वालिङ । कृषि पेसामा लागेका किसानको समस्या पहिचान गरी समाधान गर्न गल्याङ नगरपालिकाले कृषि प्राविधिकलाई किसानको घरदैलोमा खटाएको छ । नगरपालिकाका ११ वटै वडाका गाउँगाउँमा जनप्रतिनिधिसहित कृषि प्राविधिक पुगेर प्राविधिक सेवा तथा परामर्श दिइएको हो ।
गत असोजको अन्तिम सातादेखि सुरु भएको उक्त अभियान मङ्सिरको अन्तिम साता सकिएको हो । किसानसँग कृषि प्राविधिक कार्यक्रम सञ्चालन गरेसँगै यहाँका किसान लाभान्वित भएका छन् । गाउँ गाउँमा रहेका सामान्य किसानलाई नगरपालिकाको कृषि र पशु शाखाको सेवा र सुविधासँग जोड्ने उद्देश्यसहित अभियान सञ्चालन गरिएको नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताए ।
“गाउँगाउँमा कृषि कर्म गरेर बस्नुभएका किसानको समस्याको घरमै पुगेर समाधान गर्ने र उहाँहरुलाई नगरपालिकासँग जोड्नका लागि दुई महिनासम्म यो अभियान सञ्चालन गर्यौँ”, उनले भने, “वास्तविक किसानको पहुँच पालिकासम्म विस्तार गर्न तथा किसानको गुनासो सुन्नका लागि यो अभियान प्रभावकारी रह्यो ।”
एघार वडाका ६१ गाउँका चार हजार एक सय ८७ किसान यो अभियानबाट लाभान्वित भएका छन् । स्थानीयस्तरका कृषि कार्यक्रम तथा योजनामा सीमित वर्गका व्यक्तिको मात्रै पहुँच पुग्ने तर वास्तविक किसानको पहुँच नगरसम्म नपुगेकाले किसानसँग कृषि प्राविधिक कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।
निर्वाहमुखी कृषि तथा पशुपालनलाई व्यावसायिकतातर्फ उन्मुख गराउनका लागि अभियान सञ्चालन गरिएको नगरप्रमुख भट्टराईको दाबी छ । अभियान अवधिमा किसानका समस्या तथा गुनासा गाउँगाउँमै पुगेर टिपोर्ट गरिएको छ । गाउँका किसानको समस्याका बारेमा जानकारी लिएर आएकाले आगामी दिनमा नीति तथा कार्यक्रम बनाउँदा अझै प्रभावकारी हुने नगरउपप्रमुख हेमा न्यौपाने बताउँछिन् ।
किसानले गुणस्तरीय बीउबिजनमा पहुँच नभएको, निजी एग्रोभेटबाट प्राविधिकसहित बीउ र विषादीको भर पर्दै आइरहेको, खेतीपाती तथा पशुपालनबाट अपेक्षाकृत आम्दानी हुन नसकेको, बालीनाली बाँदरले क्षति पुर्याउने गरेकोजस्ता गुनासा तथा समस्या जनप्रतिनिधि र कृषि तथा पशु प्राविधिकमाझ राखेका थिए ।
गाउँगाउँमै पुगेर किसानका समस्या तथा गुनासो सुनी उनीहरुलाई प्राविधिक सहयोग तथा परामर्श प्रदान गरिएको पशु शाखा प्रमुख सुशील अर्यालले बताए । नगरपालिका कार्यालयले किसानका समस्याको पहिचान गरी समाधान गर्नुका साथै नियमित सम्पर्कमा राख्दै पहुँच विस्तारमा सहयोग पुग्ने उनले बताए ।
नगरपालिकाले प्रदान गर्ने सेवा सुविधा वास्तविक किसानसमक्ष पुर्याउँदै कृषि र पशुपालनमा प्रोत्साहन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । यसबाट टाठा बाठा तथा कागज मिलाउन जान्ने गैर किसान निरुत्साहित हुँदै जाने दाबी नगरपालिकाको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १०:४९
दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...
पौष ४ गते, २०८२ - १०:३१
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...
पौष ४ गते, २०८२ - १०:२५
रूपन्देही। रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...
पौष ४ गते, २०८२ - १०:१०
काठमाडौं । नेकपा एमालेका नेता काशिनाथ अधिकारीले सक्रिय राजनीतिबाट विदा लिएका छन्। ६६ वर्षीय अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो निर्णय सार्वज...
पौष ४ गते, २०८२ - ०९:५५
काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते युवापुस्ता ‘जेनजी’द्वारा गरिएको प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरण प्रक्रिया तीव्रताका साथ अघि बढाएको छ।...
पौष ४ गते, २०८२ - ०९:४५
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट विमानस्थल पुर्याइएको छ। प्रहरीले उनलाई भैरहवा लैजानका लागि ...
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...




प्रतिकृया लेख्नुहोस्: