काठमाडौं । मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले क्रिसमस मनाउन दिएको तीन दिनको बिदाप्रति राप्रपाले आपत्ति जनाएको छ ।
राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले क्रिसमस मनाउन भनेर राक्सिराङ्ग गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिनु अनुचित र विडम्बनापूर्ण रहेको बताए ।
धर्मनिरपेक्षताको आडमा नेपालको मौलिक संस्कृति र सनातन धर्ममाथि निरन्तर प्रहार भइरहेको र धर्म निरपेक्षको वकालत गर्ने देशको एकजना मन्त्री नै क्रिस्चियन धर्मको प्रचार गर्दै ‘हामी सर्पले जस्तै बिस्तारै निल्दैछौं’ भनेर खुलेआम भनिरहेको बताउँदै प्रवक्ता श्रेष्ठले प्रश्न गरेका छन्, ‘यस अवस्थामा पनि नेपालको बहुसंख्यक सनातन समाज मौन छन्, चुपचाप सुनिरहेका छन् । हाम्रो संवेदना किन मरेको यसरी ? पटकपटक चिमोट्दा पनि नदुख्नु डरलाग्दो रोगको लक्षण होइन र ?
यसबारे सामाजिक सञ्जालमा उनले लेखेका छन् :
क्रिसमस मनाउन भनेर मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिनु अनुचित र विडम्बनापूर्ण छ। सनातन धर्मप्रति भ्रम फैलाउने र आयातित धर्मको प्रवर्द्वन गर्ने ०६२÷६३ को आन्दोलनको उद्धेश्य र ०७२ को संविधानको मर्म थिएन। तर दुर्भाग्य, धर्मनिरपेक्षताको आडमा नेपालको मौलिक संस्कृति र सनातन धर्ममाथि निरन्तर प्रहार भइरहेको छ। धर्म निरपेक्षको वकालत गर्ने देशको एकजना मन्त्री नै क्रिस्चियन धर्मको प्रचार गर्दैछन् र “हामी सर्पले जस्तै बिस्तारै निल्दैछौं” भनेर खुलेआम भनिरहेका छन् । तर नेपालको बहुसंख्यक सनातन समाज मौन छन्, चुपचाप सुनिरहेका छन् । हाम्रो संवेदना किन मरेको यसरी? पटकपटक चिमोट्दा पनि नदुख्नु डरलाग्दो रोगको लक्षण होइन र ?
उठौं, जागौं र जुटौं ।
हाम्रो नेपाललाई अस्थिर बनाउन र फेरि द्वन्दमा धकेल्न चाहनेहरुको गोटी नबनौं ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १०:३७
चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...
मंसिर २९ गते, २०८२ - १०:३३
काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...
मंसिर २९ गते, २०८२ - १०:१८
ललितपुर । सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...
मंसिर २९ गते, २०८२ - ०८:४७
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...
मंसिर २९ गते, २०८२ - ०८:३४
काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएकी छिन् । सं...
मंसिर २९ गते, २०८२ - ०८:३२
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...
मंसिर २९ गते, २०८२ - ०८:२१
बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...
मंसिर २९ गते, २०८२ - ०८:२०
मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...
मंसिर २९ गते, २०८२ - ०८:१५
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...
मंसिर २९ गते, २०८२ - ०८:११
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...




प्रतिकृया लेख्नुहोस्: