक भन्दा अध्यात्मिक पक्ष धेरै महत्वपूर्ण छ । तीन महिनाको बर्षाबास सम्पन्नता माथि यो कथिन चीवर दान अडिएको छ । किसानलाई बर्षायाम कति महत्वपूर्ण छ, त्यस्तै भिक्षु भिक्षुणी उपासक उपासिकाहरुको लागि यो बर्षावासको समय त्यति नै महत्वपूर्ण हुने बताइन्छ । 

उपसम्पदा भिक्षुहरुले हरेक बर्ष तीन महिनाको बर्षाबास अधिष्ठान विनयपूर्वक सम्पन्न गरेको दिन संघ पवरणा गरे देखि एक महिनाको अवधिभित्र एउटा विहारमा एकपटक आयोजना गरिने विशेष चीवर दान उत्सवलाई कथिन चीवर दान उत्सब भनिन्छ । विशेष गरी यो असार पूर्णिमाको दिन संघ उपोसथ गरेबाट सुरुबात भएर आश्विन पूर्णिमासम्ममा सम्पन्न हुन्छ । 

यो कथिन चीवर उत्सव साधारण रुपमा गर्न नसकिने, विशेष योग्यता पु¥याउनुपर्ने हुनाले यसलाई कठिन भनिन्छ । तर कठिन नेपाली कठिन शब्द नभएकोले गर्नै नसकिने गाह्रो भन्ने अर्थ लाग्दैन । यसको विशेष अर्थ चाहि दृढ, भरिलो, दरिलो, गुणसम्पन्न, ठोस भन्ने हो ।

कथिन चीवर उत्सव मनाउन निम्न सर्तहरु पूर्ण भएको हुनुपर्छ ।

१. बर्षावास बसेको हुनुपर्ने ।
२. बर्षावास बसेर पनि बर्षावासको नियम पूरा हुनुपर्ने वा सप्ताहकरणमा कुनै त्रुटि हुनु हुँदैन ।
३. बर्षावास समप्त भयो कथिन चीवर दान उत्सब गर भनेर बर्षावास बस्ने भिक्षुले भन्न पाउँदैन ।
४. उपासकउपासिकाले मात्र स्वेइच्छाले चाहेमा कठिन गराउन सक्छ । उचित तरिकाबाट प्राप्त चीवर हुनुपर्छ (दातालाई
कुनै करकाप नगरिएको स्वईच्छाले दान गरिएको जस्तै आकाशबाट पानी झरे झैं हुनुपर्छ )
५.जुन कठिनको उत्सबको महिना हो त्यस एक महिना अवधिमा एउटा मात्र कथिन चीवर दान उत्सब मनाउन सकिन्छ।
६. कम्तिमा उपसम्पन्न ५ वर्गी भिक्षु संघहरु पूरा भएको हुनुपर्ने । बढिमा १,००,००० भए पनि हुन्छ ।

कठिन दान
दाताहरुले कठिन चीवर दान गरिसकेपछि यसले मूर्तरुप लिन यो छ वटा प्रक्रिया पूरा गर्नुपर्छ ।

१. दाताले कथिन चीवर भिक्षु संघलाई प्रदान गर्ने ।
२. संघबाट एक वर्गी उपयुक्त भिक्षुको छनोट गर्ने ।
३. कठिन चीवरलाई ब्यक्तिगत चीवरमा परिणत गर्ने ।
४. कठिन चीवर कपडा चीवरको रुपमा परिणत गर्ने ।
५. कठिनलाई फैलाउने, संघसामु कथिन चीवर प्रकाशपार्नु, आवश्यकता भएकोलाई विनयपूर्वक हस्तान्तरण गर्नु ।
६. कठिनलाई फैलाइएकोमा अनुमोदन गर्नु, त्यसमा हर्षित हुनु सहभागी हुनु । दायद हुनु, अंशियार हुनु।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज सातै प्रदेशले ल्याउँदै आर्थिक वर्ष २०८३–८४ को बजेट

काठमाडौँ । आज देशका सातै प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ का लागि वार्षिक बजेट सार्वजनिक गर्दैछन् । अघिल्ला वर्षहरूमा अत्यधिक महत्वाकांक्षी बजेट ल्य...

अमेरिका–इरानबीच शान्ति सम्झौता, होर्मुज जलमार्ग पुनः सञ्चालन हुने तयारी

काठमाडौँ  । फारसको खाडी क्षेत्रमा लामो समयदेखि जारी तनाव अन्त्य गर्ने उद्देश्यसहित अमेरिका र इरानबीच महत्वपूर्ण शान्ति सम्झौता भएको छ । सम्झौता भएपछि ...

आरोग्य पर्यटन दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्य बनाउने : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं  । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले सरकारले घोषणा गरेको ‘आरोग्य दशक’ पहलले नेपाललाई आरोग्य, स्वास्थ्य तथा चिकित्सा पर्यट...

निशान्त विक र संगीना थापा मगर बने ‘९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता’का विजेता

काठमाडौं । ‘९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३’ को उपाधि निशान्त विक र संगीना थापा मगर (प्रतिष्ठान उपत्यका समन्वय समिति (ख))ले जितेका...

सुविधा बढे, गाउँ रित्तिए: अर्घाखाँचीमा ७ हजार हेक्टरभन्दा बढी जमिन बाँझो

काठमाडौं । एक समय नुन–तेल किन्न बुटवलसम्म ढाकर बोकेर पुग्नुपर्ने अर्घाखाँचीका गाउँमा आज सडक, बिजुली, इन्टरनेट, खानेपानी र स्वास्थ्य सेवाको पहुँच पुगेक...

जयतु संस्कृतम् : शिक्षा सुधारको मागबाट सुरु भएको आन्दोलन, प्रजातन्त्रको आधार बन्यो

काठमाडौँ । नेपालको पहिलो संगठित विद्यार्थी आन्दोलनका रूपमा चिनिने ‘जयतु संस्कृतम्’ आन्दोलनको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ८०औँ जयतु संस्कृत...

भारतीय बाँधले बढायो गौरको चिन्ता, डुबान जोखिम झन् गहिरियो

रौतहट । भारतले नेपाल–भारत सीमावर्ती क्षेत्रमा रहेको बाँध मर्मतको नाममा थप अग्लो र बलियो बनाउन थालेपछि रौतहटको सदरमुकाम गौरसहित आसपासका बस्ती पुनः डुबा...

पहिलो हाफमा स्वीडेन २-१ ले अगाडि

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मेक्सिकोको मोन्टेरे स्टेडियमा भइरहेको समूह एफको खेलमा स्वीडेनले ट्युनिसिया विरुद्ध पहिलो हाफमा २-१ को अग्रता बना...

एमालेमा बढ्दै ध्रुवीकरण, ओलीको निशानामा पौडेल–पोखरेल

काठमाडौं । नेकपा एमालेभित्र पुनर्गठन बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेतामाथि सार्वजनिक रूपमा नभए पनि आन्तरिक बैठकमा कडा ...

निजी लगानीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान, सरकारी रङ्गशाला भने अझै अलपत्र

भैरहवा । रुपन्देहीमा क्रिकेट पूर्वाधार विस्तारले तीव्रता पाइरहेका बेला निजी क्षेत्रको सक्रियताले नयाँ आशा जगाएको छ। निजी लगानीमा अन्तर्राष्ट्रिय स्तरक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending