Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

दियालो बङ्गला सर्वसाधारणको लागि खुला हुँदै

खबरडबली संवाददाता

चितवन । भरतपुर महानगरपालिकाको आग्रहपछि दियालो बङ्गला सर्वसाधारणका लागि सन् २०२४ को प्रारम्भदेखि खुला गरिने भएको छ ।  नेपाल ट्रष्टको बुधबार बसेको ७८ औँ सञ्चालक समितिको बैठकले दियालो बङ्गला सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको हो । 

सञ्चालक समितिका सदस्य देवीचन्द्र उपाध्यायका अनुसार यसको सञ्चालनका सम्बन्धमा अर्को बैठकमा निर्णय गरिँदै छ । भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रुपमा मनाउँदै छ ।

महानगरपालिकाको अनुरोधमा दियालो बङ्गला सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरिएको उनले बताए । उनका अनुसार भरतपुर महानगरपालिकासँग सहकार्य गरेर सर्वसाधारणका लागि प्रवेशको व्यवस्था मिलाइने छ । जीर्ण रहेको संरचनाको मर्मतसम्हार र अत्यावश्यक थप संरचनासमेत निर्माण गरेर खुला गरिने उनको भनाइ छ ।

सञ्चालक सदस्य उपाध्याय भने, “भरतपुर भ्रमण वर्षमा सर्वसाधारणले दियालो बङ्गला हेर्न पाउँछन् ।” ट्रष्टको स्वामित्वमा रहेको दियालो बङ्गला तत्कालीन राजा महेन्द्रले निर्माण गर्नुभएको हो । तत्कालीन राजा महेन्द्रको निधन भएको दियालो बङ्गला ३५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । तत्कालीन राजपरिवार यही दरबारमा आएर बस्ने, नारायणी नदी किनार क्षेत्रमा घुम्ने गर्दथे । अहिले यस दरबार क्षेत्रमा नेपाल ट्रष्टका केही कर्मचारी व्यवस्थापनका लागि छन् भने सुरक्षा तथा संरक्षण नेपाली सेनाले गर्दै आएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्षमा थप महत्वपूर्ण गन्तव्य दियालो बङ्गला दरबारलाई बनाइएको बताइन् । महानगरले लिखितरुपमा नेपाल ट्रष्टलाई आग्रह गरेपछि खुला गर्ने निर्णय गरिएको हो । नगरप्रमुख दाहालले नेपाल ट्रष्टसँग सहकार्य गरेर सर्वसाधारणका लागि दियालो बङ्गला खुला हुने बताइन्  । उनदे भिनन्, “भ्रमण वर्षलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेमा हामी लागिरहेका छौँ ।”

नेपाल ट्रष्ट प्रधानमन्त्री कार्यालयअन्तर्गत पर्दछ । महानगरले दियालो बङ्गलालाई खुला गर्न अधिकतम प्रयास गरेपछि ट्रष्टले निर्णय गरेको हो ।
 
के छ दरबारमा ?

दियालो बङ्गला क्षेत्र देवघाट प्रवेशद्वारमा छ । ऐतिहासिकरूपले निकै महत्वपूर्ण मानिएको दरबार यतिबेला प्रयोगविहीन भएकाले ओझेलमा छ । दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ । जसको भित्तामा राजा महेन्द्र र वीरेन्द्रको तस्बिर देख्न सकिन्छ । भ¥याङमा २०२६ सालमा राजा महेन्द्रले सिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको राखिएको छ ।

दरबारमा पाँचवटा खोपी छन् । १ नम्बरको खोपी मुमा रत्नराज्यको हो भने २ नम्बरको राजा र ३ नम्बरको रानी तथा ४ र ५ नम्बरको खोपी राजपरिवारका अन्य सदस्यका हुन् । सबै खोपीमा भित्रै शौचालय पनि छ । राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको त्यस्तै राखिएको छ । दरबारको छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छ भने सँगै राजाको सुरक्षा गार्डका लागि आवास  पनि छ । साथै सो क्षेत्रमा ‘ग्यारेज’ र त्यसको छेउमा ‘स्वीमिङ पुल’पनि छ ।

ऐतिहासिक यो दरबार सर्वसाधारणको पहुँचभन्दा बाहिर छ । शान्त एवं रमणीय यो बङ्गलाको पश्चिम भएर बग्ने नारायणी नदीले दरबार क्षेत्रको सौन्दर्य बढाएको छभने दरबारको बगैँचाले जोकोहीलाई आकर्षित गर्छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गर्मी बढेसँगै घरभित्रै सर्पको जोखिम, ओछ्यानमै पुग्छ मृत्युकाे खतरा

बढ्दो तापक्रमसँगै गाउँदेखि शहरसम्म सर्पको त्रास, लापरबाहीले निम्त्याउन सक्छ ज्यानै जाने जोखिम

विश्वकप हेर्न प्रोजेक्टरमा भिड जम्मा गर्न अनुमति अनिवार्य, डिजिटल ठगीबाट सचेत रहन आग्रह

काठमाडौं । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको फिफा विश्वकप–२०२६ बिहीबार मध्यरातिबाट सुरु भएसँगै नेपालमा पनि प्रोजेक्टरमार्फत साम...

कोशी भेलाअघि विराटनगरमा जुटे शेखर–शशांक

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आइतबार आयोजना गर्ने कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन कांग्रेस नेता शेखर कोइराला र पूर्व महामन्त्री...

विश्वकप २०२६ इतिहासकै सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने प्रतियोगिता बन्ने जोखिम

काठमाडौं । सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबल हालसम्मकै सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने खेल प्रतियोगिता बन्न सक्ने भन्दै विज्ञहरूले चिन्ता ...

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । दाङमा एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । देउखुरी कालाकाटे–सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गरिरहेका गढवा गाउँप...

मल अभावले दाङका किसान संकटमा : रातभर लाइन, आधा बोरा मलमै चित्त बुझाउन बाध्य

घोराही (दाङ)  । बर्खे धान खेतीको तयारीमा रहेका दाङका किसान रासायनिक मलको चरम अभावका कारण समस्यामा परेका छन्। समयमै मल नपाउँदा किसानहरू रातभर लाइनमा बस...

विश्वकपमा अमेरिकाको दबदबा : पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को अग्रता

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को आफ्नो पहिलो खेलमा आयोजक अमेरिका उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को फराकिलो ...

महिला प्रजनन क्षमता कति लामो समयसम्म लम्ब्याउन सकिन्छ ? विज्ञान र सीमाबीचको बहस

काठमाडौँ । आधुनिक औषधि विज्ञानले महिलाको प्रजनन क्षमतालाई पहिलेभन्दा धेरै लामो समयसम्म सुरक्षित राख्ने अवसर दिएको छ। तर प्रकृतिको जैविक घडीलाई पूर्ण र...

उमेरसँगै घट्ने प्रजनन क्षमता : ढिलो सन्तान योजना र अण्डा–भ्रूण भण्डारणको विकल्प

काठमाडौँ । बदलिँदो जीवनशैली, ढिलो विवाह र करिअर तथा व्यक्तिगत योजनालाई प्राथमिकता दिने प्रवृत्तिका कारण धेरै दम्पतीमा सन्तान योजनासम्बन्धी चुनौती बढ्द...

कर्मचारी कुटपिट गरी फरार भएका संजीव मल्ल पक्राउ

काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित इजारामा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भरतपुरबाट खटिएका कर्मचारीमाथि कुटपिट गरी फरार भएका एक व्यक्ति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending