Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

आर्थिक र विकास कूटनीति पहिलो प्राथमिकताः परराष्ट्रमन्त्री

\"mahindra\"काठमाडौं । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले मुलुकको परराष्ट्र नीति नेपालको अन्तरिम संविधान, २०६३ अनुसार सञ्चालन हुँदै आएको बताउँदै राष्ट्रिय अखण्डताको रक्षा र आर्थिक एवम् विकास कूटनीतिलाई पहिलो प्राथमिकतामा राखेर काम भइरहेको स्पष्ट गरेका छन् । व्यवस्थापिका–संसद्को आइतबारको बैठकमा विनियोजन विधेयक, २०७२ अन्तर्गत परराष्ट्र मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले आफ्नो मन्त्रालयका प्राथमिकता प्रष्ट गरेका हुन । आर्थिक एवम् विकास कूटनीतिको प्रभावकारिता र सफलताप्रति केन्द्रित रहेर परराष्ट्र मन्त्रालयले काम गरिरहेको जानकारी दिँदै मन्त्री पाण्डेले कूटनीतिक आचारसंहिताको पालना अपरिहार्य भएको बताए । उत्तर र दक्षिणका दुवै छिमेकी मुलुकसँग पारस्परिक हितमा सहयोगात्मक सहकार्यको सम्बन्ध रहेको बताउँदै उनले दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितका लागि राजनीतिक दल, नागरिक समाज र सञ्चार क्षेत्रले काम गर्नुपर्नेमा जोड दिए । राष्ट्र र राष्ट्रहितलाई सर्वोपरि मानेर परराष्ट्र मन्त्रालयले काम गरिरहेको बारम्बार दोहो¥याउँदै मन्त्री पाण्डेले मुलुकको उन्नतिका निम्ति विश्वका सबै राष्ट्रसँग द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्ने सरकारको नीति रहेको स्पष्ट गरे । उनले भारत र चीनले लिपुलेकलाई व्यापारिक केन्द्रका रुपमा विकास गर्न संयुक्त रुपमा जारी गरेको वक्तव्यलाई मन्त्रालयले गम्भीर ढङ्गले लिएको स्पष्ट गर्दै विषयको संवेदनशीलतालाई दृष्टिगत गरी समस्या समाधानका निम्ति कूटनीतिक प्रक्रिया जारी रहेको बताए । नेपाल र भारतबीचका सीमा समस्या, सुस्ता कालापानीजस्ता विवादित क्षेत्रका साथै ढलेका सीमास्तम्भ व्यवस्थित गर्न दुवै देशबीच परराष्ट्र सचिवस्तरीय संयन्त्र गठन भएको र उक्त संयन्त्रले सक्रियताका साथ काम गरिरहेका मन्त्री पाण्डेले सदनलाई जानकारी दिए । ‘आन्तरिक कुराको तत्काल परिणाम आउँदैन हामी चुप लागेर बसेका छैनौँ, गम्भीर ढङ्गले प्रक्रियागत काममा लागेका छौं । ’ – उनले थपे । व्यापार घाटा चिन्ताको विषय भएको भन्दै उनले वस्तु र बजारको विविधिकरणका लागि विदेशस्थित नेपाली नियोगलाई  व्यापार प्रवद्र्धनमा केन्द्रित गराइएको जानकारी दिए । चीनसँग नयाँ नाका खोल्ने प्रयास भइरहेको, राजदूत नियुक्तिलाई प्राथमिकतामा राखिएको, विदेशमा समस्यामा परेका नेपाली तथा आप्रवासी कामदारका दुःख कष्ट हटाउन पनि परराष्ट्र मन्त्रालयले गम्भीर भएर काम गरिरहेको मन्त्री पाण्डेले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending