Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

भक्तपुरमा कठिन चीवर दान सम्पन्न, के हो त चीवर दान ?

खबरडबली संवाददाता

भक्तपुर । भक्तपुरमा विहीबार भव्य कार्यक्रमवीच कठिन चीवर दान तथा शोभायात्रा भएको छ । सयौ देशीविदेशीहरुका भव्य उपस्थितिमा कार्यक्रम भएको हो । कार्यक्रम दिनभर भएको थियो । 

कठिन दाता श्रद्धय भिक्षु समतेच बरधीञाणमुनी (समछाय) तथा थाइ उपासक उपासिकाहरुको विशेष उपस्थितिमा कार्यक्रम भएको हो । दानमा थाइल्याण्डका समछायसहित बिभिन्न टोलीहरुबाट एक सय भन्दा वढी उपासक उपासिका तथा सामान्य थाइल्याण्डबासीहरु सहभागी थिए । 

आयोजक मुनि विहार भक्तपुर व्यवस्थापन समितिका उपसचिव शिव वालाका अनुसार विदेशबाट विशिष्ट भिक्षुहरु सहभागी भइ कठिन चीवर दान कार्यक्रम हुन दुर्लभ जस्तै हो । यही दुलर्भ कार्यक्रम भक्तपुरमा भएको हो । 

मुनि विहार दायक सभा भक्तपुर नपा वडा नं ७ इनाचोको आयोजनामा उत्सव भएको हो । कार्यक्रमअघि थाइल्याण्डको टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलगायतले स्वागत गरेका थिए ।

यसअघि चीवर शोभायात्रा गरिएको थियो । नगरको खौमाध्वाका (प्रवेशद्धार) नगर परिक्रमा गरी इनाचोस्थित रहेको मुनि विहारमा टोली पुगेको थियो ।

विशला र्बाद्धमार्ग भेला कार्यक्रमको क्रममा प्रमुख अतिथि कठिन दाता श्रद्धय भिक्षु समतेच बरधीञाणमुनी (समछाय)ल कठिन चीवर दान विधि, ओवाद उपदेश दिएका थिए । कार्यक्रमको क्रममा विनयमुख पुस्तक विमोचन गरिएको थियो ।

साथै रौतहटको चन्द्रपुर-१ मा निर्माण हुने गुल्म राजा बुद्ध विहार फरेस्टको शिलान्यास पनि गरिएको थियो । साथसाथै कार्यक्रमस्थलमा बोधीबृक्ष रोपन (बृक्षारोपण) गरिएका थियो ।

साथसाथै बरवैरी विनाश भगवानको हस्तान्तरण, नेपाल थाइ मैत्री भबनको उदघाटन गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलगायतका विशिष्ट व्यक्तिहरु पनि सहभागी थिए ।   

बताइए अनुसार कठिन चीवर दान एउटा धार्मिक उत्सब हो । यसले बुद्ध सासनका चार पाङग्रा भिक्षु, भिक्षुणी, उपासक, उपासिकाहरुलाई एक ठाउँमा जम्मा हुने एक बहुमुल्य अवसर प्रदान गर्दछ । यसमा धेरै टाढा टाढाबाट भिक्षुहरु, गुरुआमाहरु, उपासक, उपासिकाहरु एक ठाउँमा जम्मा हुने हुन्छ । यसले गर्दा एउटा रौनक, शक्ति एकता उत्पन्न हुन्छ । यस सन्दर्भमा कठिन उत्सब सासनको लागि ठूलो शक्ति, कोशेढुङगा सावित हुन्छ । 

यो उत्सबको भौतिक भन्दा अध्यात्मिक पक्ष धेरै महत्वपूर्ण छ । तीन महिनाको बर्षाबास सम्पन्नता माथि यो कथिन चीवर दान अडिएको छ । किसानलाई बर्षायाम कति महत्वपूर्ण छ, त्यस्तै भिक्षु भिक्षुणी उपासक उपासिकाहरुको लागि यो बर्षावासको समय त्यति नै महत्वपूर्ण हुने बताइन्छ । 

उपसम्पदा भिक्षुहरुले हरेक बर्ष तीन महिनाको बर्षाबास अधिष्ठान विनयपूर्वक सम्पन्न गरेको दिन संघ पवरणा गरे देखि एक महिनाको अवधिभित्र एउटा विहारमा एकपटक आयोजना गरिने विशेष चीवर दान उत्सवलाई कथिन चीवर दान उत्सब भनिन्छ । विशेष गरी यो असार पूर्णिमाको दिन संघ उपोसथ गरेबाट सुरुबात भएर आश्विन पूर्णिमासम्ममा सम्पन्न हुन्छ । 

यो कथिन चीवर उत्सव साधारण रुपमा गर्न नसकिने, विशेष योग्यता पु¥याउनुपर्ने हुनाले यसलाई कठिन भनिन्छ । तर कठिन नेपाली कठिन शब्द नभएकोले गर्नै नसकिने गाह्रो भन्ने अर्थ लाग्दैन । यसको विशेष अर्थ चाहि दृढ, भरिलो, दरिलो, गुणसम्पन्न, ठोस भन्ने हो ।

कथिन चीवर उत्सव मनाउन निम्न सर्तहरु पूर्ण भएको हुनुपर्छ ।

१. बर्षावास बसेको हुनुपर्ने ।
२. बर्षावास बसेर पनि बर्षावासको नियम पूरा हुनुपर्ने वा सप्ताहकरणमा कुनै त्रुटि हुनु हुँदैन ।
३. बर्षावास समप्त भयो कथिन चीवर दान उत्सब गर भनेर बर्षावास बस्ने भिक्षुले भन्न पाउँदैन ।
४. उपासकउपासिकाले मात्र स्वेइच्छाले चाहेमा कठिन गराउन सक्छ । उचित तरिकाबाट प्राप्त चीवर हुनुपर्छ (दातालाई
कुनै करकाप नगरिएको स्वईच्छाले दान गरिएको जस्तै आकाशबाट पानी झरे झैं हुनुपर्छ )
५.जुन कठिनको उत्सबको महिना हो त्यस एक महिना अवधिमा एउटा मात्र कथिन चीवर दान उत्सब मनाउन सकिन्छ।
६. कम्तिमा उपसम्पन्न ५ वर्गी भिक्षु संघहरु पूरा भएको हुनुपर्ने । बढिमा १,००,००० भए पनि हुन्छ ।

कठिन दान
दाताहरुले कठिन चीवर दान गरिसकेपछि यसले मूर्तरुप लिन यो छ वटा प्रक्रिया पूरा गर्नुपर्छ ।

१. दाताले कथिन चीवर भिक्षु संघलाई प्रदान गर्ने ।
२. संघबाट एक वर्गी उपयुक्त भिक्षुको छनोट गर्ने ।
३. कठिन चीवरलाई ब्यक्तिगत चीवरमा परिणत गर्ने ।
४. कठिन चीवर कपडा चीवरको रुपमा परिणत गर्ने ।
५. कठिनलाई फैलाउने, संघसामु कथिन चीवर प्रकाशपार्नु, आवश्यकता भएकोलाई विनयपूर्वक हस्तान्तरण गर्नु ।
६. कठिनलाई फैलाइएकोमा अनुमोदन गर्नु, त्यसमा हर्षित हुनु सहभागी हुनु । दायद हुनु, अंशियार हुनु।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending