Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

किन हुन्छ गर्भावस्थामा बान्ता ?

खबरडबली संवाददाता

काठमाडौं । गर्भावस्थाको अवधिमा महिलाको शरीरमा धेरै परिवर्तन आउँछन् । यो अवस्थामा गर्भवती महिलाले आफ्नो स्वास्थ्यमा ध्यान दिन र पूर्ण सावधानी अपनाउन जरुरी हुन्छ । खानपान र आरामका साथै आफ्नो शरीरमा आउने विभिन्न परिवर्तनबारे पनि उत्तिकै ख्याल राख्नुपर्छ ।

गर्भावस्थामा वाकवाकी लाग्ने, खान खान मन नलाग्ने जे पनि खाएपछि बान्ता हुने धेरैमा देखा पर्ने समस्या हो । कतिपय अवस्थामा बान्ताको समस्या गर्भावस्थाको छैटौं हप्तादेखि लामो समयसम्म रहन सक्छ । जसका कारण आमाको शरीर कमजोर हुने सम्भावना हुन्छ । गर्भावस्थामा बान्ता किन हुन्छ ?  यसले अरू कुनै समस्या पो निम्त्याउँछ कि भन्ने प्रश्न धेरै महिलामा हुन सक्छ ।

गर्भावस्थामा बान्ता हुने कारण

गर्भावस्थामा धेरै प्रतिशत गर्भवती महिलामा वाकवाक लाग्ने बान्ता हुने समस्या हुन्छ । यसलाई गर्भावस्थाको पहिलो लक्षण पनि भन्ने गरिन्छ । सामान्यतया गर्भावस्थाको लगभग ६ हप्ताबाट सुरु हुन्छ र केही हप्ता वा महिनौंसम्म जारी रहन्छ ।

जर्नल अफ प्रेग्नेन्सीमा प्रकाशित अनुसन्धानअनुसार गर्भावस्थामा बान्ता हुनु सामान्य कुरा हो । तर कसैलाई बढी र कसैलाई कम हुन्छ । गर्भावस्थाको समयमा हार्मोनमा धेरै परिवर्तन हुन्छ । गर्भाशयमा भ्रूणको विकासको लागि एक हार्मोन हुन्छ, जसलाई ह्युमन कोरियोनिक गोनाडोट्रोफिन भनिन्छ । गर्भावस्थाको समयमा शरीरमा यो एचसीजी हार्मोनको स्तर अचानक धेरै छिटो बढ्छ ।

यो हार्मोनले महिलाको पेट र आन्द्रामा प्रत्यक्ष प्रभाव पार्छ । जसले गर्दा मर्निङ सिकनेस (बिहान उठ्ने बित्तिकै वाकवाक लाग्ने) वा खाना खाएपछि वाकवाक लाग्ने, बान्ता हुने हुन्छ ।

कुनै महिलाले गर्भमा जुम्ल्याहा वा त्यसभन्दा बढी बच्चा भएमा बान्ताको समस्याले लामो समयसम्म सताउन सक्छ । पहिलो पटक गर्भवती भएको महिलामा पनि बान्ताको समस्या धेरै हुन्छ ।

खानामा पोषणको कमी, भिटामिन ‘बी वान’ ‘बी सिक्स’को कमी भयो भने वा चिल्लो, मसालेदार खानेकुरा खाँदा पनि बान्ता हुन सक्छ । यदि समस्या साढे तीन महिनाभन्दा बढीसम्म भइरह्यो भने अन्य समस्या पो छ कि भनेर चिकित्सकको सल्लाह लिनुपर्छ ।

गर्भावस्थामा बान्ता नहुनु पनि समस्या त होइन ?

यदि कुनै महिला गर्भवती छिन् र उनलाई वाकवाक लाग्ने वा बान्ता हुने जस्ता कुनै लक्षण छैन भने आत्तिनु पर्दैन । किनभने बान्ता हुनु वा नहुनु हार्मोनको स्तरमा भर पर्छ ।

गर्भावस्थामा बान्ता हुनबाट बच्ने उपाय

– खानपानमा विशेष ध्यान दिनुपर्छ सन्तुलित खाना खानुपर्छ ।

– दुई–दुई घण्टामा थोरै केही न केही खाइराख्नुपर्छ ।

– बिहानको समयमा टोस्ट, बिस्कुट जस्ता सुक्खा चीज खानुपर्छ ।

– प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।

– भुटेको, चिल्लो वा मसालेदार खानेकुरा खानुहुँदैन ।

– अदुवाको टुक्रालाई मुखमा लिइराख्नुपर्छ ।

– सुकुमेल चुस्नु राम्रो हुन्छ ।

– ग्यास्ट्रिकको समस्या छ भने चिकित्सकको सल्लाहमा ग्यास्ट्रिकको औषधि खानुपर्छ ।

– आफूलाई केही खानेकुराको गन्ध आउँछ, वाकवाक लाग्छ भने त्यो खानेकुरा खानु हुँदैन ।

– यी उपाय अपनाउँदा पनि समस्या कम नभएको खण्डमा अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

ग्यास अभावपछि चार उद्योगले एकै ठाउँबाट थाले सिलिन्डर बिक्री

चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...

आठ हजारलाई रोजगारी दिएको जुट मिल खण्डहरमा, फेरि ब्युँताउने आशा

विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...

पहिरोले घर पुरिँदा बाजुरामा एक बेपत्ता, दुई घाइते

बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...

बाढी–पहिरोले बागलुङका दुई प्रमुख राजमार्ग ठप्प, यात्रु बाटोमै अलपत्र

बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवा प्रमुख अतिथि

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...

पूर्वाधार र स्पष्ट नीतिबिनै बढ्दैछ विद्युतीय सवारीको प्रयोग, अर्बौं लगानी जोखिममा

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...

२२ करोडको बुटवल बधशाला झाडीमा, करोडौँका उपकरण प्रयोगविहीन

बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending