काठमाडौँ। बानेश्वरको मीनभवनस्थित यातायात व्यवस्था विभागको कार्यालय छेवैमा थोत्रा ट्रलीबस, तिनका खिया लागेका पार्टपुर्जा, सिमेन्टका बडेबडे पिल्लर र तार असरल्ल छरिएका छन् । लाग्छ, यो कुनै अव्यवस्थित कबाडीखाना हो ।
राष्ट्रिय सानका रूपमा रहेको सार्वजनिक यातायात ट्रलीबस सेवाको एउटा चिनोका रूपमा कबाडी सामान मात्रै बाँकी छ । १४ वर्षअघि बन्द भएको ट्रलीबस सेवा रहेको २८ रोपनी सात आना जग्गा यातायात व्यवस्था विभागको नाममा दर्ता कायम छ । सहरको महत्वपूर्ण स्थानमा रहेको यो स्थानबाट ट्रलीका कबाडी हटाउन न चासो राखिएको छ न जग्गा नै प्रयोगमा ल्याउने योजना सरकारको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भने, “ट्रलीबसका बारेमा छलफलमै छौँ । कुनै निर्णयमा पुगिएको छैन । सके ट्रलीबस चलाउने छौँ । नभए के गर्ने भन्नेबारे छिट्टै निर्णयमा पुग्ने छौँ ।”
काठमाडौँ र भक्तपुर जिल्लालाई जोड्ने राजधानीको फराकिलो सडकमा त्रिपुरेश्वर–सूर्यविनायक कुनै समय ट्रलीबस गुड्थ्यो ।
त्यसको सबुदका रूपमा सडक किनारमा कतैकतै बाँकी रहेका पिल्लर र टाँगिएका असरल्ल तारले दिन्छ । यस कार्यकालका कतिपय कर्मचारी अवकाशमा गए कतिपय स्थानीय तहमा मिलान गरिए ।
चीन सरकारको सहयोगमा २०३२ सालमा त्रिपुरेश्वर–माइतीघर–सूर्यविनायकसम्मको १४ किलोमिटरमा विद्युतीय ट्रलीबस निर्माण गरिएको थियो । ट्रलीबस निर्माण भएको १२ वर्षसम्म निर्वाध रूपमा सञ्चालन भए पनि २०४४ सालसम्म आउँदा थला पर्ने अवस्थामा पुग्यो । नातागोता र कार्यकर्ता भर्तीकेन्द्र बन्दै गएपछि ट्रलीबस सेवा घाटामा गएर थलिएको बताइन्छ ।
२०५३ सालमा काठमाडौँ महानगर, ललितपुर उपमहानगर र भक्तपुर नगरपालिकाले ‘स्मार्ट सिटी’ को अवधारणा अनुसार सहर विकास योजना बनाउन ट्रलीबस सञ्चालनको जिम्मा लिएका थिए । तिनले पनि सञ्चालन गर्न नसकेपछि २०६६ सालबाट सेवा पूर्णतः बन्द हुन पुगेको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ८ गते, २०८२ - ०७:२८
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका १६५ सिटका लागि मङ्गलबार मनोनयन दर्ता भइसकेको छ । ती पदका लागि देश...
माघ ८ गते, २०८२ - ०७:२२
काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज (बुधबार) उजुरी दिन सकिने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले तय गरेको...
माघ ७ गते, २०८२ - ०९:३४
काठमाडौं । स्थानहद फुकुवापछि पहिलोपटक सोमबार झापा आउँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको पहिलो टिप्पणी सुरक्षा विषयमै केन्द्रित थियो । यति एयरल...
माघ ७ गते, २०८२ - ०९:२१
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनका लागि धमाधम टिकट बाँडिरहेका छन्। निर्वाचनका लागि मंगलबार...
माघ ७ गते, २०८२ - ०९:१४
काठमाडौं । नेकपा एमालेले रूपन्देही र पाल्पाका केही उम्मेदवार फेरबदल गरेको छ। यसअघि निर्णय भएका उम्मेदवारहरूको नाम परिवर्तन गरेर नयाँ उम्मेदवारहरूला...
माघ ७ गते, २०८२ - ०९:०७
रुपन्देही । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापाको प्रशंसा गर्दै सबै नेता एउटै चुनाव चिन्हमा जानु कांग्रेसको ठूलो उपलब्धि भएको बताए...
माघ ७ गते, २०८२ - ०८:२९
काठमाडौं । नेपाली कांग्रेसले डडेल्धुरामा नैनसिंह महरलाई उम्मेदवार बनाएको छ। पूर्वसभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा महर टिकट दिएको हो। म...
माघ ७ गते, २०८२ - ०८:२३
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ उम्मेदवारको टुंगो लगाएको छ। राप्रपाले १६० निर्वाचन क्षेत्रका लागि उम्मेदवार चयन गरेको हो। उम्...
माघ ७ गते, २०८२ - ०८:१३
काठमाडौं । गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेक...
माघ ७ गते, २०८२ - ०८:०७
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने बताएका छन्। प्रतिनिधि सभाको उम्मेद...




प्रतिकृया लेख्नुहोस्: