विश्वकप फाइनल स् विराट कोहली आउट
काठमाडौँ। आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा अहिले घरेलु टिम भारत र अस्ट्रेलियाबीच खेल भइरहेको छ।
भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा अस्ट्रेलियाले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले दुवै ओपनरसहित चार विकेट गुमाएको छ।
चौथो विकेटको रुपमा विराट कोहली ५४ रन बनाएर आउट भएका छन्। उनलाई अस्ट्रेलियाका कप्तान पाट कमिन्सले २८.३ ओभरमा आउट गरे। त्यतिबेला भारतले ४ विकेटको क्षतिमा १४८ रन जोडेको थियो।
भारतले १० ओभरपछि बाउन्ड्री प्रहार गर्न सकेको थिएन। ९७ बलपछि बाउन्ड्री प्रहार गर्ने क्रममा भारतका केएल राहुलले २६.२ ओभरमा चौका प्रहार गरेका थिए।
अहिले राहुल र रविन्द्र जडेजा ब्याटिङ गरिरहेका छन्।
भारतका ओपनिङ ब्याट्सम्यान शुभमन गिल पाँचौ ओभरमा ४ रनमै आउट भए। उनलाई मिचेल स्टार्कले एडम जाम्पाबाट क्याच गराए।
दशौं ओभरको चौथो बलमा ओपनर तथा कप्तान रोहित शर्मा ४७ रनमा आउट भए। उनलाई म्याक्सवेलले त्रविस हेडबाट क्याच गराए। उनले आउट हुनुअघि ३१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।
अर्को ओभरमा कप्तान पास कमिन्सले भारतका श्रेयष अय्यरलाई ४ रनमा आउट गरे। भारतले तेस्रो विकेट गुमाउँदा १०.२ ओभरमा ८१ रन जोडेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८० - २०:४९
काठमाडौं। नेपाल सुपर लिग एनएसएलमा शनिबार बुटवल लुम्बिनीले काठमाडौं रेजर्सलाई हराएको छ । दशरथ रंगशालामा शनिबारको दोस्रो खेलमा बुटवलले साविक विजेता ...
मंसिर २३ गते, २०८० - २०:३८
बागलुङ। बागलुङमा एकै रात छ घरमा चोरी भएको छ । जिल्लाको बडिगाड गाउँपालिका–५ खौलार बजारमा छ घरमा घरबाट सुनसहित रु पाँच लाख बराबरको चोरी भएको हो । गाउ...
मंसिर २३ गते, २०८० - २०:२१
काठमाडौं। भक्तपुरमा पहिलोपटक साइबेरियन दुर्लभ पंक्षी स्वेतमाथा कलहाँस अर्थात् ग्रेटर ह्वाइट फेन्टेट गुज भेटिएको छ। पंक्षी संरक्षण तथा अन्वेषणकर्ता ...
मंसिर २३ गते, २०८० - १९:४०
काठमाडौं।राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ। आउँदो माघ ११ गते बिहीबार सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर...
मंसिर २३ गते, २०८० - १९:३२
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वकीय सचिवालयले तथ्य प्रमाणबिना झुट्टा प्रचार नगर्न सम्बन्धित सबैमा आग्रह गरेको छ। केहीदिन अघि...
मंसिर २३ गते, २०८० - १९:०६
काठमाडौं। आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले देश बनाउन भ्रष्टाचारीलाई जनकारबाही गरिनुपर्ने धारणा राखेका छन्। उनले आज देशमा भ्रष्टाचार एक ...
मंसिर २३ गते, २०८० - १८:३८
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सङ्कल्प यात्राका क्रममा प्राप्त सुझावलाई सम्बोधन गरिने बताएका छन् । पार्टीको ‘झुलाघाट–चिवाभञ्ज्याङ...
मंसिर २३ गते, २०८० - १८:२९
काठमाडौं। लेबनान–इजराइल सीमामा शुक्रबार भएको भिडन्तमा चार हिजबुल्लाह लडाकु र प्यालेस्टिनी इस्लामिक जिहाद पिआइजे अभियानका दुई सदस्य मारिएको लेबनानी सैन...
मंसिर २३ गते, २०८० - १८:१६
काठमाडौं। राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । बैठकले भोलि देखि काठमाडौँमा सुरु हुने केन्द्रीय समितिको बैठकको एजेन्डा सङ...
मंसिर २३ गते, २०८० - १७:४५
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न पुगेकी छन् । गत मंगलबार रात...
प्रतिकृया लेख्नुहोस्: