काठमाडौं । जारी’ फिल्मले नेपाली सिनेमा क्षेत्रको धेरै रेकर्ड तोड्यो । सबैभन्दा धेरै कमाउने सिनेमा बन्यो । तर सँगै अर्को कुरा पनि भन्यो ‘नेपाली स्वादको कथा पस्कियो भने दर्शकले मनपराउँछन् ।’
फिल्मले मनग्गे दर्शक पायो । नेपाली सिनेमा जगतमा दुर्गम बन्दै गरेको ‘१०० दिन’ पनि कटायो । फिल्म उपेन्द्र सुब्बाको पहिलो निर्देशन थियो भने बाँसुरी फिल्मस्ले त्यसलाई निर्माण गरेको थियो ।
त्यसको सफलतापछि उनको अर्को फिल्म के हुनेछ भन्ने कौतुहल मेटिएको छ । सँगै कबड्डि फिल्मस् प्रालीको ब्यानरमा नयाँ फिल्म ‘मनसरा’ को पोष्टर सार्वजनिक भएपछि उपेन्द्र सुब्बाले बाँसुरी फिल्मस् छोडेको पनि छनक मिलेको छ । फिल्ममा ‘जारी’को मुख्य कास्ट दयाहाङ राई र मिरुना मगर नै दोहोरिएका छन् भने मेनुका पौडेल र प्रविण खतिवडा थपिएका छन् । लामो समयदेखि उत्कृष्ट छाँयाकारको पहिचान बनाएका सैलेन्द्र धोज कार्की निर्माताको रुपमा जोडिएका छन् । उनले नै यो फिल्म पनि खिच्नेछन् ।
पहिलो पोष्टर महिला कलाकारको अनुहार सहित निस्किनुले पक्कै पनि यो फिल्म पनि ‘जारी’ मा जस्तै महिला चरित्र प्रधान हुन सक्ने संकेत देखिएको छ । चरित्रको अनुहार थोरै मलिन छ । रातो झोला बोकाइमा कुनै बोझ बोकिरहेको छनक छ । उनी यात्रामा रहेकी जस्तो देखिन्छन् ।
फिल्म २०८१बैशाख २१ मा सिनेमाघरमा आइपुग्ने सन्देश पोष्टरमा छ । फिल्मको मुख्य सहायक निर्देशक ‘जोखाना’, ‘खुवालुङ’, जस्ता चर्चित नाटक निर्देशक गरिसकेका निर्देशक किरण चाम्लिङ राईले गर्देछन् भने कार्यकारी निर्माता सिजन दाहालले गर्दैछन् । एप्पल इन्टरटेनमेन्टले वितरण गर्ने जानकारी दिइएको छ भने डिजिटल पाटनरको रुपमा जि ट्वान्टिवान रहेन जनाइएको छ । फिल्मको लेखन उपेन्द्र सुब्बाले नै गर्दैछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: