Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

कैलाली झडपमा एसएसपीसहित ७ सुरक्षाकर्मी काे मृत्यु, दर्जनाैं घाइते

\"Tharuhat\"काठमाडाैं । कैलालीमा भएको झडपमा ७ जनाको मृत्यु भएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी उदयबहादुर ठकुरीले बताएका छन् । उनका अनुसार मनुवा गाविसमा भएको थारुहटका कार्यकर्ता र प्रहरीबीचको झडपमा ७ जना सुरक्षाकर्मी र एक २ बर्षिय बालककाे मृत्यु भएको हो । उनका अनुसार अहिले पनि झडप जारि छ । घाइतेलाई अस्पताल ल्याउन समेत कठिन भएको जनाइएको छ । कैलालीको सिलम चौराहामा थारुहट राज्यको माग गर्दै भएको प्रदर्शनका क्रममा झडप हुँदा सेती अञ्चल प्रहरी सशस्त्र प्रहरी गुल्म धनगढीबाट खटिएका एसएसपी लक्ष्मण न्यौपानेसहित  ७ जना सुरक्षाकर्मीकाे मृत्यु भएको पुष्टी भएको छ । नवलपरासीदेखि कन्चनपुरसम्म अलग्गै थारुहट राज्यको माग गरेर केही दिनदेखि भइरहेको प्रदर्शनमा हिंसात्मक झडप भएको हो ।
झडपमा एसएसपी न्यौपानेका अंकरक्षकको समेत मृत्यु भएको छ ।   आन्दोलनकारीको आक्रमणमा परी नेपाल प्रहरीका इन्स्पेक्टर बलराम विष्ट र केशव बोहोराको मृत्यु भएको छ । त्यस्तै प्रहरी जवान लक्ष्मण खड्का र लाेकेन्द्र चन्दकाे मृत्यु भएकाे छ भने सशस्त्र प्रहरीका हवल्दारद्वय ललित साउद र रामविहारी चाैधरीकाे पनि  मृत्यु भएकाे छ ।
१० औं हजारको संख्यामा रहेका प्रदर्शनकारी हातमा छुरा, भाला र लठ्ठी बोकेर प्रदर्शनमा उत्रिएका थिए ।
त्यस्तै तीन दर्जन बढी सुरक्षाकर्मीसहित पाँच दर्जन बढी घाइते घाइतेको टीकापुर अस्पतालमा उपचार घाइतेले टीकापुर अस्पताल भरिएकाे छ । टिकापुर बजार र अासपासका क्षेत्रमा अहिले पनि थारूहटका कार्यकर्ता र प्रहरीबीच झडप भइरहेकाे छ । सुरक्षा परिषदद्वारा सेना परिचालनको निर्णय कैलालीको टीकापुरमा भएको थरूहट आन्दोलनकारीको आक्रमणमा परी एसएसपीसहितका दर्जनौं सुरक्षाकर्मीको मृत्यु भएपछि आकस्मिक रूपमा बसेको सुरक्षा प्रमुखको बैठकले सेना परिचालन गर्ने निर्णय गरेको छ । बैठकले सर्लाही, टिकापुर कैलाली र सर्लाहीको मलंगवामा सेना परिचालन गर्न प्रमुख जिल्ला अधिकारीलाई आदेश दिएको हाे । टिकापुर घटना नियोजित षड्यन्त्र : गृहमन्त्री गृहमन्त्री बामदेव गौतमले कैलालीको टिकापुरमा भएको घटना नियोजित रूपमा घटाइएको दाबी छन् । घटनाबारे सोमबार अपरान्ह संसदमा जानकारी दिँदै गौतमले टिकापुरमा प्रहरी जवान रामविहारी चौधरीलाई आन्दोलनकारीले जिउँदै आगो लगाएको र नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेलाई भाला रोपेर मारिएको बताए । उनले प्रहरीका ३ वटा शव क्षतविक्षत अवस्थामा रहेको र उनीहरुको परिचय खुल्न नसकेको पनि बताए । अन्य प्रहरीहरुलाई पनि भाला, बन्चरो तथा हँसिया जस्ता घरेलु हतियार प्रयोग गरी हत्या गरीएको मन्त्री गौतमले जानकारी दिए। गृहमन्त्री गौतमका अनुसार रौतहटको गौरमा पनि भाटा, डण्डा, भाला लिएर मानिसहर सडकमा निस्किएका छन्। गौरमा दक्षिणतिरबाट धेरै मानिसहरु शहर प्रवेश गरेको बताए। गृहमन्त्री गौतमका अनुसार सर्लाहीमा पनि घरेलु हतियार लिएका मानिसहरु ठूलो संख्यामा सदरमुकाम मंगलवा तर्फ गइरहेका छन्। उनले सामाजिक सद्भाव कायम राख्नका लागि सदनबाट आव्हान गर्न पनि सदन समक्ष माग गरेका छन्।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending