Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

मध्यपहाडको संकल्प यात्रामा जनताको अभुतपूर्व समर्थन प्राप्त भएको छ : शंकर पोखरेल

खबरडबली संवाददाता


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले मध्यपहाडी लोकमार्गमा सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प अभियानले जनताको अभुतपूर्व समर्थन प्राप्त गरेको बताएका छन ।

केन्द्रीय प्रचार तथा प्रकाशन बिभागको आज बसेको बैठकमा बोल्दै महासचिव पोखरेलले यात्रामा जनताको अभूतपूर्व समर्थन प्राप्त भएको निश्कर्ष सुनाएका हुन ।

‘एमालेको संकल्प यात्राले जनताको अभुतपूर्व समर्थन प्राप्त गरेको छ, एक हिसावमा भन्दा जसरी जनताको समर्थन प्राप्त भयो, त्यसहिसाववमा यो यात्राले सिंगो नेपाललाई जोडने काम गरेको छ,’ बैठकमा महासचिव पोखरेलको भनाई उधृत गर्दै प्रेस चौतारी नेपालका अध्यक्षसमेत रहेका बिभाग सदस्य गणेश बस्नेतले भने । बस्नेतका अनुसार महासचिव पोखरेलले बैठकमा महासचिव पोखरेलले यात्राको बिषयमा समग्र पाटोबारे जानकारी गर्दै बिश्लेषण राखेका थिए

‘संकल्प यात्रा सोचेभन्दा प्रभावकारी बन्यो । यात्राका प्रभाव मूल्यांकन र सन्देश प्रवाह त्योभन्दा महत्वपूर्ण हुन्छ भन्ने महासचिव पोखरेलको भनाई थियो । ‘आन्तरिक रुपमा जसरी एकतावद्ध एमाले थियो, नेतृत्वप्रति जुन बिश्वास थियो, बाहिर अलिअलि बिरोध र आरोपहरु थिए, अर्थात बाहिर सिंगो पार्टीको नेतृत्वलाई सुदृढ गर्न सकिएको थिएन । तर यो यात्राले नेतृत्वप्रति जनताको अगाध आस्था, बिश्वास छ भन्ने प्रमाणित गरेको छ,’ महासचिव पोखरेलको भनाई थियो, ‘अव बुझाइमा रहेको भिन्नता तोडिएको छ ।

यात्राको सवभंदा ठुलो सफलता आन्तरिक रुपमा यो हो । पार्टी पनि सुदृढ भको छ नेतृत्वको मामलामा । जनता र कार्यकर्तासंगको सम्बन्ध सुदृढ भएको छ । यात्राका क्रममा आफना मान्यताहरूलाई सफल कार्यान्वयन गरेको छ ।’ 

महासचिव पोखरेलले यात्राले अवको राजनीतिक एजेण्डा बिकास र समृद्धि भएको तथ्यलाई पनि स्थापित गरेको बताए । ‘अबको राजनीतिकको मूल अजेंडा बिकास र समृद्धि हुनुपर्छ भन्ने मान्यता स्थापित भएको छ,’ पोखरेलले भने, ‘यात्रामा नजोडिएकाहरूले पनि यात्राको खुलेर प्रसंशा गरे । तीन साता एमालेको एजेण्डा वरीपरी राष्ट्रिय राजनीतिलाई केन्द्रित गरेको छ ।’  

एमालेको संकल्प यात्राले प्रतिगमनकारी र ब्यवस्थाबिरोधीको योजनालाई धुजाधुजा पारेर च्यातिदिएको निश्कर्ष पनि महासचिव पोखरेलले सुनाएका थिए । ‘धर्मको राजनीति, जातीय अतिवादप्रति जनता छैनन भन्ने प्रमाणित गरेका छन, प्रतिगामीको योजना चकनाचुर बनेको छ,’ महासचिव पोखरेलले भने । 

यस्तै उनले मुलुकको साँस्कृतिक बिबिधतालाई यात्राले जोडने काम गरेको पनि बताएका छन । ‘साँस्कृतिक बिबिधता एकै पटक पोखियो नेपालको । नेपाल चिनाउने संस्कृतिक आधार छ । आफनो सांस्कृतिक पहिचानसहित एमालेको कार्यक्रममा सहभागी हुने कुरा ऐतिहासिक रह्यो,’ पोखरेलले भने । यस्तै मध्यपहाडमा स्वत:स्फुर्त रुपमा आफनो उत्पादनबारे किसानले परिचय गराउने काम गरेको दावी गरेका थिए ।

महासचिव पोखरेलले १८ दिनको यात्रामै आफूहरु मध्यपहाडी क्षेत्रका जनताका सरोकारहरूलाई संकलन गर्न सफल भएको निश्कर्ष पनि सुनाएको बस्नेतले बताए । यात्राले त्यस क्षेत्रका बिकासका कामबारे पनि आफूहरुको सिंगो टीम जानकार भएको वोखरेलको भनाई छ । ‘मध्यपहाडी लोकमार्गलाई राजमार्गको रूपमा बिकास गर्न ध्यान केन्द्रित गर्न साकिएको रहेनछ भन्ने अनुभूति भएको छ,’ उनले भने । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसिसी यु–१९ एसिया कप: नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ ।  दुबईको द सेभेन्स रङ्गश...

एनपिएल फाइनलमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलको ह्याट्रिक

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् ।  ११ ओभरको चौथो, पाँचौँ र छैटौं...

एउटा देशमा हजारौँ सर्वहारा श्रमिक वर्गका पार्टी हुँदैनन्: झलनाथ खनाल

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...

सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रको कडा निन्दा

संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...

एमालेले देशलाई गलत दिशामा जान दिदैन: अध्यक्ष ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्।  नेकपा एमालेको ११ औँ मह...

एमाले अनेक धक्का चिरेर पनि न्यातपोल र धरहराजस्तै उठ्ने शक्ति हो: प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...

विद्यालयलाई ४२ थान कम्युटर प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...

एक हप्तामा २८७ जनाले लिए नयाँ नागरिकता

गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ।  प्रशासन कार्यालयले सा...

विकास निर्माणमा ढिलासुस्ती सैह्य हुन्न, काम नगरे ठेक्का तोड्ने मन्त्री घिसिङको चेतावनी

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...

लोकदोहोरी प्रतिष्ठानमा आवद्धको उपचारमा २५ प्रतिशत छुट

गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending