Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

बागलुङमा २० हजार मेट्रिक टन धान उत्पादन

खबरडबली संवाददाता

बागलुङ । गत वर्ष धान उत्पादनमा कमी हुँदा निराश भएका बागलुङका किसान यस वर्ष भने खुसी भएका छन् । रोपाइँका बेला समयमै वर्षा भएपछि यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो ।

गत वर्षभन्दा दुई हजार मेट्रिक टन बढी धान उत्पादन भएको छ । बागलुङ मध्यपहाडी क्षेत्र भएको हुँदा थोरै क्षेत्रमा मात्र सिँचाइको व्यवस्था छ । सीमित सिँचाइको सुविधा हुँदाहुँदै पनि यहाँका किसानले धान उत्पादनमा मेहनत गर्दै आएका छन् ।

कृषि ज्ञान केन्द्र बागलुङका अनुसार गत वर्ष छ हजार बढी हेक्टर क्षेत्रफलमा रोपाइँ भए पनि १८ हजार छ सय ९० मेट्रिक टन मात्रै धान उत्पादन भएको थियो । यस वर्ष पाँच हजार सात सय १७ हेक्टर क्षेत्रफलमा रोपाइँ गरिएकामा २० हजार पाँच सय ५१ मेट्रिक टन उत्पादन भएको छ ।

जिल्लाको सबैभन्दा बढी जैमिनी नगरपालिका र सबैभन्दा कम तमानखोला गाउँपालिकामा धान उत्पादन हुने गरेको छ । यस वर्ष किसानलाई मौसमले साथ दिएको र उन्नत जातका बीउ प्रयोग गरेका कारण धान उत्पादनमा वृद्धि आएको कृषि ज्ञान केन्द्रका प्रमुख राजेश सिलवालले जानकारी दिए ।उनले भने, ‘अहिले पनि बागलुङका धेरै किसानाहरुले रैथाने जातको धानको बीउ प्रयोग गर्ने गरेको पाइन्छ, बिस्तारै नयाँ जातका बीउ प्रयोग गर्न थाल्नुभएको छ, नयाँ प्रविधि पनि अपनाउन थाल्नुभएको छ, पोहोर सालको भन्दा यस वर्ष केही मात्रमा धान उत्पादनमा वृद्धि भएको छ, किसानलाई परम्परागत खेती प्रणालीसँगै आधुनिकतासँग जोड्नका लागि कृषि ज्ञान केन्द्रले पनि नयाँ प्रयासहरु थालेको छ, कृषकहरुले कृषिलाई आधुनिकीकरण गर्नसके अहिलेको भन्दा बढी धान उत्पादन गर्न सक्ने सम्भावना देखिन्छ ।’

उनका अनुसार यस वर्ष बर्खे धान पाँच हजार सात सय सात हेक्टरमा र चैते धान १० हेक्टर क्षेत्रफलमा लगाइएको थियो । जैमिनी नगरपालिकाका किसान तिलक सापकोटाले अघिल्लो वर्षभन्दा यस वर्ष ५० प्रतिशतले धान उत्पादन बढी भएको बताए ।

गत वर्ष धान भित्र्याउने बेलाको हावाहुरी र ढिलो भएको वर्षाका कारण उत्पादनमा गिरावट आएको उनको भनाइ छ । गत वर्षसम्म रैथाने बीउ लगाएको जनाउँदै यस वर्ष नयाँ प्रजातिको बीउ लगाउँदा उत्पादन बढेको सापकोटाले बताए । हरेक वर्ष १० मुरी धान फल्ने गरेकामा यसपालि १५ मुरीभन्दा बढी उत्पादन भएको उनको भनाइ ।

बागलुङमा सबैभन्दा बढी मकै बाली उत्पादन हुने गरेको छ । जिल्लाभर मकै २० हजार हेक्टर क्षेत्रफल बढीमा उत्पादन हुन्छ । कोदो १८ हजार हेक्टर र गहुँ सात हजार हेक्टर बढी क्षेत्रफलमा उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

बागलुङमा ४६ हजार एक सय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकामा ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ । छ हजार एक सय ४८ हेक्टर क्षेत्रफलमा मात्रै सिँचाइको सहज पहुँच पुगेको छ । त्यसमध्ये बाह्रै महिना सिँचित क्षेत्र दुई हजार सात सय ७५ हेक्टर रहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार मानिसको मृत्यु

काठमाडौँ। वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढ...

काठमाडौंमा एलपी ग्यास अभावबारे सरकारसँग १५ दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालत ले काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको चरम अभाव र आपूर्ति व्यवस्थापनको विषयमा सरकारसँग स्पष्टीकरण माग गरेको ...

५३ वर्षीय गोविन्द जो सात निर्वाचनमा म्यादी प्रहरी बने

कालीकोट। नेपालमा विभिन्न समयमा सम्पन्न भएका सात वटा निर्वाचनमा म्यादी प्रहरीका रूपमा सेवा गरी घर फर्किएका कालीकोटका एक स्थानीय बासिन्दालाई गाउँमा भव्य...

किशोरी इनिसाको बलात्कारपछि हत्या: कानुन संशोधनको माग

काठमाडौँ। सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई कडा कानुनी कारबाहीको माग गर्दै काठमाडौँमा ...

धमाधम चुनावी खर्च सार्वजनिक गर्दै उम्मेदवार: बालेनको १४ र रविको नौ लाख, अरु नेता कसको कति ?

काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारहरूले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाउने क्रम बढेको छ । निर्वाचनमा पारदर्शिता का...

रवि लामिछाने चुनावको धपेडीका कारण अस्वस्थ, बालेनसँग भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चुनावको व्यस्तताका कारण स्वास्थ्य बिग्रिएर घरमै आराम गरिरहेका छन्। प्रमुख स्वकीय स...

मध्यपूर्वमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारसँग श्रमविज्ञको आग्रह

काठमाडौँ। श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली श्रमिकहरूलाई सरकारले तत्काल उद्धार गर्नुपर्नेम...

सबै राष्ट्रिय दलका समानुपातिक मत जोड्दा पनि रास्वपालाई साढे ४ लाखभन्दा बढी मत

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि समाको निर्वाचनमा समानुपातिक मतको आधारमा राजनीतिक दलले पाउने सांसदको सिट सङ्ख्या निर्धारण गरेको छ । समानुपातिक तर्फ...

अध्यक्ष ओलीका पिताको निधनप्रति सभापति लामिछानेद्वारा दु:ख व्यक्त

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल कम्युनिस्ट पार्टी )एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओल...

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

तेहरान। तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारमा गिरावट आएको छ । इरानका नेता आयातोल्लाह मोज्ताबा खमेनीले हर्मुज स्ट्रेट बन्द गर्ने र अमेरिका तथा इ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: