Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

डडेल्धुराका किसान गोलभेँडाखेतीतिर

\"tomato\"डडेल्धुरा । यस जिल्लाका किसान गेलभेँडाखेतीबाट यथेष्ट आम्दानी गर्न थालेका छन् । सजिलै बिक्री हुने र मनग्य आम्दानी हुने हँुदा गोलभेँडाखेतीमा किसानको आकर्षण बढेको हो । सदरमुकामबाट सात किलोमिटर टाढा पर्ने राईगाउँमा गोलभेँडा उत्पादनका लागि किसानले प्लास्टिक टहरा बनाएका छन् । एक परिवारको एक प्लास्टिक टहरा निर्माण भएपछि राईगाउँ टहराले सेताम्य बनेको छ । छोराछोरीको पढाइ, लुगाफाटोको खर्च र  नुनतेलको खर्च समेत गोलभेँडाको आम्दानीबाट चलाइरहेको राइगाउँका किसान सुन्दरीदेवी भट्ट बताउँछन् । ‘थोरै भए पनि बचत भएकै छ’ उनले भने । गेलभेँडाखेती सुरु गर्नुभन्दा पहिले परम्परागत खेती गर्दै आएका यहाँका किसानलाई खान लाउन धौधौ परिरहन्थ्यो । यो व्यवसाय सुरु गरेपछि आफूहरु चिन्तामुक्त भएको र खान लाउनलाई समस्या नभएको उनीहरुको भनाइ छ । राईगाउँ जस्तै जिल्लाका अधिकांश बस्तीमा गोलभेँडा उत्पादनका लागि प्लास्टिकका टहरा बनाइएका छन् । एउटा प्लास्टिक टहरा निर्माणका लागि औसतमा ४० देखि ६० हजारसम्म खर्च हुने गरेको छ । यसमा किसानलाई विभिन्न निकायबाट ६० प्रतिशतसम्म अनुदान प्राप्त हुने गरेको छ । सधैँ घरखर्च चलाउन साहु वा बचत समूहमा धाउनुपर्ने हुन्थ्यो तर गोलभेँडा उत्पादन गरेर बेच्न सुरु गरेपछि त्यो पीडाबाट छुटकारा मिलेको छ,‘ किसान धौलीदेवी पार्कीले भनिन् । गोलभेँडा बेचेर आएको पैसा राख्न पाउँदा सबै पीडा भुलिने उनको भनाइ छ । छोराछोरीलाई पढाउने सपना यो व्यवसायबाट नै पूरा गर्छु’ उनले भनिन । कम लगानीमा मनग्य आम्दानी तथा बजारको सुविधा भएकाले यहाँका किसानले गोलभेँडा व्यवसाय सुरु गरेका हुन् । किसानलाई ६० प्रतिशतसम्म अनुदान कृषि विकास कार्यालय र अन्य गैरसरकारी संस्थाले उपलब्ध गराइरहेको वरिष्ठ कृषि विकास अधिकृत दिनेश सापकोटाले बताए । जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार एउटा प्लास्टिक घरबाट पाँच लाखसम्म कमाइ हुने गरेको छ । जिल्लामा वर्षमा दुई हजार एक सय मेट्रिक टन गोलभेँडा उत्पादन तथा बिक्रीबाट बर्सेनि ७ करोड आय हुने गरेको तथ्याङ्क छ । गोलभेँडासँगै यहाँका किसानले आलु, च्याउ, हरियो साग, लसुन, अदुवा, भिन्डी, काउली, बन्दागोभी, खुर्सानीजस्ता तरकारी खेती व्यावसायिक रुपमा गर्दै आइरहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies