Khabar Dabali १० बैशाख २०८३ बिहीबार | 23rd April, 2026 Thu

टिकटक प्रतिबन्धको निर्णयलाई अदालतले बदर गर्नु पर्छ : इन्सेक अध्यक्ष अर्याल

खबरडबली संवाददाता

काठमाडौँ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालले सबै राजनीतिक दलको मिलेमतोमा टिकटक बन्द भएको बताएका छन्। उनले यो प्रतिबन्ध बदर गर्न पनि अदालतसँग आग्रह गरेका छन्।

सरकारले प्रस्तुत गरेको आधार हेर्दा र सर्वोच्च अदालतमा परेका मुद्दाहरूको तुलना गर्दा सबै राजनीतिक दल यसमा सहमत भएको बुझ्न सकिने अर्याल बताउँछन्।

हाम्रो संविधानले मानेको अन्तर्राष्ट्रिय सन्धिहरू र हाम्रो प्रणालीलाई हेर्ने हो भने टिकटक प्रतिबन्ध मनासिव नरहेको उनको तर्क छ। यी कुराहरूलाई हेरेर अदालतले फुकुवाको फैसला नगर्ने हो भने सबै दलको मिलेमतोमा प्रतिबन्ध लगाएको बुझ्न सकिने उनको भनाइ छ।

अध्यक्ष अर्यालले सामाजिक आधार देखाएर मात्रै टिकटक बन्द भएको भए सबै सामाजिक सञ्जाल बन्द गर्नुपर्ने स्थिति आउने बताए।

उनले सरकारले आम जनताको अभिव्यक्त गर्ने माध्यमलाई खोसेको बताए।

‘अमेरिका जस्ता देशले के गरे भन्दा यसमा सुरक्षाको प्रश्न उठाए। खासगरी तथ्यांकको सुरक्षाको प्रश्न उठाएर अफिसियली सुरक्षाको कुरा उठाएर बन्द गरे। तर आम जनतालाई प्रतिवन्ध गरेनन्,’ अध्यक्ष अर्याल भन्छन्, ‘प्रतिबन्ध गरेको देशमा भारत, सिरिया, अजरबैजान जस्ता देशको पंक्तिमा हामीले पनि प्रतिबन्ध गर्दा हाम्रो देशको स्तर कस्तो हुन्छ?’

‘सरकारले प्रतिबन्ध गरेको निर्णयमा भनिएको के छ भने समाज, चरित्र के भनिएको छ। कि त सुरक्षाको तथ्यांक भनेको भए हुन्थ्यो। त्यो पनि भन्न सकेको छैन। त्यही आधार हो भने सबै कुरा बन्देज गर्दै जानुपर्ने हुन्छ, अर्याल थप्छन्, ‘यसरी स्थायी रूपमा प्रतिबन्ध भनेर गर्न मिल्दैन। यसले संसारभर नै नेपालको छवि राम्रो भएको छैन। सरकारले आम जनतालाई अभिव्यक्त गर्ने माध्यमलाई खोसेको छ। यो प्रतिबन्धलाई कुनै पनि हालतमा अदालतले बदर गर्छ होला।’

टिकटक प्रतिबन्धको निर्णयलाई अदालतले बदर गर्नेमा अध्यक्ष अर्याल आशावादी देखिएका छन्।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending