काठमाडौं । मानव बेचविखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा सुनसरीमा इटहरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले प्रहरीले २१ वर्षीया निशा कार्कीसहित इटहरी–९ बस्ने कृष्णहरी घिमिरेलाई पक्राउ गरेको हो ।
उनीहरूले इटहरीबाहिरबाट युवतीहरू झिकाएर यौन धन्दामा संलग्न गराउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । इटहरी प्रहरी प्रमुख डीएसपी टेकबहादुर कार्कीका अनुसार इटहरी–६ कि निशा कार्कीले फोनमार्फत दुईजना युवती झिकाएर केटासँग पठाउन खोजेपछि शंका लागेर उनीहरूले प्रहरीलाई खबर गरेका थिए ।
दुवै जनालाई एक रातको १० हजार रुपैयाँका दरले निश्चित गरिसकेको बताएपछि उनीहरूले प्रहरीमा खबर गरेका थिए । दुवै किशोरीलाई काम लगाइदिन्छु भन्दै बाहिरबाट बोलाएको र यौन धन्दामा लगाउन खोजिएको अनुसन्धानबाटअुलेको डीएसपी कार्कीले बताए ।
पक्राउ परेका कार्की र घिमिरेलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । उमेर हेरेर ५ हजारदेखि १० हजार रुपैयाँसम्मको मोलमोलाइ हुने गरेको प्रहरीको भनाई छ ।
यसैबीच नागरिकतासमेत फर्जी बनाएर एक व्यक्तिको जग्गा अर्को व्यक्तिलाई बिक्री गर्ने गिरोहमध्येका एक जनालाई इटहरी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरी राजविराज घर भई इटहरी–४ संगीत चोक बस्दै आएका २९ वर्षीय दिनेशकुमार देव रहेको डीएसपी कार्कीले बताए । उनीलगायतको गिरोहले सुनसरी बराहक्षेत्र–३ स्थित भरौलमा रहेको कित्ता नम्बर ६६९४ को.ज.बि १.१६.११.० क्षेत्रफल सोही ठाउँको कि.नं ७५० को।ज।बि १.०९.१५.५० क्षेत्रफलको जग्गाको धनीपुर्जा फर्जी बनाई बिक्री गरेको उनले बताए ।
बिक्री गरेर टोकन बैनासमेत लिएको अवस्थामा पीडित जग्गाधनी सञ्जीव खनालले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहारीले जनाएको छ । पक्राउ परेका देवलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको कार्कीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...
पौष ११ गते, २०८२ - २१:४९
सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...
पौष ११ गते, २०८२ - २१:२४
अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा
पौष ११ गते, २०८२ - २१:११
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...
पौष ११ गते, २०८२ - २१:०८
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...
पौष ११ गते, २०८२ - २१:०४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...
पौष ११ गते, २०८२ - २०:५४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...
पौष ११ गते, २०८२ - २०:२०
काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...
पौष ११ गते, २०८२ - २०:०५
काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...
पौष ११ गते, २०८२ - २०:०४
धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...




प्रतिकृया लेख्नुहोस्: