Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

बसन्त चौधरीसँग ‘मनका कुरा’: हरेक शुक्रबार प्रशारण हुने

खबरडबली संवाददाता

काठमाडाैं  । उद्यमी तथा साहित्यकार बसन्त चौधरीले अन्तर्वार्तामा आधारित श्रब्यदृश्य कार्यक्रम ‘मनका कुरा विथ वसन्त चौधरी’ सञ्चालनको उद्घोष गरेका छन् । सिजी इन्टरटेनमेन्ट युट्युब च्यानलमा हरेक शुक्रबार राति ८ बजे उक्त कार्यक्रम प्रशारण हुनेछ । 

'जीवन एउटा यात्रा हो । जीवन यात्राका क्रममा धेरै ट्वीस्ट हुन्छन् । तथापि आफूले चाहेको गन्तव्यमा पुग्न अनवरत प्रयत्न गरिरहनुपर्छ, यही अनवरत प्रयत्नले गर्दा नै मैले पनि व्यापार व्यवसायबाहेक मेरो मनले रोजेको सिर्जना यात्रामा केही पाइला हिँड्न सकेँ,’ कार्यक्रम उद्घोष गर्दै उनले भनेका छन् ।

उनले आफ्ना कुराबाहेक जीवन र जगतबाट सिकेका र अनुभूत गरेका कुराहरू आफ्ना सिर्जनाहरूमा उतारेको बताएका छन् । उनले भनेका छन्,‘मलाई तपाईँका मनका कुरा सुन्न मन लाग्यो । तपाईँका मनका कुरा अरूलाई पनि सुनाउन मन लाग्यो ।’

उनले यस कार्यक्रममा विभिन्न व्यक्तित्वहरूलाई ल्याएर उनीहरूको सङ्घर्ष तथा जीवन यात्राका आरोह-अवरोह पस्कने छन् । जसका लागि उनले  मनिशा कोइराला, सुरक्षा पन्त, दीपक बज्राचार्य, उद्यमी विदुशी राणा, वरिष्ठ कलाकार निर शाह, मान्सी अग्रवाल, गायिका आनी डोल्मा, रुबी राणा लगायतको अन्तर्वार्ता हरेक शुक्रबार प्रशारण गरिने छ । 

२२ डिसेम्बरमा कार्यक्रममा पहिलो अतिथिका रूपमा मनिशा कोइराला रहनेछिन् । त्यसपछिका हरेक शुक्रबार अन्यलाई अतिथि बनाइनेछ । 

को हुन् बसन्त चौधरी ?

विसं २०१३ मा काठमाडौँमा जन्मिएका बसन्त साहित्य कर्ममा रमाउने उद्यमी हुन् ।  उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेका छन् । १७ वर्षको उमेरदेखि नै पुर्ख्यौली व्यवसाय (अरुण इम्पोरियम)मा संलग्न चौधरीले २०४१ सालमा ‘ग्रुप-३’ नामक कम्पनी स्थापना गरी आफ्नै व्यवसाय प्रारम्भ गरेका थिए । विज्ञापन एजेन्सीका रूपमा स्थापित उक्त कम्पनीबाट ‘उर्वशी’ नामक पत्रिका पनि प्रकाशित भएको थियो ।

२०५७ सलमा स्थापित नर्भिक इण्टरनेशनल हस्पिटलका संस्थापक अध्यक्ष  रहेका उनी चौधरी ग्रुपका प्रबन्ध निर्देशक समेत हुन् । २०४५ सालमा सुनसरीमा स्थापित ‘श्री पशुपति बिस्कुट उद्योग’को जिम्मेवारी सम्हालेका चौधरी त्यति बेलै ‘श्री लुनकरणदास गङ्गादेवी चौधरी च्यारिटी हस्पिटल’ स्थापना गरी स्वास्थ्य सेवा क्षेत्रमा प्रवेश गरेका थिए ।

चौधरीका विभिन्न पुस्तक तथा नेपाली तथा हिन्दी भाषामा कविता सङ्ग्रह गरी एक दर्जनभन्दा बढी प्रकाशित छन् । उनका मैथिली कविता सङ्ग्रह 'वसन्त', नेपाल भाषा कविता-मुना 'वसन्त', हिन्दी कविता सङ्ग्रह 'आसुँओं कि सियाही में', 'वक्त रुक्ता नहीँ' कविता सङ्ग्रह लगायत थुप्रै पुस्तक प्रकाशित छन् । 

उनको साङ्गीतिक एल्बम नै आधा दर्जन भन्दा बढी सार्वजनिक भएका छन् । ‘गरुँ कि मिठो भुल’, ‘शान्ति लुकाउँ कहाँ’, ‘मेरो प्यारो मान्छे’, ‘चिठी आएन’ जस्ता नेपाली गीत तथा ‘तुम मिल जाओ', ‘चाहतोँ से ज्यादा’, ‘तुम मेरे’ लगायतका हिन्दी गीतहरू चर्चित छन् । 

चौधरी ‘वीरेन्द्र-ऐश्वर्य सेवा पदक’, ‘प्रख्यात त्रिशक्ति पट्ट’, ‘विशष्ट सेवा पदक,’ ‘प्रबल गोर्खा दक्षिण बाहु’जस्ता पदकबाट पनि सम्मानित भएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

चिसो बढेपछि जनकपुरका विद्यालयहरूमा एक दिन बिदा

जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...

आगलागीपीडित किसानलाई राहत: जलेको उखु चिनी मिलले खरिद गर्ने सहमति

सर्लाही  । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...

कैदीको कैद मिनाहा राष्ट्रपतिको अधिकार होइन: सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...

निर्मल निवासको छायाँमा फुटेको राप्रपा फेरि जोडिँदै, थापा–लिङ्देन एकताको औपचारिकता आज

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending