Ntc summer Offer
Khabar Dabali २४ मंसिर २०८० आईतवार | 10th December, 2023 Sun

राष्ट्रपति कांग्रेसको प्रतिनिधि भएर काम गरिरहनुभएको छ : ओली

खबरडबली संवाददाता

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको प्रतिनिधिका रूपमा काम गरिरहेको आरोप लगाएका छन् ।

राष्ट्रपति पौडेलले तनहुँ पुगेर कांग्रेसमा भोट हालेकामा धन्यवाद दिएको र भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा पनि सोही पार्टीको प्रतिनिधिका रूपमा पुगेको ओलीको भनाइ थियो ।

शनिबार च्यासलमा पार्टीको जनसंगठन समन्वय संयन्त्रद्वारा आयोजित विशेष भेलामा उनले सुरुदेखि नै राष्ट्रपति पौडेलको पदीय निष्पक्षतामाथि शंका रहेको बताए । उनले अलोकतान्त्रिक, पक्षपातपूर्ण र संविधान सिध्याउने काममा राष्ट्रपति लागिपरेको आरोप पनि लगाए ।

राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैजना संविधानानुसार नचलेको उनले बताए ।

‘भूकम्पपीडितको राहतमा खटिएका सेना र प्रहरीलाई काम गर्न नदिने गरी किन जाजरकोट जानुपरेको ?’ भन्दै ओलीले राष्ट्रपति पौडेललाई प्रश्न समेत गरे ।

“राष्ट्रपति जाजरकोट किन जानुभएको रु कति मान्छे मरे भन्ने कुरा उहाँले सुन्नुभएको थियो । टेलिभिजन हेर्नै भएको थियो । कति घर भत्कियो भनेर सुन्नुभएकै थियो । कति के भयो भन्नु सुन्नुभएकै थियो । त्योभन्दा अगाडि नै खबर आइसकेको थियो– नेताहरूको भीडले, नेताहरूको चाकडीमा सेना, प्रहरी खट्नुपर्दा त्यहाँ उद्धार गर्न पाइएन भन्ने आएकै थियो,” ओलीले भने, “उहाँ ९राष्ट्रपति० अस्पतालमा बिरामी हेर्न जाने नाममा अस्पतालका सम्पूर्ण डाक्टरहरू उहाँहरूलाई ब्रिफ्रिङ गर्न आउनुपर्ने, बिरामी छोडेर आउनुपर्ने भन्ने कुरा थाहा नै थियो । अनि, माओवादी गए भनेर कांग्रेस भएर किन जानुपर्‍यो राष्ट्रपतिज्यू? उहाँ राष्ट्रपति भएर त्यहाँ जानु भएन । त्यहाँ कांग्रेस छुट्यो भनेर जानुभयो ।”

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनएसएल : बुटवल लुम्बिनीले काठमाडौंलाई हरायो

काठमाडौं। नेपाल सुपर लिग एनएसएलमा शनिबार बुटवल लुम्बिनीले काठमाडौं रेजर्सलाई हराएको छ ।  दशरथ रंगशालामा शनिबारको दोस्रो खेलमा बुटवलले साविक विजेता ...

बागलुङमा एकै रात ६ घरमा चोरी

बागलुङ। बागलुङमा एकै रात छ घरमा चोरी भएको छ । जिल्लाको बडिगाड गाउँपालिका–५ खौलार बजारमा छ घरमा घरबाट सुनसहित रु पाँच लाख बराबरको चोरी भएको हो । गाउ...

भक्तपुरमा भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’

काठमाडौं। भक्तपुरमा पहिलोपटक साइबेरियन दुर्लभ पंक्षी स्वेतमाथा कलहाँस अर्थात् ग्रेटर ह्वाइट फेन्टेट गुज भेटिएको छ। पंक्षी संरक्षण तथा अन्वेषणकर्ता ...

राष्ट्रियसभा निर्वाचनका लागि आयोगले गर्‍यो दल दर्ता आह्वान

काठमाडौं।राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ। आउँदो माघ ११ गते बिहीबार सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर...

एनसेल प्रकरणमा नाम मुछेको भन्दै प्रधानमन्त्री सचिवालयले जनायो आपत्ति

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वकीय सचिवालयले तथ्य प्रमाणबिना झुट्टा प्रचार नगर्न सम्बन्धित सबैमा आग्रह गरेको छ।  केहीदिन अघि...

देश बनाउन भ्रष्टाचारीलाई जनकारबाही गर्नुपर्छ : प्रभु साह

काठमाडौं। आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले देश बनाउन भ्रष्टाचारीलाई जनकारबाही गरिनुपर्ने धारणा राखेका छन्।  उनले आज देशमा भ्रष्टाचार एक ...

सङ्कल्प यात्रामा प्राप्त सुझाव पूरा गर्ने ओलीको प्रतिबद्धता

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सङ्कल्प यात्राका क्रममा प्राप्त सुझावलाई सम्बोधन गरिने बताएका छन् । पार्टीको ‘झुलाघाट–चिवाभञ्ज्याङ...

लेबनान–इजरायल सीमामा भिडन्त, ६ जनाको मृत्यु

काठमाडौं। लेबनान–इजराइल सीमामा शुक्रबार भएको भिडन्तमा चार हिजबुल्लाह लडाकु र प्यालेस्टिनी इस्लामिक जिहाद पिआइजे अभियानका दुई सदस्य मारिएको लेबनानी सैन...

सकियाे राप्रपा नेपालकाे कार्य सम्पादन समितिको बैठक, भाेलि केन्द्रीय समिति बैठक पनि

काठमाडौं। राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । बैठकले भोलि देखि काठमाडौँमा सुरु हुने केन्द्रीय समितिको बैठकको एजेन्डा सङ...

गृहमन्त्रीलाई भेट्न अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न पुगेकी छन् । गत मंगलबार रात...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies