काठमाडौं । भारतको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) ले तीन प्रदेशमा जित हासिल गरेको छ। भारतीय निर्वाचन आयोगका अनुसार मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा भाजपा विजयी भएको हो।
मध्य प्रदेशमा कुल २३० सिटमध्ये भाजपाले १६४ सिट जितेको छ भने कंग्रेस-आईले ६५ सिट मात्र जितेको छ। त्यस्तै राजस्थानमा कुल २१५ सिटमध्ये भाजपाले ११५ र कंग्रेस-आईले ६९ सिट जितेको छ।
छत्तीसगढमा कुल ९० सिटमध्ये भाजपाले ५७ र कंग्रेस(आईले ३२ सिट जितेको छ। भाजपाले यी तीन प्रदेशमा जित हासिल गरेसँगै कंग्रेस-आईलाई धक्का लागेको छ। सन् २०१८ को निर्वाचनमा यी तीनै प्रदेशमा कंग्रेस-आईले जित हासिल गरेको थियो।
तेलंगना राज्यमा भने कंग्रेस-आईले भारत राष्ट्र समिति (बिआरएस) को दस वर्षे सत्ता अन्त्य गरेको छ।
तेलंगनामा कुल ११९ सिटमध्ये कंग्रेस-आईले ६४ र बिआरएसले ३९ र भाजपाले ८ सिट मात्र जितेको छ।
एक वर्षपछि, सन् २०२४ मा भारतमा लोकसभा चुनाव हुँदैछ। लोकसभाले संघीय सरकार बनाउँछ। अहिले भएका चुनावले नरेन्द्र मोदी नेतृत्वको भाजपाले तेस्रो पटक बहुमतसहित सरकार बनाउने बलियो सम्भावनातर्फ संकेत गरेको चर्चा सुरु भएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्य प्रदेश, राजस्थान र छत्तीसगढ विधानसभा चुनावमा भाजपाको विजयको प्रशंसा गर्दै परिणामले विकास र सुशासनको राजनीति र भाजपामाथि मात्र जनताको विश्वास रहेको देखाएको बताएका छन्।
उनले मतदाताहरू, विशेष गरी महिला मतदाताहरू र युवाहरूलाई भाजपामाथिको उनीहरूको स्नेह र आशीर्वादको लागि धन्यवाद दिए। प्रधानमन्त्री मोदीले भारतलाई विकसित राष्ट्र बनाउने लक्ष्यका साथ जनता अगाडि बढिरहेको र आज पनि त्यस दिशामा बलियो कदम चालेले बताए। भाजपाले जनताको हितका लागि कडा मेहनत गरिरहने उनको भनाइ छ।
सामाजिक सञ्जाल एक्समार्फत् एक सन्देश जारी गर्दै भनेका छन्, “हामी जनतासामु नतमस्तक छौं । मध्य प्रदेश, राजस्थान र छत्तीसगढको परिणामले भारतका जनताको विश्वास सुशासन र विकासको राजनीतिमा मात्र छ, उनीहरूलाई भाजपामा विश्वास छ भन्ने बताइरहेको छ ।”
यसैबीच, कांग्रेस नेता राहुल गान्धीले आइतबार मध्य प्रदेश, छत्तीसगढ र राजस्थानको विधानसभा चुनावमा पार्टीको हार स्वीकार गरे पनि पार्टीको विचारधाराको लडाइँ जारी रहने बताएका छन्।
राहुल गान्धीले एक्स लेखेका छन् “हामी मध्य प्रदेश, छत्तीसगढ र राजस्थानको जनादेशलाई विनम्रतापूर्वक स्वीकार गर्दछौं । विचारधाराको लडाइँ जारी रहनेछ ।”
भारत राष्ट्र समिति (बीआरएस), जसलाई यसपहिले तेलङ्गना राष्ट्र समितिको नामले चिनिन्थ्यो, को १० वर्षे शासनलाई हटाएर नयाँ सरकार गठन गर्न लागेको तेलङ्गानामा उहाँले आफ्नो पार्टीले ’प्रजालु तेलङ्गना’ बनाउने वाचा पूरा गर्ने बताएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १० गते, २०८२ - ०९:२१
काठमाडौं । भारतको उत्तराखण्ड राज्य सरकारका अधिकारीले छ वर्षको अन्तरालपछि यसै वर्षबाट भारत र चीनले लिपुलेक पास हुँदै सीमा व्यापार गर्ने धारणा राखेको वि...
चैत्र १० गते, २०८२ - ०९:१५
रौतहट । गत शुक्रबार र शनिबार परेको बेमौसमी वर्षाले रौतहटमा सञ्चालित विभिन्न इँटा उद्योगको लाखौँ मूल्यबराबरका काँचो इँटामा क्षति पुर्याएको छ । यहाँका ५...
चैत्र १० गते, २०८२ - ०९:१२
काभ्रे । जिल्ला विपद् व्यवस्थापन समितिले बाढीपहिरोले क्षति पुर्याएको डेढ वर्षपछि स्थायी आवास निर्माणार्थ पीडितको नामावली सिफारिस सुरुआत गरेको छ । समित...
चैत्र १० गते, २०८२ - ०९:०८
काठमाडौं । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित दुई वटा होटलबाट अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा...
चैत्र १० गते, २०८२ - ०८:११
काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १३ चैतमा वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरूको एकै...
चैत्र १० गते, २०८२ - ०७:५६
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ। पार्टीले राजीनामा अस्वीकृत गरेपछि सभापति गगन थापा आजको बैठकमा सहभागी हुने भएका ...
चैत्र १० गते, २०८२ - ०७:५१
तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति
चैत्र १० गते, २०८२ - ०७:४७
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, मधेस र लुम्बिनी प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा साध...
चैत्र १० गते, २०८२ - ०७:४६
डोटी । यहाँको आदर्श गाउँपालिका–६ रौसेल्ला खोला नजिक मौवा–गिरीचौकको कच्ची सडकमो बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ब...
चैत्र १० गते, २०८२ - ०७:४२
मोरङ । जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा क्षयरोगका कारण ३५ जनाको मृत्यु भएको छ । विश्व क्षयरोग दिवसका पूर्व सन्ध्यामा स्वास्थ्य कार्यालय मोरङ र वाग्मती ...


प्रतिकृया लेख्नुहोस्: