काठमाडौं । जलस्रोतको दोस्रो धनी देशको रूपमा परिचित रहे तापनि नेपालीहरू खानेपानीको समस्याबाट आक्रान्त छन् । दुर्गम भेगको त कुरै छाडौं, काठमाडौं उपत्यकामा नै पानीको कुल मागको केवल एक तिहाई मात्र आपूर्ति हुने गरेको छ।
उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग भए पनि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले दैनिक १३ करोड लिटर पानी मात्र उत्पादन र बिक्री वितरण गर्ने गरेको छ। सुख्खा याम अर्थात् चैत र वैशाखमा पानीको उत्पादन घटेर दैनिक ११ करोड लिटरमा झर्ने गरेको छ।
त्यसमाथि भूमिगत पानीको स्रोतसमेत सुक्दै गएपछि आगामी दिनहरूमा पानीको झनै चर्को अभाव झेल्नुपर्ने अवस्था आएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।
वर्षाको पानीको उपयोग र व्यवस्थापनमा काम गर्दै आएको संस्था स्मार्ट वास सोलुसनले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सहभागी पानी विज्ञहरूले खानेपानी संस्थानले राजधानीबासीको खानेपानीको मागलाई सम्बोधन गर्न नसक्ने बताउँदै वर्षाको पानी संकलन गरी उपयोग गर्नु नै उत्तम विकल्प हुने धारणा अघि सारेका छन् ।
झण्डै तीन दशकअघिदेखि मेलम्चीको पानीको आसमा रहेका काठमाडौंबासीले राजनीतिक नेतृत्वको असक्षमताका कारण अझै केही वर्ष सहज रूपमा मेलम्चीको पानी उपभोग गर्ने वातावरण नरहेको ती पानी विज्ञहरूले बताए। त्यतिमात्रै होइन, उनीहरूले मेलम्चीको पानी यसअघि भनिए झैं गरी राजधानीमा नआउने ठोकुवा पनि गरेका छन्।
काठमाडौं विश्वविद्यालयका प्राध्यापक ई।रमेश मास्केले खानेपानी प्रणालीको इन्जिनियरिङमै समस्या रहेको जिकिर गर्दै विद्यमान प्रणालीबाट खानेपानीको समस्या समाधान नहुने ठोकुवा गरे ।
उनले मेलम्ची पानी काठमाडौं ल्याउन इन्जिनियरिङको दृष्टिकोणले खासै ठूलो समस्या नरहेको तर समस्या समाधानमा सम्बन्धित पक्ष एवं सरकार तथा राजनीतिक नेतृत्वको अनिच्छाले गर्दा समस्या ठूलो देखिएको टिप्पणी गरे। सरकारको पहलमा निर्माण गरिएको मेलम्ची खानेपानी आयोजना मेलम्ची नदीबाट दैनिक करिब १७ करोड लिटर पानी २६ किलोमिटर लामो सुरुङबाट काठमाडौं ल्याउने गरी डिजाइन गरिएको थियो। तर, २०७८ सालमा अप्रत्याशित रूपमा भएको भारी वर्षाका कारण गएको पहिरोले पहिरोले आयोजनाको हेडवक्र्स नै पुरिएर पानी आउने सुरुङमा ठूलो क्षति पुर्याएपछि मेलम्चीको पानी सपना बन्न पुगेको थियो।
ई। मास्केले कार्यक्रममा भने– ‘आयोजनाको विस्तृत अध्ययन गर्दा माथिबाट पहिरो आएर हेडवक्र्स पुरिने सम्भावना त देखिएकै थियो होला, त्यसलाई पर्खाल लगाएर रोक्नेतर्फ किन सोचिएन । यसले हाम्रो इन्जिनियरिङ नै फेल भएको देखिन्छ ।’ यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८२ - ०९:३४
काठमाडौं । स्थानहद फुकुवापछि पहिलोपटक सोमबार झापा आउँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको पहिलो टिप्पणी सुरक्षा विषयमै केन्द्रित थियो । यति एयरल...
माघ ७ गते, २०८२ - ०९:२१
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनका लागि धमाधम टिकट बाँडिरहेका छन्। निर्वाचनका लागि मंगलबार...
माघ ७ गते, २०८२ - ०९:१४
काठमाडौं । नेकपा एमालेले रूपन्देही र पाल्पाका केही उम्मेदवार फेरबदल गरेको छ। यसअघि निर्णय भएका उम्मेदवारहरूको नाम परिवर्तन गरेर नयाँ उम्मेदवारहरूला...
माघ ७ गते, २०८२ - ०९:०७
रुपन्देही । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापाको प्रशंसा गर्दै सबै नेता एउटै चुनाव चिन्हमा जानु कांग्रेसको ठूलो उपलब्धि भएको बताए...
माघ ७ गते, २०८२ - ०८:२९
काठमाडौं । नेपाली कांग्रेसले डडेल्धुरामा नैनसिंह महरलाई उम्मेदवार बनाएको छ। पूर्वसभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा महर टिकट दिएको हो। म...
माघ ७ गते, २०८२ - ०८:२३
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ उम्मेदवारको टुंगो लगाएको छ। राप्रपाले १६० निर्वाचन क्षेत्रका लागि उम्मेदवार चयन गरेको हो। उम्...
माघ ७ गते, २०८२ - ०८:१३
काठमाडौं । गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेक...
माघ ७ गते, २०८२ - ०८:०७
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने बताएका छन्। प्रतिनिधि सभाको उम्मेद...
माघ ७ गते, २०८२ - ०७:५०
काठमाडौं । सञ्चारकर्मी ऋषि धमला प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट चुनाव लड्ने भएका छन्। रौतहट–४ बाट चुनाव लड्न लागेको उनकी पत्नी एजिला गौतमले ...
माघ ७ गते, २०८२ - ०७:४२
मध्यविन्दु । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना स...




प्रतिकृया लेख्नुहोस्: