काठमाडौं । आजभोली हाम्रो दैनिकी निकै व्यस्त हुँदै गएको छ । धेरैलाई बजारमा गएर किनमेल गर्नका लागि समेत समय छुट्टाउन समेत सकस छ । यस्तोमा अनलाइन किनमेल धेरैको रोजाई बन्ने गरेको छ । तर, अनलाइन शपिङको किनमेलले कहिलेकाही निकै ठूलो ठगीमा समेत परिन्छ ।
कुनै बेला अनलाइनमा एउटा सामान मगाउँदा अर्कै सामान डेलिभरी भएको हुन्छ । अनि प्रायः अनलाइनमा देखाइएको सामानभन्दा निकै कम गुणस्तरको सामान डेलिभरी हुने घटना त निकै धेरै हुन्छन् ।
बेलायतमा हालै यस्तै एउटा अत्यासलाग्दो घटना भएको छ ।बेलायतको सुपरमार्केट चेन मरिसन्सबाट अनलाइनमा दूध अर्डर गर्दा एकजना ग्राहकले बोतलबन्द पिसाब प्राप्त गरेका छन् ।बेलायतको वाणिज्य मन्त्रालयका पूर्वकर्मचारी समेत रहेको एडम बेल नामक व्यक्ति यस्तो ठगीको सिकार भएका हुन् ।
मरिसन्सबाट दूध अर्डर गरेका उनको घरमा पिसाबले आधा भरिएको बोतल डेलिभरी भयो । उनले सुपरमार्केटबाट आफ्नो घरमा डेलिभरी भएको दूधको एउटा बोतलको तस्वीर सोसल मिडिया प्लाटर्फम एक्समा शेयर गरेका छन् ।
उक्त बोतलको भित्र शंकास्पद देखिने तरल पदार्थ थियो । बोतल खोलेर हेर्दा त्यो तरल पदार्थ पिसाब रहेको पत्ता लाग्यो । वास्तवमा पेसाले नर्स रहेकी एडमकी पत्नीले सुँघेरै उक्त चिज पिसाब रहेको ठहर गरेकी थिइन् ।
उनले त्यस विषयमा जानकारी गराउँदै मरिसनलाई ट्याग गरेर एक्समा लेखेका छन्, ‘प्रिय मरिसन । यहाँले सामान्यतया हाम्रो शपिंग अर्डरको प्रतिस्थापित सामानका बारेमा अगाडि नै जानकारी गराउने गर्नुहुन्थ्यो । तर यसपटक एक बोतल पिसाब पठाउँदा भने यहाँले कुनै जानकारी गराउनु भएन ।’
उक्त सामानहरुको केही हिस्सा स्थानीय म्यागपाई परियोजनाका लागि दान गर्ने उद्देश्यका साथ मगाएको भन्दै उनले सामान फिर्ता लिन र पैसा पनि फिर्ता गर्न अनुरोध गरेका छन् ।
उक्त पोस्टप्रति सोसल मिडियामा अनेक खालका प्रतिक्रिया आएका छन् । कतिपयले चाहिं डेलिभरी ड्राइभर निकै व्यस्त हुने हुनाले पिसाब गर्ने ठाउँ नपाउँदा बोतलमै पिसाब गरेको र त्यही बोतल डेलिभरी ब्यागमा भुलबस राखेको हुनसक्ने अड्कल काटेका छन् । साथै ड्राइभरलाई राम्रो कार्यवातावरण, दिसापिसाबको लागि खाली समय र राम्रो तलबभत्ता दिन पनि माग गरेका छन् उनीहरुले ।
उता मरिसन्सका प्रवक्ताले भने उक्त घटनाका बारेमा थाहा पाउँदा आफूहरु निकै निरास भएको भन्दै सम्बन्धित ग्राहकलाई उक्त अर्डरको सबै रकम फिर्ता गर्नका लागि सम्पर्क गर्ने कोसिस गरिरहेको बताएका छन् । यस्तो घटना हुनु पूर्णत अस्वीकार्य रहेको भन्दै उनले घटनाको विषयमा अनुसन्धान भैरहेको जनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - २२:१३
माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने
श्रावण २९ गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...
श्रावण २९ गते, २०८३ - २१:३२
वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...
श्रावण २९ गते, २०८३ - २१:२६
चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...
श्रावण २९ गते, २०८३ - ०९:५४
विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...
श्रावण २९ गते, २०८३ - ०९:३६
बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...
श्रावण २९ गते, २०८३ - ०९:३०
बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...
श्रावण २९ गते, २०८३ - ०९:२६
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...
श्रावण २९ गते, २०८३ - ०९:२१
काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...
श्रावण २९ गते, २०८३ - ०९:१५
बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...



प्रतिकृया लेख्नुहोस्: