काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७ औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ । बैंकले पौष ४ गते बुधबार सूदुरपश्चिम प्रदेशमा बाजुरा जिल्लाको गौमुल गाँउपालिका वडा नं. २, दहकोट स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सञ्चालन गरेकाके हो ।
उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरुमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्न गइरहेको छ । बैंकले अरु ६ वटा प्रदेशहरुमा यहि महिनामा शिविरहरु संचालन गर्ने बताएको छ ।
जस अन्तर्गत बैंकले बागमती प्रदेश अन्तरगत भरतपुर महानगरपालिका –८ चितवनमा गौरीगंज स्वास्थ्य चौकी शरदपुरमा पौष १३ गते शुक्रबार शिविर संचालन गर्ने जनाएको छ । लुम्बिनी प्रदेशको पाल्पामा रैनादेवी छहरा गाँउपालिका– ३ स्थित छहरा स्वास्थ्य चौकीमा पौष १७ गते मंगलबार शिविर संचालन हुने भएको छ ।
यसैगरी कर्णाली प्रदेशमा सुर्खेतको विरेन्द्रनगर नगरपालिका–१३ स्थित जर्बुट्टा स्वास्थ्य चौकीमा पौष १८ गते बुधबार, गण्डकी प्रदेशमा म्याग्दीको अन्नपूर्ण गाँउपालिका–६ स्थित पोखरेबजार आधारभुत विद्यालयमा पौष २१ शनिबार शिविर संचालन हुने बैंकले जनाएको छ ।
यस्तै बैकले कोशी प्रदेशमा इलामको इलाम नगरपालिका–४ स्थित मलाटे स्वास्थ्य चौकीमा पौष २८ गते शनिबार निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने तयारी रहेको जनाएको छ ।
शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु– महिलाको स्वास्थ्य परिक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरण लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुनेछन् । प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिने बताइएको छ ।
यस अन्तर्गत, बैंकले पौष ४ गते सूदुरपश्चिम प्रदेशको बाजुरामा सञ्चालन गरेको शिविरमा १७० भन्दा बढि महिलाहरुको स्वास्थ्य जाँच गरिएको बैकले जनाएको छ ।
स्वास्थ्य शिविर ग्रामीण तथा अर्ध शहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिलाका निम्ति प्रभावकारी हुने र उनीहरुमा सकारात्मक प्रभाव पर्ने बंैकले विश्वास लिएको छ ।
ग्लोबल आइएमई बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरहरुको आयोजना गरी ग्रामीण भेगका महिला तथा आम नागरिकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ । पौष १७ गते मंगलबारदेखि ग्लोबल बैंक १७ औँ वर्षमा प्रवेश गर्दैछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३१ गते, २०८३ - १०:०८
ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...
श्रावण ३१ गते, २०८३ - ०९:५८
भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...
श्रावण ३१ गते, २०८३ - ०९:५१
भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...
श्रावण ३१ गते, २०८३ - ०९:४८
पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...
श्रावण ३१ गते, २०८३ - ०९:४५
ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न चारपाङ्ग्रे सवारीसाधनका लागि एकतर्फी यातायात प्रणाली लागू ...
श्रावण ३१ गते, २०८३ - ०९:४२
नवलपुर । बालविवाह रोक्न कानुनी व्यवस्था र विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि नवलपुरमा उमेर नपुग्दै विवाह गर्ने तथा किशोरावस्थामै गर्भवती ह...
श्रावण ३१ गते, २०८३ - ०९:४०
काठमाडौँ । कर्णाली नदीको अछामस्थित चितवन जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। बाढी पूर्वानुमान महाशाखाले नदीको बहाव अझै बढ्दो क्रममा ...
श्रावण ३१ गते, २०८३ - ०९:३५
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका २९ जिल्लामा साना नदी तथा खोलामा आकस्मिक बाढीको मध...
श्रावण ३१ गते, २०८३ - ०९:२८
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हुन थालेका छन्। गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ...
श्रावण ३१ गते, २०८३ - ०९:२३
इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’बाट बनेको सरकारको संज्ञा दिएका छन्। इलाममा आयोजित...



प्रतिकृया लेख्नुहोस्: