Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

एचआइभी सङ्क्रमित आदिवासी जनजाति महिलाहरूको विषयमा अध्ययन गरिने

सन्जिब दुलाल

भक्तपुर । एचआइभी एड्स सङ्क्रमित आदिवासी जनजाति महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा अनुसन्धान हुने भएको छ ।  चाँगुनारायण नगरपालिका वडा नम्वर ३ झौखेलमा अवस्थित सुरुवात सामुदायिक उपचार तथा पुनः स्थापना केन्द्रले  एचआइभी एड्स सङ्क्रमित आदिवासी जनजाति महिला तथा युवतीहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको विषयमा अनुसन्धान गर्न लागेको हो । 

सुरुवातले नेपालका ७ वटै प्रदेश समेट्ने गरी २२ जिल्लाका १६ देखि ४५ वर्ष उमेरका आदिवासी जनजाति महिलाबारे अनुसन्धान गर्ने भएको छ । नेपालमा एचआइभी एड्सको क्षेत्रमा धेरै अध्ययन अनुसन्धान भए पनि आदिवासी जनजातिको क्षेत्रमा अहिलेसम्म कुनै अध्ययन नभएको सुरुवातका कार्यकारी प्रमुख राजेश दिदियाले बताए । उनले भने-'आदिवासी जनजाति भनेपछि त्यसै पनि पिछडिएका वर्गमा पर्छन् त्यो माथि एचआइभी एड्स सङ्क्रमित भएका महिलाहरूको अवस्था कस्तो होला यो हाम्रो कल्पना भन्दा पनि बाहिरको कुरा हो ।' 

नेपाली परिवेशमा उच्च घरानाकाहरुलाई नै पनि एचआइभी एड्स सङ्क्रमित भएको भन्ने थाह भएमा समाज देखि स्वास्थ्य संस्था सम्म गरिने व्यवहार नै राम्रो नभएकाे बताउँदै उनले आदिवासी जनजाति महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्यको विषय कस्तो होला भनेर साेच्नु कल्पना बाहिरको कुरा रहेकेा बताए । 

उनले भने- 'हामीले विगत दुई वर्ष देखि नै यो विषयमा अध्ययन गर्दै आएका छौँ । हामीले अध्ययनको पहिलो फेजका रूपमा सरकारी तवरका डाटा तथा विभिन्न जर्नलहरूको अध्ययन गर्ने काम गर्‍यो तर आदिवासी जनजाति महिलाहरूको विषयमा कुनै जानकारी पाउन सकेको अवस्था भने छैन ।' 

सुरुवातकाे सायमा देशका सातवटै प्रदेशका २२ जिल्लामा अध्ययन गरिने जानकारी दिँदै उनले भने- 'अव सुरुवातले सात प्रदेशमा प्रत्येक प्रदेशका हिमाल पहाड तराई गरी तीन तीन जिल्ला गरी २१ जिल्ला र काठमाडौँ सबैको केन्द्र भएका कारण यो समेत थप गरी २२ जिल्लाका आदिवासी जनजाति महिलाको यौन तथा प्रजनन स्वास्थ्यको विषयमा अध्ययन गर्न लागिएकाे हाे ।' यस्तै अनुसन्धानपछि सङ्क्रमित महिला तथा युवतीको लागि उपचार तथा पुनः स्थापनाका कार्यक्रम अघि बढाउने उनले जानकारी दिए ।

एचआइभी एड्स सङ्क्रमण भएर एन्टी रेट्रोभाइरल थेरापी (एआरटी) मा सूचीकृत महिला तथा युवतीहरूको यौन तथा प्रजनन स्वास्थ्य र अन्य अधिकारको अवस्था पहिचान गर्ने उद्देश्यले उक्त अनुसन्धान गर्न लागेको दिदियाले बताए । उक्त अनुसन्धान प्रतिवेदनको आधारमा एचआइभी एड्स सङ्क्रमित आदिवासी जनजाति महिला तथा युवती लक्षित कार्यक्रमसमेत अघि बढाइने उनको भनाइ छ  । 

क्यानडास्थित कम्युनिटिज एलाइन्स एन्ड नेटवर्क (क्यान) को सहयोगमा हुन लागेको उक्त  कार्यक्रमकाे मुख्य उद्देश्य मानिस यौनिक प्राणी हो एचआइभी एड्स सङ्क्रमित भए पनि उनीहरूको यौनिक इच्छा तथा अवस्था के छ भन्ने विषयमा क्वालिटेटिभ स्टडी गर्ने रहेकेा सुरुवातका कार्यक्रम अधिकृत अनुप अधिकारीले जानकारी दिए । 

उनका अनुसार एचआइभी सङ्क्रमित भई सकेपछि यौन तथा प्रजनन स्वास्थ्यको सवालमा अध्ययन नेपालमा भएको छैन जसका कारण उनीहरूलाई के आवश्यक छ भन्ने विषयमा पनि कसैलाई केही थाह छैन सोही कुरा उजागर गर्न आदिवासी जनजाति महिलाहरूको सवालमा अध्ययन गर्न लागेको हाे ।  उनले अनुसन्धानले समग्र एचआइभी सङ्क्रमित महिला, युवती र बालिकालाई समेट्ने बताए ।

अध्ययन एचआइभी संक्रमति आदिवासी तथा जनजाति महिला र युवतीहरूको यौन तथा प्रजनन स्वास्थ्यको अवस्था उजागर गर्ने उद्देश्यका साथ हुन लागेको छ । यस्तो अनुसन्धान नेपालसँगै भारत, क्यानडा, पेरु, ग्वाटेमाला, नाइजेरिया र न्युजिल्याण्डमा एकै पटक सुरु हुन लागेको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

ग्यास अभावपछि चार उद्योगले एकै ठाउँबाट थाले सिलिन्डर बिक्री

चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...

आठ हजारलाई रोजगारी दिएको जुट मिल खण्डहरमा, फेरि ब्युँताउने आशा

विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...

पहिरोले घर पुरिँदा बाजुरामा एक बेपत्ता, दुई घाइते

बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...

बाढी–पहिरोले बागलुङका दुई प्रमुख राजमार्ग ठप्प, यात्रु बाटोमै अलपत्र

बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवा प्रमुख अतिथि

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...

पूर्वाधार र स्पष्ट नीतिबिनै बढ्दैछ विद्युतीय सवारीको प्रयोग, अर्बौं लगानी जोखिममा

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...

२२ करोडको बुटवल बधशाला झाडीमा, करोडौँका उपकरण प्रयोगविहीन

बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending