Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

जुफाल विमानस्थल जोड्ने सडक हिलाम्मे, यात्रुलाई सास्ती

खबरडबली संवाददाता

डोल्पा ।  हिमाली जिल्ला डोल्पाको जुफाल विमानस्थल जोड्ने मोतिपुर–जुफाल सडकखण्डमा हिलो बढेपछि सवारीसाधन र यात्रुले सास्ती भोग्नु परेको छ । ठुलिभेरी नगरपालिका–७ मा पर्ने जुफाल विमानस्थलदेखि एक किलोमिटर तलको सडक पानीले हिलो भएपछि दैनिक आवतजावत गर्ने जीप, टयाक्टर, मोटरसाइकल लगायतका सवारी साधनलाई सञ्चालनमा समस्या भएको हो ।

जुफाल बजारभरीबाट निस्केको भान्सा र धाराको पानी सिधै सडकमा निकास गरिएको कारण सडक हिलाम्मे भएको हो । यसरी पानी सडकमा निमनस गरेपछि  करिब दुई सय मिटर सडक हिलोले भरिभराउ भएको छ । बाटो चिप्लो भएर जीप, मोटरसाइकल लगायतका सवारी साधनका चक्का चिप्लिएर दैनिक जसो सानातिना दुर्घटना हुने गरेको जीप व्यवसायी शेरबहादुर कठायतले जानकारी दिए । जुफाल बजारको पानी पाइपमा सिधै सडकमा निकास गरेकाले सवारीसाधन र पैदलयात्रीहरूले समस्या भोगिरहेको कठायतको भनाइ छ ।

नगरपालिका कार्यालय नजिकै रहे पनि बजारको पानी व्यवस्थित नगर्नु दुःखको कुरा रहेको उनले बताए । पानी मुख्य सडकमा हाल्दा पनि नगरपालिकाले कुनै चासो नदेखाएको उनले बताए । सडकमा हिलो सँगै धुलो पनि उत्तिकै हुने गरेको छ। जसले गर्दा जीपमा यात्रा गर्ने यात्रुलाई कसरी सकुसल गन्तव्यमा पुर्‍याउने भन्ने चिन्ताले चालकलाई पिरोल्ने गरेको चालकबहरु बताउँछन् ।

नजिकको सरकार स्थानीय सरकार नै भएकाले यस्ता सानातिना कुरा सुधारमा तदारुपता देखाउनुपर्ने उनको भनाइ छ । यही बाटो भएर आवतजावत गर्ने स्वदेशी तथा विदेशी पर्यटकले समेत सास्ती भोग्नु परेको छ ।

धुलो र हिलोले अप्ठेरो बनेको सडकदेखि नजिकै नगरपालिका भए पनि सुधारका लागि चासो नदेखाएको जुफालका स्थानीयको गुनासो छ। डोल्पालीका लागि भरपर्दो यातायातको साधनका रूपमा रहेको जुफाल विमानस्थलमा हवाइजहाजबाट पुग्ने मन्त्री, सांसद, जिल्लाका प्रशासक, नगरका जनप्रतिनिधि यहि बाटो भएर आवत जावत गर्ने भए पनि सुधारका लागि कुनै सुझाव तथा चासो देखाएका पाइँदैन ।

डोल्पा प्रवेशको मुख्यद्वारको सडकको अवस्था नाजुक भएको त्रिपुराकोटका व्यापारी प्रकाश पन्थीले बताए। काम विशेषले जुफाल एयरपोर्ट जानुपर्ने हिलो सडकका कारण जोखिम मोलेर यात्रा गर्नुपर्ने उनको भनाइ छ।

बजारको पानी भित्र भित्रै भिजेर बाटोमा पुगेपछि जुफाल बजार समेत पहिरोको उच्च जोखिममा रहेको छ। एयरपोर्ट पुग्ने सडक नै हिलो र धुलोले भरिएपछि सडक चिप्लो भएर दुर्घटनाको जोखिम रहेको ट्राफिक प्रहरी जवान झलनाथ वलीले बताए। यस्तो सडक समयमै सुधार गर्न नगरपालिकालाई समेत उनले अनुरोध गरे।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

नेकपा सिन्धुलीमा प्रचण्डदेखी पानीराजसम्म सिफारिस

सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...

भिजिट भिसा सेटिङ प्रकरणमा जाेडीएका उपसचिव तिवारीकाे पर्वतमा सरुवा

अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा

कांग्रेस–एमालेबीच सहकार्यको तयारी : राष्ट्रिय सभा निर्वाचनलाई केन्द्रबिन्दु बनाउँदै

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...

नेकपा प्युठानले प्रतिनिधिसभा र समानुपातिक उम्मेदवार सिफारिस गर्‍यो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...

संसद् फिर्ता आउँदैन, कांग्रेस–एमालेले निर्वाचनतर्फ ध्यान दिए हुन्छः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...

रवि लामिछाने–बालेनबीचको सहमति शनिबार हुने, सैद्धान्तिक छलफल बाँकी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक : नागरिकता नियमावली संशोधनदेखि इराकबाट फर्किएकालाई श्रमस्वीकृति

काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...

बंगलादेशमा धार्मिक अल्पसंख्यकमाथि बढ्दो हिंसाप्रति भारतको गम्भीर चिन्ता

काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...

राजनीति र दाम्पत्यको टकरावपछि फेरि एउटै मञ्चमा रेशम–रञ्जिता

धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending